Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

सार्वजनिक सवारी साधन चल्न दिने सरकारको निर्णय

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार २५, २०७७
In समाचार
0

काठमाडौँ, २५असार : सरकारले जनस्वास्थ्य सुरक्षाका सर्तहरू पालना गरी सार्वजनिक सवारीका साधनहरू चल्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही असार २३ गते बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहनुभएका अर्थ मन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले जनस्वास्थ्य सुरक्षाका सर्तहरू पालना गरी सम्बन्धीत जिल्ला भित्रका लागि सार्वजनिजक सवारी साधन चल्न दिने निर्णय गरेको जानकारी दिनुभएको छ ।

काठमाडौं उपत्यका भित्र चल्ने सवारी साधनको हकमा भने उपत्यकाका तिनै जिल्ला भित्र चल्न पाउने मन्त्री खतिवडाले बताएका छन । मन्त्रिपरिषद् बैठकले भाडाको ट्याक्सीमा चालक बाहेक बढीमा दुई जना मात्र यात्रु चड्न पाउने निर्णय गरेको छ भने उद्योग प्रतिष्ठान र निजी सेवा प्रदायक कार्यालयका कर्मचारी ओसार–पसार गर्ने सवारी साधनले पनि सिटको एक लहरमा एक जना मात्र यात्रु राख्नुपर्ने निर्णय गरेको छ ।

निजी सवारी साधनको हकमा भने जोर–विजोर प्रणालीलाई यथावत राखिएको मन्त्री खतिवडाले जानकारी दिनुभयो । मन्त्री डा. युवराज खतिवडाका अनुसार चालक र सहचालकले मास्कका साथै भाइजर र पञ्जा अनिवार्य लगाउनुपर्नेछ । ढोका र यातायातका साधनभित्र स्यानिटाइजर राख्नुपर्नेछ भने यात्रुले पनि मास्क अनिवार्य लगाउनुपर्नेछ । साथै सामाजिक दूरी कायम गर्न सिटको एउटा पंक्तिमा एक जनामात्र राख्नुपर्नेछ ।

एक दिनमा एक पटक यातायातको साधन निसंक्रमण पनि गर्नुपर्नेछ । सरकारको यो निर्णयअनुसार लामो दुरीका सार्वजनिक यातायातका साधन अझै सञ्चालन गर्न पाइनेछैन ।

ट्याक्सी पनि चलाउन पाइने

यस्तै ट्याक्सी पनि चलाउन दिने निर्णय भएको छ । चालकबाहेक दुई जनासम्म यात्रु राखेर ट्याक्सी चलाउन दिने निर्णय भएको छ । एउटै परिवारको सदस्य भए ५ वर्षमुनिका बालबालिकालाई पनि राख्न छुट दिइनेछ । यसरी चल्ने ट्याक्सी पनि उपत्यकाको हकमा तीन जिल्ला र बाहिर जिल्लाभित्र मात्र चलाउनुपर्नेछ । निजी सवारीको हकमा जोरविजोर कायमै छ र, चालक बाहेक दुई जनासम्म यात्रा गर्न सक्नेछन् ।

एउटै परिवारको सदस्य भए ५ वर्षमुनिका बालबालिका राख्न सकिनेछ ।

भाडा ५० प्रतिशत बढ्यो

सरकारले सार्वजनिक यातायातको भाडा ५० प्रतिशत बढाउने निर्णय समेत गरेको छ । सिट क्षमता अनुसार सञ्चालन नहुने भएकाले सञ्चालन खर्चका लागि हाल कायम भाडाको ५० प्रतिशत थपेर लिन पाउने निर्णय भएको मन्त्री डा. खतिवडाले बताएका छन् । तर, ट्याक्सीले भने बढी भाडा लिन पाउने छैन ।

मन्त्रिपरिषद बैठकले विश्व बैकबाट नेपाल शहरी शासकीय सुधार तथा पूर्वाधार आयोजनाका लागि १५ करोड अमेरिकी डलर अर्थात करिव १८ अर्ब रूपैयाँ र रणनीतिक सडक सञ्जाल तथा व्यापारिक मार्ग सुधार आयोजना अन्तर्गतको नागढुंगा–नौविसे–मुग्लिङ तथा कमला–ढल्केवर–पथलैया सडक खण्डको सुधारका लागि ४ सय ५० मिलियन अमेरिकी डलर अर्थत् करिव ५४ अर्व रूपैयाँ बरावरको सहुलियत पूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।

यसैगरी बैठकले नागरिक उड्यन क्षेत्र विकास कार्यक्रमका लागि यशियाली विकास बैंकबाट ५० मिलियन अमेरिकी डलर अर्थात् करिव पाँच अर्ब ९८ करोड रूपयाँ बराबरको ऋण सहायता पनि स्वीकार गर्ने निर्णय गरेको प्रवक्ता खतिवडाले जानकारी दिनु भएको छ ।

मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको प्रहरी महानिरीक्षक पदमा अतिरिक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई नियुक्त गर्ने, नेपाल कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशक नियुक्तिका लागि कृषि तथा पशुपन्छि विकास मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारी, वरिष्ठ कृषि बैज्ञानिक श्रीराम प्रसाद न्यौपाने र सर्वराज खड्का सदस्य रहेको सिफारिस समित गठन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको निर्णय

  • 31shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाचार

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२
समाचार

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२
समाचार

न्यायमा शहीद परिवार पहिलो प्राथमिकतामा : रवि लामिछाने

चैत्र २०, २०८२
समाचार

हनुमान जयन्तीका अवसरमा गृहमन्त्री गुरुङले गरे पशुपतिनाथको दर्शन

चैत्र १९, २०८२
समाचार

गृहमन्त्रीद्वारा कार्यालयमै सर्वसाधारणका गुनासा सुनुवाइ, समाधानका लागि पहल गर्ने प्रतिबद्धता

चैत्र १८, २०८२
समाचार

जनतासँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

चैत्र १८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend