४मंसीर,राजविराज: समाजवादी जनता पार्टीका अध्यक्ष उपेन्द्र यादवले देशको समृद्धि तथा विकासका लागि युवा शक्तिले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । सजपा युवा कमिटीले छठ पर्वका अवसरमा आज राजविराजमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा उहाँले युवा शक्ति ने देश विकासको मेरुदण्ड भएको बताउनुभयो ।

नेता यादवले युवालाई विकास निर्माणमा एक जुट हुन अनुरोध गर्नुभयो । नेता यादवले देशको आर्थिक समृद्धिलाई माथि उठाउनका लागि पनि अहिलेको युगमा युवा शक्ति जागरुक हुनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले विकास निर्माणमा युवाले अहंम भूमिका खेल्नुपर्ने बताउनुभयो ।(रासस)




















आफ्नो प्रतिकृया दिनुहोस्