Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

जनकपुरधाम उप–महानगरपालिकाले कोभिड–१९ प्रतिकार्य प्रभावकारी रुपमा सञ्चालन गर्ने

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
बैशाख १८, २०७८
In समाचार
0

१८वैशाख,(रवि मंडल) : स्थानीय सरकारहरुले हाल गर्दै आएका क्वारेन्टिन तथा आइसोलेशन कक्षको व्यवस्थापन, राहत वितरण, विशेष स्वास्थ्य सामाग्री खरिद, स्वास्थ्य कर्मी हरुलाई भत्ता वितरण जस्ता कार्यहरु संघ र प्रदेश सरकारको दायित्व भित्र पर्ने र स्थानीय तह अन्तर्गत आधारभुत स्वास्थ्य सेवा र सरसफाई पर्ने भएता पनि जनकपुरधाम उपमहानगरपालिकाले कोभिड–१९ प्रतिकार्य प्रभावकारी रुपमा सञ्चालन गर्ने भएको छ ।


महामरी नियन्त्रण साझा प्रयासमा मात्र सम्भव हुने हँदा उल्लेखित कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य समाग्री, पि.पि.इ, तथा आवश्यक जनशक्ति व्यवस्थान, क्वारेन्टीनमा आउनेहरुको लागि खाना,नास्ता व्यवस्थापन, स्यानिटाईजर लगायतका सरसफाई सामग्री, पूर्व तयारी,चुनौती तथा भईरहेका प्रयास लगायतका कुराहरु बारे जनकपुरधाम उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिनोद कुमार खड्काले जानकारी दिएका छन ।


शंकास्पदहरुको स्वास्थ्य परीक्षण तथा उप–महानगरपालिकामा दिनानुदिन सयौँको संख्यामा विदेशबाट भित्रिने गरेका अप्रवासी कामदारहरुको आवश्यकता अनुसार ज्वरो लगायतका स्वास्थ्य परिक्षण गरी क्वारेन्टीनमा राख्ने, यसको लागी ३० बेडको आइसोलसन सेन्टर गोपाल धर्मशालामा बनाउने तथा सुरक्षित रुपमा क्वारेन्टीन र आइसोलेसन वार्डहरुको उचित व्यवस्थापनका लागि दक्ष कर्मचारी खटाउने समेत निर्णय गरेको छ ।


स्वास्थ सम्बन्धि व्यवस्थापन आदि कार्यहरुमा उप–महानगरपालिकाले असल नेतृत्वदायी भूमिका निर्वाह गर्दै कोरोना संक्रमणको जोखिमबाट जोगिन नगरक्षेत्रका सम्पूर्ण वडा, बजार तथा चौकहरुमा क्लोरिन हाईड्रोअक्साईड सहितको डिसईन्फेक्सन औषधी छर्किने निर्णय गरेको छ । यसै गरीे उप–महानगरपालिकाले कोभिड १९ प्रतिकार्यमा २४ सै घण्टा स्वास्थ्य सेवा तथा आवश्यक परामर्श सेवा प्रदान गर्न डाक्टर तथा स्वास्थकर्मी सहितको ७ ठाउँमा हेल्प डेस्क परिचालन गरेको छ ।

कोरोना भाईरसको रोकथामका लागि बाहिरबाट आउने आफ्ना नागरिकहरुलाई उपमहानगरपालिकाले पूर्ण विवरण सहित स्वास्थ्य निगरानीमा राख्ने भएको छ । कोरोना भाईरस प्रसारको खतरालाई न्युन गर्ने उदेश्यले उप–महानगरपालिकाले स्वास्थ्य क्षेत्रलाई विशेष महत्व दिँदै आफ्ना नागरिकहरुको लागि सरसफाईमा सुधार ल्याउन बढी मानिसहरुको आउजाउ हुने स्थान तथा मुख्य चोकहरुमा ३० वटा सेनिटाईजर डिस्पेन्सर राख्ने र साबुन पानीले हात धुने व्यवस्था मिलाएको छ ।

साथै गरीब, विपन्न तथा ज्यालादारीमा काम गर्ने नागिरकहरुको लागी २५ हजार कपडाको मास्क वितरण गरिने छ । । स्रोतको समुचित बातावरण तयार गर्न र प्रमुख प्रशासकिय अधिकृत बिनोद कुमार खड्काको संयोजकत्वमा केस इन्वेस्टीगेसन एण्ड कॉन्टेक्ट् ट्रेसिंग तथा रेपिड रिस्पोन्स टिम(द्रुत प्रतिकारी समुह) को गठन गरिएको छ ।आईसोलेसन वेडहरुको व्यवस्थापन र अनुगमनमा खटिने जनप्रतिनिधिहरु र कर्मचारीहरु सहितको ४ सदस्य रहेको सहायता कक्ष पनि सञ्चालनमा ल्याईने छ ।

यसै गरी जनकपुरधाम उप–महानगरपालिकाले आफ्ना नागरिकहरुलाई गलत सूचनाबाट सचेत राख्न र आधिकारिक सूचना प्रदान गर्नका लागि २५ ओटै वडाको दैनिक स्वास्थ्य जाँचको रिपोर्ट उप–महानगरपालिकाको वेबसाईटमा अद्यावधिक गरी प्रकाशन गर्ने समेत निर्णय गरेको छ ।।

  • 30shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाचार

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२
समाचार

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२
समाचार

न्यायमा शहीद परिवार पहिलो प्राथमिकतामा : रवि लामिछाने

चैत्र २०, २०८२
समाचार

हनुमान जयन्तीका अवसरमा गृहमन्त्री गुरुङले गरे पशुपतिनाथको दर्शन

चैत्र १९, २०८२
समाचार

गृहमन्त्रीद्वारा कार्यालयमै सर्वसाधारणका गुनासा सुनुवाइ, समाधानका लागि पहल गर्ने प्रतिबद्धता

चैत्र १८, २०८२
समाचार

जनतासँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

चैत्र १८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend