Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

नयाँ मन्त्रीहरुलाई कामकाजमा रोक

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार ८, २०७८
In समाचार
0

काठमाडौँ, ८ असार : सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनपछि विस्तार गरिएको मन्त्रिपरषद्लाई मान्यता नदिने अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको आजको संयुक्त इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनपछि दुई पटक विस्तार गर्नुभएको मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीलाई मुद्धाको अन्तिम किनारा नलागेसम्म कामकाज गर्न रोक लगाउने आदेश दिएको हो ।

प्रधानमन्त्रीले गत जेठ ८ गते प्रतिनिधिसभा विघटनपछि जेठ २१ र २७ मा पुनः गठन गरी समाजवादी जनता पार्टीका ११ सहित २० मन्त्री नियुक्त गर्नुभएको थियो । ‘‘नेपालको संविधानको धारा ७७ को उपधारा (१) नियुक्त प्रतिनिधिसभा विघटनको दोस्रो अवस्थापछि ७७ को ९३० बमोजिम प्रधानमन्त्रीको पद रिक्त हुन आएकामा अर्को मन्त्रिपरिषद् गठन नभएसम्म सोही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्नेछ ’’ ,अदालतको आदेशमा भनिएको छ, ‘‘जे जुन अवस्थामा छ, त्यही मन्त्रिपरिषद्ले कार्यसञ्चालन हुनुपर्छ । विस्तार वा थप गर्नु संविधान अनुकूल भएको देखिएन ।’’ अधिवक्ता बालकृष्ण न्यौपाने र अधिवक्ता वीरेन्द्रप्रसाद साहले अलग अलगरुपमा राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाई उक्त रिट दायर गर्नुभएको थियो ।(रासस)

  • 7shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाचार

माओवादी चुनाव लड्नै सक्दैन भन्ने विरोधीहरूको भाष्य खारेज भयो: अध्यक्ष प्रचण्ड

चैत्र ६, २०८१
समाचार

‘राजा-महाराजालाई जनताले इतिहासको विषय बनाइसके’ – अध्यक्ष दाहाल

चैत्र ४, २०८१
समाचार

‘प्रचण्ड’ द्वारा बडी विल्डिङ च्याम्पियन सिपका रजत पदक प्राप्त खेलाडी लाई सम्मान

पुस १४, २०८१
समाचार

कांग्रेसका सभापति द्वारा ‘क्रिसमस डे’ को शुभकामना

पुस १०, २०८१
समाचार

पत्रकारहरुले कलम समाए पछि धर्म छाड्नु हुँदैन् : पुर्व राष्ट्रपती यादव

पुस ८, २०८१
समाचार

देशको प्रतिष्ठा र आर्थिक विकासका लागि खेलको विकास महत्वपूर्ण: प्रचण्ड

पुस ७, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

चलचित्र ‘रिमै’ को फर्स्टलुक पोस्टर सार्वजनिक, भदौ २७ गते बाट प्रदर्शनमा आउने

बैशाख ३०, २०८२

धार्मिक सम्प्रदायमा असर पार्ने भिडियो बनाएको आरोपमा रौतहटमा युवक पक्राउ

बैशाख ३०, २०८२

लिभर ट्रान्सप्लान्टमा नेपाल संसारकै सस्तो देश हो : डा.एकानन्द सिंह

बैशाख २९, २०८२

नेपालले दक्ष नर्स उत्पादन गर्छ तर विदेशले फाइदा लिइरहेको छ

बैशाख २९, २०८२

भारत–पाकिस्तानको युद्धविरामको घोषणा पछि कश्मीरमा चहलपहल बढ्यो

बैशाख २९, २०८२

जसपा नेपाल धनुषाको अध्यक्षमा पुन: पशुपति यादव

बैशाख २९, २०८२

बुद्धका मार्गदर्शनले दृष्टि सम्यक्, विचार शुद्ध र कर्म उज्यालो बनोस् : प्रधानमन्त्री ओली

बैशाख २९, २०८२

किराँत समुदायमा आज उभौली पर्व, चण्डी पूर्णिमा र चण्डेश्वरी जात्राको पनि शुभारम्भ

बैशाख २९, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend