ललितपुर, ३० जेठ : १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका-८ लुभु डेरा गरी बस्ने रुपन्देही मर्चवार घर भएका २० वर्षीय सन्दिप बिकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सन्दिपले ती बालिकालाई सोही ठाउँस्थित निर्माणाधिन पार्टी प्यालेसको कम्पाउन्डभित्र लगेर विभिन्न समयमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ तत्काल महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्