Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

इङ्गल्यान्डमा पुनः लकडाउन

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
कार्तिक १६, २०७७
In अन्तराष्ट्रिय
0

लण्डन : बेलायतले इङ्गल्यान्डमा राष्ट्रिय स्वास्थ्य सेवाका लागि ‘स्वास्थ्य तथा नैतिक सङ्कट’ रोक्न दोस्रो राष्ट्रव्यापी लकडाउन घोषणा गरेको छ । शनिबार बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पत्रकार सम्मेलन गरी आगामी बिहीबारदेखि लागु हुने गरी चार हप्ताका लागि बन्दाबन्दीको घोषणा गर्नुभएको छ ।

यसअघि यही वर्षको मार्च २३ देखि पहिलो पटक बन्दाबन्दी गरेर जुलाईमा खुला गरिएको थियो ।पछिल्लो निर्णय जारी गर्दै प्रधानमन्त्री बोरिस जोनसनले क्रिसमस ‘निकै फरक’ हुनसक्ने बताउनुभएको छ । उहाँले महामारी नियन्त्रणका लागि उठाइएको कदमका कारण उक्त पर्वका अवसरमा परिवारका सदस्यहरूबीच भेट हुनसक्ने वातावरण निर्माण हुनेमा विश्वास व्यक्त गर्नुभयो ।प्रधानमन्त्रीले रेष्टुरेन्ट, व्यायामशाला र अति आवश्यक सेवामा नपर्ने पसल सबै चार हप्ताका लागि बन्द गरिने बताएका छन् ।

तर यस अघिको लकडाउनमा बन्द गरिएका विद्यालय र विश्वविद्यालयलाई यस पटक खुला रहन सक्नेगरी निर्णय सार्वजनिक गरिएको छ ।पछिल्लो निर्णय अनुसार निर्माणस्थल र उद्योगहरू खुला रहन सक्नेछन्, छुट्टिएर बसेका बाबुआमा छन् भने छोराछोरी बाबु वा आमाकहाँ जान पाउनेछन् । जोखिममा रहेका मानिसहरूलाई विशेष सावधानी अपनाउन भनिएको छ ।

प्रधानमन्त्री जोनसनले भन्नुभयो, “यो वर्षको क्रिसमस असाध्यै फरक हुनेछ । तर अहिलेको कडा कदमपछि क्रिसमसका बेला परिवारका सदस्यहरूले भेटघाट गर्न सक्ने स्थिति आउन सक्छ ।”प्रधानमन्त्रीले ‘डाउनिङ स्ट्रीट’मा पत्रकार सम्मेलनमा लकडाउनले व्यवसायमा पर्ने असरका लागि दुखी भएको भन्दै कामदारहरूलाई सरकारले काम नगरेपनि ८० प्रतिशत तलब दिने नीति नोभेम्बरसम्म जारी हुने भनेका छन् ।

हस्पिटालिटी क्षेत्रमा रेस्टुरेन्ट र पबहरू बन्द रहने भए पनि टेक–वे पसलहरू भने खुल्ने बताइएको छ । पछिल्लो पटक कोरोना सङ्क्रमणको सङ्ख्या एक्कासि बढेपछि कुन तहको बन्द गर्ने भन्ने सवालमा सरोकारवालाहरूसँग करिब तीन हप्ता गरेको छलफलबाट बन्द गर्ने निष्कर्षमा सरकार पुगेको हो ।एप्रिलमा भन्दा अझ बढी सङ्क्रमण दर र मृत्यु दरका कारण नयाँ बन्दाबन्दीको घोषणा गरिएका बताउँदै उहाँले ‘कुनै पनि जिम्मेवार प्रधानमन्त्रीले’ त्यसलाई नजरअन्दाज गर्न नसक्ने धारणा राख्नुभयो ।

अहिले सङ्क्रमण तुलनात्मक रूपमा कम रहेको इङ्गल्यान्डको दक्षिण पश्चिमी क्षेत्रका अस्पताल समेत केही दिनमा बिरामीको चाप थेग्न नसक्ने अवस्थामा पुगेको जोनसनले बताएका हुन् ।आगामीे डिसेम्बर २ तारिखपछि बन्दाबन्दी अलि खुकुलो हुने र सबै काममा फर्कन सजिलो हुने बताइएको छ ।(रासस÷एएफपी)

  • 1share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अन्तराष्ट्रिय

डिजिटल पूर्वाधार साझेदारीमा विश्वासिलो विकल्पको रूपमा उदाउँदै भारत

अशोज २०, २०८२
अन्तराष्ट्रिय

नेपालमा भएको जनधनको क्षतिप्रति प्रधानमन्त्री मोदीको संवेदना : ‘सहयोगका लागि भारत सधैं तयार’

अशोज १९, २०८२
अन्तराष्ट्रिय

चीनमा ऊँटको दूध अर्थात ‘सेतो सुन’ : अर्थतन्त्रका लागि गतिलो आधार

अशोज १२, २०८२
अन्तराष्ट्रिय

प्रधानमन्त्री कार्की र मोदीबीच टेलिफोन वार्ता, भारतको सहयोग निरन्तर रहने

अशोज २, २०८२
अन्तराष्ट्रिय

मोदीको ७५औं जन्मदिन : विकास कार्यक्रम र राहुलको ‘हाइड्रोजन बम’ घोषणाले भारतमा हलचल

अशोज २, २०८२
अन्तराष्ट्रिय

इजरायली हवाई आक्रमणमा यमनका दुई पत्रिका कार्यालय ध्वस्त, ३१ पत्रकारको मृत्यु

भदौ ३०, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

युवा उठे भने परिवर्तन रोकिन्न , निर्वाचन नै त्यसको शुरुवात हो: (सम्पादकीय)

कार्तिक १२, २०८२

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट सेना फिर्ता

कार्तिक १, २०८२

दियावती पर्वको शुरुवात, आज साँझ देखि धनतेरस

कार्तिक १, २०८२

दिवालीको बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको आग्रह

कार्तिक १, २०८२

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, एक पक्षको बहिष्कार घोषणा

अशोज ३०, २०८२

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२

आज विश्व खाद्य दिवस मनाइँदै

अशोज ३०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend