६ जेठ,मोरङ : २५ वर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा सुन्दरहरैचा नगरपालिका-२ मिर्गौलिया बस्ने ३५ वर्षीय सुरेन्द्र मेहेतालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । सुरेन्द्रले ती महिलालाई घरमा सुतिरहेको अवस्थामा जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय हरैचाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्