११महोत्तरी (आशिष कुमार मंडल) : महोत्तरी स्थित पिपरा नगर पालिका वार्ड नं ५ को सहोडवा बाट सुतेको अवस्था मै वृद्ध दम्पति लाइ गायब पारिएको छ। गायब गरिएका श्रीमान श्रीमती ६७ वर्षीय मुसाफिर झा तथा ६१ वर्षीया गीतादेवी रहेका छन् ।

मुसफिर झा मोही सम्बन्धित एक विवादित जग्गा मुद्दामा आफ्नो जजमानको गवाही व्यक्ति रहेका थिए। आज मंगलवार का दिन अदालत मा उनको पेशी रहेको थियो। हिजो सोमवार का दिन दियुंसो को समयमा सहोडवा कै एक व्यक्ति विपक्षि लक्ष्मी यादव संग उनको बाझा- बाझ भएको थियो। महोत्तरी प्रहरीले लक्ष्मी यादव लाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरि सकेको र गायब पारिएका श्रीमान श्रीमती को खोजमा एक टोलि सक्रिय भै सकेको घटना स्थल मा फोरेंसिक जांच गर्ने टिम सहित आफै पुगेका महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबाहदुर केसीले बताएका छन् ।


खोज टोलिले सुराग खोज गर्न बर्दिबास बाट डॉग स्क्वाड समेतको टीम घटनास्थल से जुटाएका थिए। मालपोत कार्यालयका अवकाश प्राप्त पुर्व कर्मचारी मुसाफिर झा तथा उनका पत्नी गीता देवी अलग अलग कोठा मा सुति रहेको अवस्था मा एक एक गायब पारिनु एक ठुलो रहस्यम षड्यन्त्र हुन् सक्ने वार्ड नं ५ का अध्यक्ष शम्भु यादव ले शंका गरेका हुन्।पुर्व कर्मचारी झा को घर मा पति पत्नी सहित एक बुहारी तथा नाती नातिनी समेत गरि ७ जना रहेका थिए।

वेपता गरिएका झा का एक छोरा भारतको मुम्बई शहरमा कामकाज को सिलसिला मा उतै रहेका छन्।सासु ससुरा छुट्टा छुट्टै कोठा मा सुति रहेको अवस्थामा आफु लाई यस घटना बारे आफु लाई केहि थाहा नभएको संगै बसेका बुहारी ले बयान दिएका छन्। यसरि वृद्ध श्रीमान श्रीमती लाई गायब पारिएको विरोधमा स्थानीय व्यक्ति तथा युवाहरुले जनकपुर भिठ्ठामोड सडक घन्टौ सम्म जाम गरि टायर बालेर विरोध प्रदर्सन गरेका थिए।


प्रहरीले गायब गरिएका व्यक्तिलाई खोज गरि यसमा सम्मलित अपराधी लाई चाडै पक्राउ गर्ने प्रतिबध्ता जनाउदै सडक अवरुद्ध नगर्न स्थानीय तथा आक्रोशित युवा हरु संग महोत्तरी का एस. पी. टिका बहादुर केसी ले आग्रह समेत गरेका थिए।


आफ्नो प्रतिकृया दिनुहोस्