Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

बालुवाटारमा नेकपाका तीन शीर्ष नेताबीच वार्ता

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
साउन १, २०७७
In समाचार
0

काठमाडौँ, साउन १ गते । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवादित विषयमा छलफल गर्न दुई अध्यक्ष केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पनि वार्तामा जुट्नुभएको छ । आजको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पनि सहभागी हुनुभएको छ । दुई अध्यक्षबीचको वार्ता सकारात्मक रुपले अघि बढेपछि बिहीबारको बैठकमा वरिष्ठ नेता नेपाल पनि सहभागी हुनुभएको हो ।

बालुवाटारमा दिउँसो १२ बजेदेखि शुरुभएको वार्तामा आज ठोस सहमति आउन सक्ने विश्वास नेताहरूले गर्नुभएको छ । भोलि शुक्रबार नेकपाको स्थायी कमिटी बैठक आह्वान गरिएकाले केही न केही ठोस सहमति गर्ने प्रयास अध्यक्षद्वयको छ । वरिष्ठ नेता नेपालले एक व्यक्ति एक पदको विचार अघि सार्नुभएको छ । उहाँको पक्षमा अध्यक्ष प्रचण्ड पनि सहमति जनाउनुभएको छ । तर प्रधानमन्त्री ओली अहिले आफूले राजिनामा दिनुपर्ने ‘औचित्य पुष्टि’ नहुने भन्दै अन्य विषयमा सहमति गर्नुपर्ने बताउनुभएको छ ।

प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंका अनुसार बैठक बालुवाटारमा १२ बजेदेखि शुरु भएको छ । दुई अध्यक्षसहित वरिष्ठ नेता नेपाल वार्तामा सहभागी हुनुभएपछि आज केही न केही सहमति बन्ने विश्वास नेताहरूमा पलाएको उहाँले बताउनुभयो । 

  • 1share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाचार

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२
समाचार

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२
समाचार

न्यायमा शहीद परिवार पहिलो प्राथमिकतामा : रवि लामिछाने

चैत्र २०, २०८२
समाचार

हनुमान जयन्तीका अवसरमा गृहमन्त्री गुरुङले गरे पशुपतिनाथको दर्शन

चैत्र १९, २०८२
समाचार

गृहमन्त्रीद्वारा कार्यालयमै सर्वसाधारणका गुनासा सुनुवाइ, समाधानका लागि पहल गर्ने प्रतिबद्धता

चैत्र १८, २०८२
समाचार

जनतासँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

चैत्र १८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend