Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

मिथिलामा पितृ तर्पण ‘सोह्र श्राद्ध’ शुरु

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
भदौ २२, २०८२
In समाज
0

जनकपुर । जनकपुरधाम सहित मिथिला क्षेत्रमा पितृ तर्पण (सोह्र श्राद्ध) आजबाट शुरु भएको छ । भाद्र कृष्णपक्षको औंसी तिथिलाई पितृ औंसी वा कुवेर औंसी भनिन्छ, जसलाई पितृ तर्पण, श्राद्ध तथा पितृ पूजाका दिनका रूपमा व्यापक रूपमा मनाइन्छ । जनकपुरधामका पोखरीहरुमा तर्पण गर्नेहरुको भीड लागेको छ ।

यस दिनलाई दिवंगत पितृ–पूर्वजप्रति श्रद्धा, कृतज्ञता र स्मरण गर्ने विशेष अवसरका रूपमा लिइन्छ । धार्मिक विश्वास अनुसार पितृलाई स्मरण गरी तर्पण, पिण्डदान र ब्राह्मणलाई दान गरे पश्चात पितृ तृप्त भई सन्तानलाई दीर्घायु, समृद्धि र धर्मपथमा अगाडि बढ्न आशीर्वाद दिने विश्वास रहिआएको छ ।

आजको दिन पितृको सम्झनामा स्नान, शुद्धि, ब्राह्मण पूजन, पिण्डदान र तर्पण गरिन्छ । नजिकको पोखरी, नदि, तलाउ वा आफ्नै घरआँगनमा जलाशयमा स्नान गरी पितृको नाममा जल अर्पण गर्ने गरिन्छ । त्यसपछि तिल, जल, दूध, कुश र पिण्ड (चामल वा पीठोको) अर्पण गरी मन्त्र सहित पितृलाई तृप्त पारिन्छ ।

धार्मिक दृष्टिले पितृ तर्पण गर्दा घरमा अशुभ हट्ने, कुलको रक्षक शक्तिको कृपा प्राप्त हुने र परिवारमा शान्ति, सन्तोष र प्रगति हुने मान्यता छ ।पौराणिक ग्रन्थहरूमा उल्लेख भए अनुसार महर्षि अत्रि, अगस्त्य लगायत ऋषिमुनिहरूले पितृ तर्पणको महत्व प्रतिपादन गरेका थिए ।

महाभारतकालमा पितामह भीष्मले धर्मराज युधिष्ठिरलाई श्राद्ध र तर्पणको महत्व बताउँदै यसलाई पितृ ऋण तिर्ने प्रमुख उपाय भनेका थिए । त्यसै गरी पुराणहरूमा श्राद्ध नगरे कुल नाश हुने र सन्तानलाई बाधा पर्ने उल्लेख पाइन्छ ।

पितृ तर्पणलाई केवल धार्मिक कर्मकाण्ड मात्र नभई सामाजिक र पारिवारिक मूल्यसँग जोडिएको पर्व मानिन्छ । यसले पितृप्रतिको कृतज्ञता व्यक्त गर्ने, परम्परा निरन्तरता दिने र सन्तानलाई आफ्नो संस्कृति सँग जोड्ने अवसर प्रदान गर्दछ ।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाज

तिहार नजिकिँदै गर्दा कुम्हाल समुदायमा चहलपहल : परम्परागत दियो सहित माटाका भाँडाकुँडा बनाउन व्यस्त

अशोज २६, २०८२
समाज

जनकपुरधाम स्थित राजदेवी मन्दिरमा यस वर्षको विजयादशमी विशेष कार्यक्रम सार्वजनिक

अशोज १०, २०८२
समाज

शान्ति समाजले ओली र लेखक लगायत जिम्मेवार नेतामाथि कारबाहीको माग गर्‍यो

अशोज ५, २०८२
समाज

परराष्ट्रमन्त्री डा. राणाले बुढानीलकण्ठ स्थित निवासमा भित्र्याइन् गौरा

भदौ १५, २०८२
समाज

आज बुबाको सम्मान स्वरुप मनाइदैँ बाबुको मुख हेर्ने दिन  

भदौ ७, २०८२
समाज

मुगुमा बालविवाह कायमै

साउन २९, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

युवा उठे भने परिवर्तन रोकिन्न , निर्वाचन नै त्यसको शुरुवात हो: (सम्पादकीय)

कार्तिक १२, २०८२

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट सेना फिर्ता

कार्तिक १, २०८२

दियावती पर्वको शुरुवात, आज साँझ देखि धनतेरस

कार्तिक १, २०८२

दिवालीको बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको आग्रह

कार्तिक १, २०८२

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, एक पक्षको बहिष्कार घोषणा

अशोज ३०, २०८२

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२

आज विश्व खाद्य दिवस मनाइँदै

अशोज ३०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend