महोत्तरी, ७ असार : बर्दिवास नगरपालिका वडा-१ स्थितबाट अवैध लागूऔषध अफिम १ केजी ९ सय ७५ ग्राम सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धादिङ बेनिघाट रोराङ गाउँपालिका -१ बस्ने ३८ वर्षीय दुर्गा बहादुर तामाङ, सोही ठाउँ बस्ने ४५ वर्षीय बीर बहादुर तामाङ र सिरहा नराहा गाउँपालिका -३ बस्ने ३७ वर्षीय धनपैत यादव रहेका छन् ।
विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज पर्साबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित पक्राउ गरी ईलाका प्रहरी कार्यालय बर्दिबास बुझाएको हो । साथै उनीहरुको साथबाट ना.४० प ६१५७ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको हो ।
पक्राउ परेका व्यक्तिहरु उपर ईलाका प्रहरी कार्यालय बर्दिबासबाट लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले जनाएको छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्