सिन्धुली,२९ साउन : प्रेसरकुकुर बम पड्काईदिन्छु भन्दै धाकधम्की दिएको अभियोगमा हरिहरपुरगढी गाउँपालिका-७ श्रीदमार बस्ने २९ वर्षीय रोशन भन्ने भरत अधिकारीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँ बस्ने खर्कमाया आलेको घरमा प्रेसरकुकर बम पड्काईदिन्छु भनि धाकधम्की दिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी क्यानेश्वरबाट खटिएको प्रहरीले उनलाई घरबाटै पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्