Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

अमेरिकी विदेशमन्त्री इजरायलमा

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ ११, २०७८
In अन्तराष्ट्रिय
0

११जेठ,जेरूसेलेम : संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री एन्टनी ब्लान्केन गाजा युद्धविरामलाई तार्किक निश्कर्षमा पुर्याउने उद्देश्यका साथ मध्यपूर्व यात्राको क्रममा इजरायल आइपुग्नुभएको छ । उहाँले एक दशक भन्दा बढी समय सम्म अबरूद्ध बनेको बृहत् शान्ति प्रक्रियालाई तार्किक निश्कर्षमा पुर्याउन मध्यस्थताका लागि मध्यपूर्वको भ्रमणमा आउनुभएको हो ।

केही दिन पहिले रोकिएको ११ दिन लामो गाजा द्वन्द्वका कारण २५० व्यक्तिले ज्यान गुमाएका छन् । मारिनेमा अधिकांश प्यालेष्टिनी परेका र इजरायली तथा प्यालेष्टिनी पक्षबीच भउका रकेट आक्रमणका कारणकम्तीमा १०० महिला तथा बालबालिकासमेतको मृत्यु भएको थियो । दोहोरो युद्धमा गरीव समुद्री तटवर्ती इलाकामा व्यापक भौतिक संरचनाको समेत विनाश भएको थियो ।

ब्लाइन्केनले इजरायल र पश्चिमी देशहरूले आतंकवादी ठान्ने गाजाका अतिवादी हमास शासकहरू संलग्न नगरी पुनर्निर्माण समन्वयमा ध्यान केन्द्रित गर्ने अपेक्षा राखिएको छ । शुक्रबारदेखि बार्यान्वयनमा आएकोे युद्धविराम सम्झौताले अझै कुनै पनि अन्तर्निहित मुद्दाहरूलाई सम्बोधन गर्न नसकेको धारणा आइराखेका समय भएको अमेरिकी विदेशमन्त्री ब्लाइन्केनको भ्रमण लाई गाजा क्षेत्रमा द्वन्द्व अन्त्य गर्ने प्रयासका रूपमा लिइएको छ ।

वर्तमान् अमेरिकी राष्ट्रपति जो बाइडेन सत्तामा आएपछि मध्यपूर्व पुग्ने ब्लाइन्केन पहिलो उच्च पदस्थ अमेरिकी अधिकारी हुनुहुन्छ । जो बाइडेनको आगमनसँगै यस क्षेत्रको जटिल समस्याबाट अमेरिकालाई बाहिर राख्ने र जलबायु परिवर्तनको मुद्दा र चीनसँगको प्रतिस्पर्धामा केन्द्रित हुने आशा गरिरहेका समय इजरायलले गाजामा गरेको आक्रमणपछि आफ्ना धेरै पूर्ववर्तीहरूजस्तै बाइडेन पनि पनि मध्य पूर्वमा व्याप्त हिंसाको अर्को संस्करणमा तानिनुभएको छ ।

अमेरिकी विदेशमन्त्री इजरायलबाट आफ्नो यात्रा सुरु गनुभएको छ । इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू दुई बर्षमा चौथो निर्णायक निर्वाचन पछि आफ्नो राजनीतिक जीवनको लागि लडिरहेका समय इजरायली ठूलो समूहबाट कडा आलोचना खेपिरहेका नेतान्याहूसँग भेट्ने कार्यक्रम रहेको छ । नेतन्याहुलाई इजरायली कट्टरवादी समूहहरूले प्यालेस्टेनी आक्रमणलाई निस्तेज पार्न वा गाजाका कट्टरपन्थी हमास शासकहरूलाई भारी चोट नपुर्याएको समेत आरोप लागेको छ ।

जरूशलेमको इजरायली प्रहरी र प्यालेस्टाइन प्रदर्शनकारीबीच अल–अक्सा मस्जिद परिसर र यसका वरिपरिको इलाकामा हप्तौंसम्म चलेको झगडाले यो युद्धलाई निम्त्याएको थियो । इजरायलले मुसलमानको पवित्र रमजान महिनामा उक्त क्षेत्रमा बसोबास गर्ने यहूदी बस्तीले दर्जनौं प्यालेस्टिनी परिवारलाई धम्की दिएको भन्दै पछिल्लो युद्धको सुरूवात भएको थियो ।

नेतान्याहूले अल–अक्सा वा बेदखलीहरूसम्बन्धी कुनै सार्वजनिक सहुलियतहरू लिने सम्भावना छैन किनकि यो हमासको मागलाई मानेको जस्तो देखिन्छ । ब्लाइन्केनले छिमेकी इजिप्ट र जोर्डनको पनि भ्रमण गर्ने कार्यक्रम छ । शुक्रबार भएको युद्धविरामपछि पनि कतिपय हिंसात्मक घटना भइरहेका समय अमेरिकी विदेशमन्त्रीको आवागमनलाई महत्वकासाथ लिइएको छ ।(रासस÷ एपी)

  • 31shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अन्तराष्ट्रिय

दुबईमा कुवेती तेल ट्यांकरमा लागेको आगो नियन्त्रणमा

चैत्र १८, २०८२
अन्तराष्ट्रिय

प्रधानमन्त्री बालेनलाई मोदीको शुभकामना— ‘तपाईंसँग सहकार्य गर्न उत्सुक छु’

चैत्र १३, २०८२
अन्तराष्ट्रिय

इरानको युद्धघोष: पर्यटकीय गन्तव्य देखि ऊर्जा केन्द्र सम्म निशानामा

चैत्र ७, २०८२
अन्तराष्ट्रिय

इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

चैत्र ३, २०८२
अन्तराष्ट्रिय

मोज्तबा खामेनेई इरानका नयाँ सर्वोच्च नेता, देशभर उत्सव

फाल्गुन २५, २०८२
अन्तराष्ट्रिय

दुबईमा ड्रोन खस्यो, अवस्था नियन्त्रणमा

फाल्गुन २३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend