Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

जो वाइडेनको विजयले नेपाली अमेरिकन खुशी

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
कार्तिक २४, २०७७
In अन्तराष्ट्रिय
0

२४कात्तिक,वाशिङ्गटन डिसी : अमेरिकाको राष्ट्रपतिमा डेमोक्र्याट पार्टीका जो वाइडेन विजयी भएसँगै आप्रवासीले खुशी मनाएका छन् । यसरी खुशी मनाउने आप्रवासीमा नेपाली अमेरिकन पनि रहेका छन् । खासगरी अमेरिकामा रहेका नेपालीहरु स्वास्थ्य बीमा, बन्दुक नियन्त्रण, न्यूनतम वेतनमा वृद्धि जस्ता विषयमा डेमोक्र्याट पार्टीको धारणासँग ऐक्यबद्धता जनाउँदै आएका छन् । सन् २०२० को चुनावमा यी विषय ओझेलमा पार्नेगरी कोरोना भाइरस र यसको नियन्त्रणमा आवश्यक रणनीति बनाउने विषयले प्रमुखता पाएको यथार्थ छ ।

“जो वाइडेनको विजयले हामी अमेरिकन नेपालीमा आशा र विश्वास निर्माण गराउन अभिप्रेरित गरेको छ”, वाइडेनको विजयपछि प्रतिक्रिया दिँदै मेरिल्याण्ड जनरल एसेम्वलीका डेलिगेट ह्यारी भण्डारीले भन्नुभयो, “अमेरिका सम्भावना र अवसरको भूमि हो भन्ने कुरा यो पटकको निर्वाचनले प्रमाणित गरेको छ ।”भण्डारीले आप्रवासी अभिभावकबाट जन्मिनुभएकी उपराष्ट्रपति कमला ह्यारीसको आगमनले हाम्रा बालबालिकालाई पनि प्रेरणा दिएको बताउनुभयो । भण्डारी स्वयं मेरिल्याण्डको जनरल एसेम्वलीमा निर्वाचित हुने पहिलो नेपाली हुनुहुन्छ ।

डेमोक्र्याट पार्टीका सिनेटरहरुले हाउसमा उत्पन्न गरेका टेम्पोरेरी प्रोक्टेड स्टाटस (टिपीएस) बाहकहरुलाई ग्राीनकार्ड हुँदै नागरिकका लागि सहजीकरण गर्ने विधयेक कार्यान्वयन हुने विश्वास गरिएको छ । यसबाट करिब १० हजार नेपालीहरु लाभान्वित हुनेछन् । अमेरिकामा कानून व्यवसायमा संलग्न खगेन्द्र जिसी प्रजातान्त्रिक विधि र प्रक्रियाबाट निर्वाचित कार्यकारीले विगतमा चालिएको कदम जनमतबाट अस्वीकार हुने प्रक्रिया सुन्दर पक्ष भएको टिप्पणी गर्नुहुन्छ ।जिसीले कतिपय आप्रवासनसम्बन्धी कानूनको पुनरावलोकन गर्ने भनेर चुनावी अभियानमा भन्दै आएकाले कार्यकारी आदेश आउन सक्ने विश्वास व्यक्त गर्नुहुन्छ ।

खासरी टिपिएस, डाकाजस्ता कार्यक्रममा वाइडेन प्रशासनले लचिलो नीति अङ्गीकार गर्ने विश्वास लिएको जिसीले बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्ला दिनमा आप्रवासनसम्बन्धी मुद्दामा विलम्ब हुने, कार्यकारी आदेशबाट रोकिने भएको थियो आगामी दिनमा त्यसमा सुधार हुने अपेक्षा राखेको छु ।” अमेरिकामा राजनीतिक कर्ममा संलग्न रहेका हरि शर्माले वाइडेनको विजयले नेपाल अमेरिकाको सम्बन्धमा नयाँ उचाइ हासिल गर्नसक्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले अमेरिकामा विविधताको विशेषता यो निर्वाचनले पुनःस्थापित गरेको प्रतिक्रिया दिनुभयो । अमेरिकाले ग्लोबलरुपमा आफ्नो नेतृत्वदायी भूमिका पुनःस्थापित गर्दै अगाडि बढ्न नयाँ रणनीति अङ्गीकार हुने शर्मा बताउनुहुन्छ ।

अमेरिकामा रहेका नेपाली नयाँ प्रशासनले लिने स्वास्थ्य बीमाको नीति र कोभिड– १९ को नियन्त्रणमा चाल्ने कदमबाट लाभ लिनसक्ने विश्वास रहेको शर्माको भनाइ छ ।अमेरिकामा व्यवसाय गर्दै आएका राधेश पण्डित वाइडेन र ह्यारिसको विजयले व्यवसायीमा उत्साह थपिएको प्रतिक्रिया दिनुहुन्छ । पण्डित भन्नुहुन्छ, “नवनिर्वाचित राष्ट्रपति वाइडेनले कोरोना भाइरसको नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुहुनेछ यसले लगानीकर्ताको मनोवल थप उँचो बनाउनेछ ।” पण्डितको अनुभवमा यदि समयमा नै प्रभावकारी कदम चालिएको भए अमेरिका अहिले आर्थिक अवस्थाको पुनःस्थापनाको चरणमा प्रवेश गर्ने थियो ।

उहाँ सन् २००८ को वित्तीय सङ्कटका बेलामा ओवामा प्रशासनको मातहतमा रहेर वाइडेनले खेल्नुभएको भूमिकाको स्मरण गर्दै भन्नुहुन्छ, “अहिलेको घडीमा अमेरिकाले खोजेको र चाहेको व्यक्ति नै वाइडेन हो ।” पण्डितले कार्यकारी अधिकारलाई प्रभावकारी बनाउन वाइडेन र ह्यारिसको टिम समन्वय निकै राम्रो हुनेमा विश्वस्त रहेको बताउनुहुन्छ ।अमेरिकामा रहेका नेपालीले खुद्रा व्यवसायमा राम्रो गर्दै आएका छन्, उनीहरु कोरोना भाइरसले ल्याएको सङ्कटलाई समाधान गर्न वाइडेन प्रशासन सफल हुनेमा विश्वस्त देखिन्छन् ।

अमेरिकाको ४६औँ राष्ट्रपति बन्नुभएको जो वाइडेनले आफ्नो अनौपचारिकरुपमा सोमबारदेखि कामको थालनी गर्नुहुने भएको छ । यसका लागि सोमबार १२ सदस्यीय एक विज्ञ टोली गठन गरेर कोरोना भाइरसको नियन्त्रणका लागि थप कदम चाल्नुहुने बताइएको छ ।यसैगरी मौसम परिवर्तन जस्ता विषयमा कार्यभार सम्हाल्ने केही दिनमा नै कार्यकारी आदेश आउने घोषणा गरिएको छ ।

विगत २८ वर्षमा बहालवाला राष्ट्रपतिलाई पराजित गर्न सफल जो वाइडेनले यो आलेख तयार पार्दासम्म २७९ इलोक्ट्रोल मतसहित प्रत्यक्ष निर्वाचनमा सात करोड ५४ लाख नौ हजार ३१० मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्दी राष्ट्रपति डोनाल्ड ट्रम्पले २१४ इलेक्ट्रोल मतसहित सात करोड ११ लाख २१ हजार २५३ मत प्राप्त गर्नुभएको छ । अझै पनि जर्जिया र एरिजोना राज्यको अन्तिम नतिजा आइसकेको छैन । नवनिर्वाचित राष्ट्रपति जो वाइडेनले आगामी जनवरी २० बाट आफ्नो कार्यभार सम्हाल्नुहुनेछ । त्यस अगाडि शक्ति रुपान्तरण समूहमार्फत् विभिन्न काममा सहभागी हुनुहुनेछ ।(रासस)


  • 23shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अन्तराष्ट्रिय

दुबईमा कुवेती तेल ट्यांकरमा लागेको आगो नियन्त्रणमा

चैत्र १८, २०८२
अन्तराष्ट्रिय

प्रधानमन्त्री बालेनलाई मोदीको शुभकामना— ‘तपाईंसँग सहकार्य गर्न उत्सुक छु’

चैत्र १३, २०८२
अन्तराष्ट्रिय

इरानको युद्धघोष: पर्यटकीय गन्तव्य देखि ऊर्जा केन्द्र सम्म निशानामा

चैत्र ७, २०८२
अन्तराष्ट्रिय

इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

चैत्र ३, २०८२
अन्तराष्ट्रिय

मोज्तबा खामेनेई इरानका नयाँ सर्वोच्च नेता, देशभर उत्सव

फाल्गुन २५, २०८२
अन्तराष्ट्रिय

दुबईमा ड्रोन खस्यो, अवस्था नियन्त्रणमा

फाल्गुन २३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend