Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

कोदो खेती लोप हुँदै

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार ९, २०७८
In समाज
0

धनुषा, ९ असार : जिल्लामा पछिल्लो समय कोदो खेती लोप हुँदै गएको छ । कोदोको महत्वका बारेमा थाहा नहुँदा यसको खेतीप्रति कृषकको आकर्षण घट्दै जाँदा कोदो खेती लोप हुँदै गएको हो । प्रशस्त मात्रामा कोदो फल्ने जमीनमा अहिले अन्य खाद्यान्न बालीले ढाकिएका छन् । कोदोलाई औषधिका रुपमा समेत प्रयोग गरिनुका साथै पोषिलो तत्वका रुपमा समेत लिइन्छ । तीन दशकअघिसम्म धनुषाको ग्रामीण क्षेत्र विशेषगरी ढल्केवर, वटेश्वर, सखुवा महेन्द्रनगर, दिगम्बरपुर, धारापानी, लवटोली, गोदार, तुलसी, भरतपुरलगायत दर्जनौं गाउँका अधिकांश कृषकले कोदो खेती गर्दथें ।

तर अहिले यसको खेती पूरै विस्थापित हुने अवस्थामा पुगेको कृषकहरु बताउँछन् । कोदोको उत्पादन राम्रो भएपनि कृषकले हिजोआज खेती गर्न छाडेपछि विस्तारै गाउँघरमा कोदो खेती कम हँुदै गएको छ । कृषकले कोदो खेती गर्न छाडेपछि अहिले केही स्थानमा बीउसम्म पाउन मुस्किल हुन थालेको कृषक बताउँछन् । केहीले फाट्टफुट्ट कोदो खेती गरेपनि घरायसी प्रायोजनका लागि मात्र गरेको पाइन्छ । पहिले जस्तो बिक्रीका लागि भनेर कोदो खेती गर्न कृषकले छाड्दै गएका हुन् ।

अन्य बालीभन्दा स्वास्थ्यका लागि लाभदायक भए पनि अहिले धनुषाको सीमित गाउँमा मात्र यसको खेती गरिन्छ । रोटी र ढिँडोका लागि मात्र उत्तम ठानिने भए पनि अहिले स्वस्थ रहनका लागि भन्दै शहरी क्षेत्रका मानिसले यसका परिकार खाने गर्दछन् । तर कोदो खेती गर्ने किसानको सङ्ख्या दिनहुँ घट्दै गएको कृषकको भनाइ छ । “पहिले मुख्य खाना नै कोदाको रोटी, ढिँडो हुन्थ्यो तर अहिले मुख्य खाना भातरोटी भएकाले कोदो खेती विस्थापित भएको छ”, मिथिला नगरपालिका–६ ढल्केवरका कृषक दानबहादुर खड्काले भन्नुभयोे, “अहिले कोदोको रोटी, ढिँडोभन्दा भात नै खाने चलन बढ्नै जाँदा यसको खेती विस्थापित हुन पुगेको छ ।”

वटेश्वरका कृषक रामप्रसाद भण्डारीले गाउँघरमा हेपिएको खाद्यान्न अहिले शहरबजारतिर खोजी खोजी खान थालिएको बताउनुभयो । “पहिला पहिला खेतमा लटरम्म फल्ने कोदो अहिले औषधिका लागि समेत भेट्टाउन मुस्किल भएको छ”, उहाँले भन्नुभयो, “अहिले शहरी क्षेत्रमा यसको अत्याधिक माग भए पनि उत्पादन घट्दै गएको छ ।” धान, गहुँ र मकैजस्तै कोदोलाई कृषकले महत्व नदिएका कारण लोप हुँदै गएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ कृषि विकास अधिकृत वीरेन्द्रप्रसाद सिन्हाको भनाइ छ । उहाँका अनुसार विस्थापित भएको बालीलाई दुई वर्षदेखि स्थापित गर्ने लक्ष्य राखिएको भए पनि सफल हुन सकेको छैन ।

कोदोको माग धेरै भएपनि खेती गर्ने कृषक नभएपछि माग अनुसार आपूर्ति गर्न नसकिएको उहाँले बताउनुभयो । औषधिका रूपमा समेत प्रयोग हुने कोदोलाई पोषिलो अन्न मानिन्छ । पहिला वर्षे खेतीका रूपमा लगाइने कोदो अहिले देख्नै मुस्किल पर्न थालेको छ । कृषकले विस्तारै कोदो खेती गर्न छाड्दै गएपछि जिल्लामा कोदो अभाव हँुदै गएको मिथिला नगरपालिका पुष्पवलपुरका कृषक गङ्गा महतोले बताउनुभयो । कम मेहनतमा उत्पादन बढी हुने र पोषणयुक्त खाद्यान्न बाली भित्र पर्ने भए पनि पछिल्लो समयमा खाद्यान्नमा भन्दा अन्यत्र प्रयोग बढी हुन लागेकाले पनि कोदो खेती लोप हुने अवस्थामा पुगेको क्षीरेश्वरनाथ नगरपालिका— ८ दिगम्बरपुरका किसान राजेश महतोको भनाइ छ ।

स्वास्थ्यका लागि लाभदायक अन्न फलाउन छाडेर बजारमा पाइने प्याकेटका तयारी खाना खान थालेपछि एकातिर स्थानीय अन्न लोप हुँदै छन् भने अर्कोतिर मानिसमा अनेक किसिमका रोगको सङ्क्रमण बढ्न थालेको जेटिए ममता बलम्पाकीले बताउनुभयो । उहाँले उच्च पहाडी भेगमा मुड्के र डल्ले, मध्य पहाडमा डल्ले र झाँप्रे तथा तराईमा झाँप्रे जातको कोदो उत्पादन गर्न सकिने बताउनुभयो । मुड्के जातको कोदो स्वादका हिसाबले अत्यन्त उत्तम मानिन्छ ।

दुई दशक अघिसम्म गाउँका सबै खेतबारीमा कोदो हुन्थ्यो तर, आजभोलि सबै हराए पुष्पवलपुरका कृषक श्याम गोलेले खाद्यान्नको रूपमा प्रयोग गरिने कोदो आजभोलि मदिरा बनाउन प्रयोग गरेका कारण बीउ नै हराउने अवस्थामा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “कोदो खेतीभन्दा पनि कृषकले हिजोआज बाख्रापालन, तरकारीलगायत नगदेबाली, फलफूल खेतीतर्फ आकर्षित हुन थालेका छन् ।” पुष्पवलपुर, भरतपुर, दिगम्बरपुरलगायतका गाउँमा धेरै कृषकले खेतमा कोदो लगाएर राम्रै कमाइ गर्थे तर अहिले भने धेरैले कोदो लगाउन छाडिसकेका छन् ।

परम्परागत रूपमा गरिँदै आएको कोदो खेती जिल्लाका साविक २० भन्दा बढी गाउँका कृषकको मुख्य खाद्यान्न बाली थियो । वटेश्वर गाउँपालिका ५ शान्तिपुरका कृषक अमर बहादुर थिङ्गले पहिलेपहिले ५ मुरीसम्म कोदो उत्पादन गरेको स्मरण गर्दै अहिले लगाउनै छाडेको बताउनुभयो । “धेरै दुःख गर्न नपर्ने कोदो पाकेपछि घरमै खरिद गर्न व्यापारी आउँथे, दुई चार पैसा पनि हुन्थ्यो । अहिले त कोदो लगाउने जमीन बाँझिन थालेको छ”, उहाँले भन्नुभयो । “कोदोको मूल्य अति न्यून हुने र यो अन्नलाई पहिलेदेखि गरिब खानाको रुपमा लिइने हुँदा यसलाई कुअन्न भन्ने चलन थियो”, क्षीरेश्वरनाथ नगपालिका— ३ पकडियाका कृषक रामनारायण सिंहले भन्नुभयोे, “बजारमा पनि यसको मूल्य अन्य अन्नको तुलनामा न्यून छ ।

त्यसैले आजभोलि यो बाली लगाउने किसानको सङ्ख्या न्यून हुँदै गएको छ ।” कोदोमा अन्य धेरै विषेशता होलान् तर मानिसहरु यो खाना दुःखी र गरिबले खाने भन्ने भनाइ छ । त्यसैले यसलाई उपभोग गर्नेलाई अपमानित गरिन्छ । उच्च खानदानीमा पाहुनालाई कोदोको परिकार दिइँदैन्थ्यो र अझै पनि दिइँदैन । परम्परागत रुपमै कोदोको ढिँडो, रोटी, पुवा र खोले बनाएर खाने चलन छ । शहरबजारमा कोदोको सुप बनाएर खाने गरिन्छ । कोदोबाट बिस्कुट, पाउरोटी जस्ता बेकरी बनाइन्छ ।

जाडोयाममा मरमसला वा मासु मिसाएर खोले खाने चलन छ । कोदो बालबालिकाका लागि सबैभन्दा उत्तम मानिन्छ । प्राथमिक स्वास्थ्य केन्द्र महेन्द्रनगरका वरिष्ठ अहेव अशोक साहले कोदो पौस्टिक आहारको रुपमा सबैभन्दा राम्रो बाली भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कोदोको महत्वका बारेमा थाहा नहुँदा कोदो खेती गर्ने चलन हराएको हो । उच्च रक्तचाप र मधुमेहका बिरामीका लागि कोदो उत्तम मानिन्छ ।’ कोदोमा ट्रिस्टोफेन नामक एमिनो एसिडले गर्दा यसको पाचनप्रणाली ढिलो हुनेहुँदा लामो समय नखाँदा पनि हुन्छ ।

यसबाट हाम्रो शरीरको तौल यथावत राख्न मद्दत गर्छ । कोदो खानाले यसमा भएको क्याल्सियमले गर्दा वृद्ध र बालकलाई चाहिने प्रकृतिक क्याल्सियमले गर्दा हाड मजबूत बन्न मद्दत पुग्छ । कोदोलाई क्याल्सियम, फलाम, प्रोटिन रेशाको धनीको रुपमा लिइन्छ । यसले बोसोको मात्रा कम गराउँछ । मुटु, कलेजो र उच्च रक्तचाप भएका मानिसको लागि यो राम्रो खानाको रुपमा लिइन्छ । कम सिँचाइ, मल, मेहनतको प्रयोगले उत्पादन बढी लिन सकिने भए पनि कोदो खेतीको संरक्षण र जगेर्ना गर्नेतर्फ अब सम्बन्धित निकायले पहल गर्नुपर्ने देखिन्छ ।(रासस)

  • 15shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाज

तिहार नजिकिँदै गर्दा कुम्हाल समुदायमा चहलपहल : परम्परागत दियो सहित माटाका भाँडाकुँडा बनाउन व्यस्त

अशोज २६, २०८२
समाज

जनकपुरधाम स्थित राजदेवी मन्दिरमा यस वर्षको विजयादशमी विशेष कार्यक्रम सार्वजनिक

अशोज १०, २०८२
समाज

शान्ति समाजले ओली र लेखक लगायत जिम्मेवार नेतामाथि कारबाहीको माग गर्‍यो

अशोज ५, २०८२
समाज

मिथिलामा पितृ तर्पण ‘सोह्र श्राद्ध’ शुरु

भदौ २२, २०८२
समाज

परराष्ट्रमन्त्री डा. राणाले बुढानीलकण्ठ स्थित निवासमा भित्र्याइन् गौरा

भदौ १५, २०८२
समाज

आज बुबाको सम्मान स्वरुप मनाइदैँ बाबुको मुख हेर्ने दिन  

भदौ ७, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

मुख्यमन्त्री कार्यालयमा कर्मचारीमाथि कुटपिट, मधेश प्रदेशका निजामती कर्मचारी आन्दोलित

कार्तिक २४, २०८२

युवा उठे भने परिवर्तन रोकिन्न , निर्वाचन नै त्यसको शुरुवात हो: (सम्पादकीय)

कार्तिक १२, २०८२

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट सेना फिर्ता

कार्तिक १, २०८२

दियावती पर्वको शुरुवात, आज साँझ देखि धनतेरस

कार्तिक १, २०८२

दिवालीको बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको आग्रह

कार्तिक १, २०८२

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, एक पक्षको बहिष्कार घोषणा

अशोज ३०, २०८२

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend