Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

हत्याका फरार अभियुक्त पक्राउ

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
मंसिर ४, २०७७
In अपराध
0

४मंसिर,जलेश्वर: कर्तव्य ज्यान,अपहरण तथा शरीर बन्धक र नागरिकता मुद्दाका फरार एक अभियुक्त पक्राउ परेका छन् आठ वर्ष अगाडि २२ वर्षीय किशोरलाई अपहरण गरेर कर्तव्य गरी मारेर फरार रहँदै आएका एकडारा गाउँपालिका–३ का जीवछ अन्सारीलाई महोत्तरीको जलेश्वर नपा–३ भिठ्ठामोडबाट बुधबार प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी पक्राउ परेका अन्सारीलाई सार्वजनिक गरेको हो ।

प्रहरी उपरीक्षक केसीका अनुसार पक्राउ परेका अन्सारीले चार,पाँच जनासँग मिलेर विसं २०६९ चैत ४ गते जिल्लाकै सोनमा गाउँपालिका–८ का श्याम राय यादवका छोरा कक्षा १२ मा अध्ययनरत २२ वर्षीय पंकज यादवलाई ललाइफकाई जलेश्वर घुमाउने भनी ल्याएर अपहरण गरी लागुऔषध सेवन गराई अर्धचेत भएपछि जलेश्वर नपा–१ स्थित राविम क्याम्पसको चौरमा निजको घाँटी रेटी हत्या गरेका थिए । पंकज धनुषाको जनकपुर नगरपालिकाको पिडाडीचोकमा डेरा गरी बस्दै आएका थिए ।

पक्राउ परेका अन्सारीले नै ल्याएको छुराबाट चार–पाँच जना मिलेर किशोर यादवको हत्या गरी उनले नै बोकी ल्याएको खुर्पा र कोदालोले घटनास्थल नजिकै रहेको रातुखोलाको बगरमा खाल्डो खनी शव गाडेका थिए । साथै मृतकका बुवा श्याम राय यादवलाई विसं २०६९ चैत १० गते सिरहा जिल्लाको लक्ष्मीपुरस्थित कमला नगरमा बोलाई रु सात लाख नेपाली फिरौतीसमेत लिएका थिए । महोत्तरी जिल्ला अदालतले निज अन्सारीको हकमा विसं २०७२ जेठ १८ गते अपहरण तथा शरीर बन्धक मुद्दामा १७ वर्ष कैद र रु दुई लाख ७५ हजार जरिवाना तोकेको छ भने कर्तव्य ज्यान मुद्दा मुल्तवीमा छ ।

त्यस्तै उनले झुठा विवरण पेश गरेर विसं २०५१ मा नेपाली नागरिकता लिएकामा उनी उपर २०६२ मा जिल्ला प्रशासन कार्यालय महोत्तरीमा नागरिकता मुद्दासमेत चलाइएको छ । विद्यार्थी यादवको अपहरण तथा हत्या मुद्दामा यसअघि दुई जना पक्राउ परिसकेको र उनीहरु कारागारमा कैदी जीवन बिताइरहेका छन् भने दुई÷तीन जना अझै फरार छन् ।(रासस)

  • 25shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अपराध

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२
अपराध

धनुषामा फार्मेसी सञ्चालक सहित लागू औषध बरामद, ४ जना पक्राउ

चैत्र १८, २०८२
अपराध

सर्लाहीमा एक युवकलाई नाङ्गै बनाएर निर्घात कुटपिट : एक जना पक्राउ, अन्यको खोजी जारी

चैत्र ३, २०८२
अपराध

२४ घण्टा भित्रै खुल्यो हत्याको रहस्य: धनुषामा प्रेमका कारण युवकको विभत्स हत्या

फाल्गुन १६, २०८२
अपराध

धनुषामा घाँटी काटिएको अवस्थामा पुरुषको शव फेला

फाल्गुन १४, २०८२
अपराध

सिरहामा खेत जोतिरहेका किसानको गोली हानी हत्या

माघ १६, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend