१८पुस,काठमाडौँ : सुडी समाज काठमाडौँको आज यहाँ सम्पन्न १०औँ साधारणसभाले डा अशोक महासेठका अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । समितिका वरिष्ठ उपाध्यक्षमा इञ्जिनीयर उमाशङ्कर साह, उपाध्यक्षमा डा रामनन्दनप्रसाद चौधरी, महासचिवमा शीतलप्रसाद महतो, सचिवमा शङ्कर साह सुडी, कोषाध्यक्षमा श्रीराम पूर्वे र सहकोषाध्यक्षमा पुनम पञ्जियार हुनुहुन्छ । त्यस्तै सदस्यमा पञ्चलाल साह, सुरेन्द्रप्रसाद साह, शत्रुघ्न महासेठ, लीना साह, माला महतो, डा रीता महासेठ, पिङ्की महासेठ र राधिका साह रहनुभएको छ ।

यसअघि समाजको साधारणसभाले महासचिव डा रामनन्दनप्रसाद चौधरीद्वारा प्रस्तुत सङ्गठनात्मक प्रतिवेदन र कोषाध्यक्ष शङ्कर साह सुडीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदनलाई पारित गरेको थियो । सो अवसरमा समाजका अध्यक्ष अधिवक्ता रामकृष्ण निरालाले सुडी जातिको हकअधिकार, भाषा, धर्म, संस्कृति र पहिचानयुक्त आत्मसम्मानको प्रत्याभूतिका लागि समाजका अगुवाहरुले सक्रियतापूर्वक लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले समाजको विकास र समृद्धिका लागि नयाँ कार्यसमितिले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

निर्वाचन अधिकृत तथा वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोले समाजभित्रको यथार्थ आत्मसात् गरेर सुडी समाजको सङ्गठनात्मक सुदृढीकरण र समाजको उन्नयनका लागि नयाँ कार्यसमिति लाग्नुपर्ने बताउनुभयो । सभाले समाजका पूर्वअध्यक्ष जुलीकुमारी महतो महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री हुनुभएकामा उहाँलाई सम्मानपत्रद्वारा सम्मान गर्नुभयो ।(रासस)



















आफ्नो प्रतिकृया दिनुहोस्