१९ जेठ, काठमाडौं : सोमवार थप २२६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। यो संगै नेपालमा कुल सङ्क्रमितहरुको संख्या १,७९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता डा.विकास देवकोटा बताएका छन् ।
नयाँ संक्रमित मध्ये ११ महिने शिशु समेत २ सय १३ जना पुरुष र १३ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसै गरि धनुषामा ७ जना संक्रमित थपिएका छन् । उनीहरु मध्ये धनौजीका ४ जना १८ देखि ३२ वर्षका छन् ।
हंशपुरका दुई जना १९ र २० वर्षका पुरुष र प्रादेशिक अस्पतालमा उपचाररत २१ वर्षीय पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
जनकपुरको प्रादेशिक अस्पतालमै रहेका उदयपुरका ३१ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
महोत्तरीमा पनि २ जना थपिएका छन् । लोहारपट्टी क्वारेन्टाइन स्थलमा रहेका उनीहरु दुवै १८ वर्षका छन् ।
सङ्क्रमित मध्येहरुमा आठ जनाको मृत्यु भइसकेको छ, भने २२१ जना निको भएर घर फर्किसकेका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्