९ कात्तिक,काठमाडौं: प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पाल द्वारा नेपाल प्रहरीले मनाउँदै आएको बडा दसैंका अवसरमा आइतबार प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा सम्पन्न गरिएको छ ।पूजाअर्चनाको क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक पालले निसानमा पञ्जा छाप लगाएका थिए भने पूजा बिसर्जनपछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान गराइएको थियो।

साथै उहाँले मौलो पूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी सहायक निरीक्षक भवानी चन्द र प्रहरी हवल्दार जितेन्द्र खाँ थारुलाई पगरी तथा नगद पुरस्कार प्रदान गरेका थिए । सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत उपस्थित महानुभावहरूलाई पूजारीबाट टीका तथा प्रसाद वितरण गरिएको थियो ।




आफ्नो प्रतिकृया दिनुहोस्