जेष्ठ ३ , काठमाडौँ (रवि मण्डल ) :
नेपालमा कोभिड-१९ का कारण पहिलो मृत्यु भएको छ । कोभिड-१९ लागेर मृत्यु हुनेमा सिन्धुपाल्चोक निवासी २९ वर्षीय महिला भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुस्टि गरेको छ । मृतक महिला बैशाख २३ गते त्रि बि शिक्षण अस्पताल महाराजगंजमा भर्ना भएकी थिइन्। बैशाख २४ गते बच्चा पाएपछि उनि बैशाख २५ गते अस्पतालबात डिस्चार्ज भएकी थिइन्। पछि ज्वरो र स्वासप्रस्वासमा समस्या देखिएपछि उनलाई स्थानिय अस्पतालमा उपचारका लागि लगिएको थियो। तर त्यहा उपचार सम्भव न भएपछि थप उपचारका लागि धुलिखेल अस्पताल ल्याउदै गर्दा बाटोमै मृत्यु भएको मन्त्रालयले जनाएको छ ।




















आफ्नो प्रतिकृया दिनुहोस्