Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

प्रधानमन्त्रीको प्रश्न : अहिले किन राजीनामा ?

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
कार्तिक १९, २०७७
In समाचार
0

१९ कात्तिक,काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आफूले राजीनामा दिएमा देश बर्बादीतर्फ जाने बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानको महाराजगञ्जस्थित मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन कार्यक्रममा आज प्रधानमन्त्री ओलीले सञ्चारमाध्यममा हल्ला फैलिएकै भरमा आफूले राजीनामा नदिने स्पष्ट गर्नुभयो ।

“तपाईँहरु विचार गर्नुहोस् के अहिले मैले राजीनामा दिन मिल्छ ? मैले मेरो लागि भनेको होइन, देशका लागि भनेको हो । अहिले मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर लैजानु हो, त्यसकारण म राजीनामा दिनेवाला छैन, म यो ठाउँमा आएको रहरले होइन, जनताको आवश्यकताले हो”, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र उत्पन्न पछिल्ला विवादतर्फ सङ्केत गर्दै उहाँले भन्नुभयो, “म यहाँसम्म आइपुगेको जालझेलबाट होइन, व्यापक जनसमर्थनबाट हो ।

त्यसकारण तपाईँहरु ढुक्क भएर काममा लाग्नुहोस् । सरकार ढाल्न धेरै कोशिश भए, जेमा पनि आलोचना गर्ने प्रवृत्तिहरु छन् । त्यसबाट प्रभावित नहुनुहोस् । हामी देशको स्थिरताका लागि लड्छौँ ।” नेकपाको गत भदौ २६ गतेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओलीले वर्तमान कार्यकाल पूरै अवधि सरकारको नेतृत्व गर्ने र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको कार्यकारी अध्यक्षको भूमिका निर्वाह गर्ने लगायत आन्तरिक विवाद अन्त्य गर्ने निर्णय गरेको थियो ।

पछिल्ला दिनमा नेकपाको कर्णाली प्रदेश कमिटी, मन्त्रिपरिषद् हेरफेर, राजदूत नियुक्ति आदि विषयमा शीर्ष तहमा विवाद भएको छ ।

  • 7shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाचार

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२
समाचार

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२
समाचार

न्यायमा शहीद परिवार पहिलो प्राथमिकतामा : रवि लामिछाने

चैत्र २०, २०८२
समाचार

हनुमान जयन्तीका अवसरमा गृहमन्त्री गुरुङले गरे पशुपतिनाथको दर्शन

चैत्र १९, २०८२
समाचार

गृहमन्त्रीद्वारा कार्यालयमै सर्वसाधारणका गुनासा सुनुवाइ, समाधानका लागि पहल गर्ने प्रतिबद्धता

चैत्र १८, २०८२
समाचार

जनतासँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

चैत्र १८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend