Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

पर्वमय बन्दै मिथिला

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
कार्तिक २२, २०७७
In समाज
0

२२कात्तिक,जनकपुरधाम: दीपावली र छठ पर्व नजिकिए संगै धनुषा,महोत्तरी सहित सम्पूर्ण मिथिला क्षेत्र उमङ्गित छ । कृष्णपक्षमा मनाइने उज्यालोको पर्व दीपावलीको तयारीमा प्रदेश नं २ मा पर्ने सम्पूर्ण मिथिला क्षेत्र अहिले पर्वमय बनेको हो । दीपावली पर्वको पक्ष (कात्तिक कृष्णपक्ष) शुरु भएसँगै मिथिला क्षेत्रका सबैजसो घर रङ्गरोगन गरेर चम्क्याइँदा छन् ।

के धनी, के गरिब सबै आफ्नो सावगासअनुसार रमाइलो पर्व दीपावलीको तयारीमा जुटेका देखिदो छ । मिथिलामा कात्तिक कृष्णपक्षको त्रयोदशीदेखि दीपावली पर्व शुरु हुन्छ । धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरिने यस पर्वको पहिलो दिन ‘धनतेरस’ मनाउने मैथिल परम्परा छ । यस दिन धातुका नयाँ सामान जोडेर सन्ध्याकालमा लक्ष्मीको आराधना गरिन्छ।कात्तिक कृष्ण त्रयोदशीका दिनदेखि कात्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने यो पर्वलाई ‘यमपञ्चक’ पनि भनिन्छ ।

यमपञ्चकका पाँच दिनमध्ये धनतेरस, लक्ष्मीपूजा, गाईपूजा र भैयादूज मैथिल परम्परामा विशेष मानिन्छन् । पर्वको तेश्रो दिन कात्तिक औंंशीको साँझ घरको चौदिशा दीपमालिका गर्दै लक्ष्मी स्थापना गरेर पूजाआराधना गरिन्छ । मिष्टान्न परिकार खाने ख्वाइने यो पर्वको चौथो दिन गाई÷गोरुलाई रङ्गाउने, सिङ् र खुरमा तोरीको तेल लगाइ दिने, नयाँ रङ्गिन दाम्ला फेर्ने र रुचीकर खानेकुरा दिने मैथिल चलन छ । पौराणिक कथानक पाताललोकका राजा वलिको सन्दर्भ जोडिने यो पर्वमा कात्तिक शुक्ल द्वितीयाका ‘भैयादूज’ पर्व मनाउने मैथिल परम्परा छ ।

राजा वलिलाई बहिनीहरु गङ्गा र यमुनाले मङ्गल कामनाका साथ सप्तरङ्गी टिका र माला लगाइ दिएको सम्झनामा यो पर्वको परम्परा चलेको मैथिल जनबिश्वास छ । पर्वको पहिलो दिन कागतिहार र दोश्रो दिन कुकुर पूजा गरिने पर्वते मूलको हिन्दू परम्पराभने मिथिलामा देखिदैन् । यद्यपि मैथिल ‘यमपञ्चक’ पर्व विधिमा पनि कागपूजा र स्वानःपूजा (कुकुरपूजा) को वर्णन भने रहेको मैथिल परम्परा र कर्मकाण्डका ज्ञाता बर्दिबास–२ का महेशकुमार झा बताउनुहुन्छ ।

दीपावली पर्वसँगै अहिले घरको रङ्गरोगन गर्ने सामग्री, पूजाअर्चनाका लागि प्रयोग गरिने बाँसको चोयाले बुनिने र माटाका भाँडाको जताततै छुट्टै बजार जमेको देखिदैछ । खासमा दीपमालिकाका लागि माटाका दियौरी प्रयोग गरिने मैथिल परम्पराले यस्तो सामग्री बनाउने कुम्हाल जाति समुदाय अहिले ब्यस्त देखिदा छन् । यमपञ्चक सकिनासाथ लगत्तै दुई दिनपछि शुरु हुने छठ र छठसँगै शुरु हुने सामाचकेवा पर्वको रमझम र तयारी पनि मिथिलामा अहिलेदेखि नै बढेको छ ।

  • 42shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाज

तिहार नजिकिँदै गर्दा कुम्हाल समुदायमा चहलपहल : परम्परागत दियो सहित माटाका भाँडाकुँडा बनाउन व्यस्त

अशोज २६, २०८२
समाज

जनकपुरधाम स्थित राजदेवी मन्दिरमा यस वर्षको विजयादशमी विशेष कार्यक्रम सार्वजनिक

अशोज १०, २०८२
समाज

शान्ति समाजले ओली र लेखक लगायत जिम्मेवार नेतामाथि कारबाहीको माग गर्‍यो

अशोज ५, २०८२
समाज

मिथिलामा पितृ तर्पण ‘सोह्र श्राद्ध’ शुरु

भदौ २२, २०८२
समाज

परराष्ट्रमन्त्री डा. राणाले बुढानीलकण्ठ स्थित निवासमा भित्र्याइन् गौरा

भदौ १५, २०८२
समाज

आज बुबाको सम्मान स्वरुप मनाइदैँ बाबुको मुख हेर्ने दिन  

भदौ ७, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

युवा उठे भने परिवर्तन रोकिन्न , निर्वाचन नै त्यसको शुरुवात हो: (सम्पादकीय)

कार्तिक १२, २०८२

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट सेना फिर्ता

कार्तिक १, २०८२

दियावती पर्वको शुरुवात, आज साँझ देखि धनतेरस

कार्तिक १, २०८२

दिवालीको बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको आग्रह

कार्तिक १, २०८२

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, एक पक्षको बहिष्कार घोषणा

अशोज ३०, २०८२

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२

आज विश्व खाद्य दिवस मनाइँदै

अशोज ३०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend