Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

मेलम्चीको पानी व्यवस्थित वितरण याेजना तयार

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
पुस २०, २०७७
In समाचार
0

२०पुस,काठमाडौँ: मेलम्चीको पानी आएपछि प्रभावकारी वितरणका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले योजना तयार गरेको छ । पानी काठमाडौँमा झर्नासाथ कसरी सबैतिर चुहावट कम गरेर वितरण गर्ने भनी योजना तयार गरेर कार्यान्वयन गर्ने अवस्थामा रहेको लिमिटेडले जनाएको छ ।यसअघि नै पानी आएपछि आउने चुनौती पहिचान गरेको र समाधानका लागि के गर्ने भन्ने तयारी अघि बढाइएको लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताउनुभयो ।

उहाँका अनुसार लिमिटेडले खानेपानी वितरणका लागि तालिका पनि बनाइएकामा त्यसमा मन्त्रालय र बोर्ड पनि सहमत भइसकेका छन् । उपत्यकामा अहिले पानी वितरण भइरहेको पाइप सयौँ वर्ष पुरानो भएकाले चुहावट बढी हुनसक्छ । चुहावट मर्मतका लागि चाहिने सामग्री खरिद अघि बढाइएको उहाँले जानकारी दिनुभयो । एकै पटक धेरै जनशक्ति चाहिने हुँदा निर्माण कम्पनीको सूची तयार गरेर राखिएको छ । उहाँले भन्नुभयो, “त्यो सूची भएपछि एकै पटक धेरैलाई परिचालन गर्न सकिनेछ ।”

पानी मर्मतको सिलसिलामा पाइपको पानी बाहिर पठाउनुपर्ने हुँदा त्यसको समेत तयारी गरिएको प्रमुख कार्यकारी अधिकृत शाक्यले बताउनुभयो । लिमिटेडले नियमित मर्मतसँगै मेलम्चीको पानी आएपछि थप चुहावट हुनसक्ने भनी तयारी अघि बढाएको छ । गत साउनमा मेलम्ची खानेपानी आयोजनाले सुरुङमा पानी हाल्ने भनेपछि तयारी अघि बढाइएको थियो । अहिले पनि पुरानो पाइपमा चुहावट खाेज्दै भेटिएका स्थानमा टालिएको लिमिटेडले जनाएको छ ।

अहिले देखिएका स्थानमा चुहावट टालिएको र अरु ठाउँमा देखिनासाथ टाल्न तयारी अवस्थामा बसिएको उहाँको भनाइ छ । पुरानो पाइपबाट वितरण गर्दा कतै पानी नपुग्ने ठाउँ हुनसक्ने भएकाले ती ठाउँ पहिचान गरी जडानमा ध्यान दिइनेछ । उहाँले भन्नुभयो, “कतै जडान गर्नुपर्ने त कतै हटाउनुपर्ने हुनसक्छ ।”पानी वितरणका लागि व्यवस्थापन गर्न प्रमुख कार्यकारी अधिकृत शाक्यको अध्यक्षतामा खानेपानी मन्त्रालय, निर्देशनालय र बोर्डका प्रतिनिधि रहने गरी समिति बनाइएको छ । खानेपानी मन्त्रालय र आयाजनाले सुरुङमा रहेका त्रुटि हटाइसकेर छिट्टै परीक्षण गर्ने गरी तयारी अघि बढाइरहेको छ ।रासस

  • 27shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाचार

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२
समाचार

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२
समाचार

न्यायमा शहीद परिवार पहिलो प्राथमिकतामा : रवि लामिछाने

चैत्र २०, २०८२
समाचार

हनुमान जयन्तीका अवसरमा गृहमन्त्री गुरुङले गरे पशुपतिनाथको दर्शन

चैत्र १९, २०८२
समाचार

गृहमन्त्रीद्वारा कार्यालयमै सर्वसाधारणका गुनासा सुनुवाइ, समाधानका लागि पहल गर्ने प्रतिबद्धता

चैत्र १८, २०८२
समाचार

जनतासँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

चैत्र १८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend