Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

सेना फिर्ता भएपनि सहयोग जारी राख्ने : अमेरिकी राष्ट्रपति बाइडेन

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार १२, २०७८
In अन्तराष्ट्रिय
0

वासिङ्टन, १२ असार : अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानका शीर्ष नेताहरु समक्ष दिगो साझेदारीका लागि बचनवद्धता व्यक्त गर्नु भएको छ । अफगानिस्तानमा सक्रिय तालिबानीको हिंसात्मक कारबाही जारी रहेकै अवस्थामा अमेरिकी र नेटो फौज स्वदेश फर्कन लागेपछि दुई देशका शीर्ष नेताहरुबीच पछिल्लो घटनाक्रमबारे शुक्रबार साँझ समीक्षा भएको छ । अफगान राष्ट्रपति अश्रफ घानी र राष्ट्रिय मेलमिलापका लागि उच्च परिषदका अध्यक्ष अब्दुल्ला अब्दुल्लाहले ह्वाइट हाउसमा राष्ट्रपति बाइडेनसँग भेट गर्नुअघि रक्षा मन्त्री लोयड अस्टिनसँग पेन्टागनमा अफगान सुरक्षा मामिला बारेमा छलफल गर्नु भएको थियो ।

राष्ट्रपति बाइडेनले अफगानिस्तानलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे पनि अमेरिकी सेना स्वदेश फर्कने समय आइसकेकामा जोड दिनु भएको थियो । “अफगानिस्ताने आफ्नो भविष्यको निर्णय आफैं गर्नु पर्दछ,” राष्ट्रपति बाइडेनले अफगान नेताहरुसँगको आफ्नो भेटको शुरुमा संक्षिप्त टिप्पणी गर्दै भन्नुभयो । राष्ट्रपति बाइडेनले दिगो साझेदारी के हुन सक्छ भन्ने बारेमा विस्तृत वर्णन दिन चाहनु भएन । बाइडेन प्रशासनले आगामी सेप्टेम्बर ११ भन्दा अघि नै अफगानिस्तानमा तैनाथ अमेरिकी सेना स्वदेश फर्काइसक्ने गरी तयारी भइरहेको अवस्थामा अफगान नेताहरु वासिङ्टन पुग्नु भएको हो । अफगानिस्तानमा अमेरिकी सेना बस्न थालेको २० वर्ष पुग्न लागेको छ ।

यस अवधिमा अमेरिकी र अफगानी सेना तथा सर्वसाधारणको ठूलो संख्यामा हत्या एवं मृत्यु भएको छ भने लाखौं विस्थापित भएका छन् । राष्ट्रपति घानीले शुक्रबार नै अमेरिकी संसदकी सभामुख नान्सी पेलोसी र रिपब्लीकन पार्टीका सांसदहरुसँग भेटघाट गर्नु भएको थियो । उहाँले बिहीबार सिनेटमा रिपब्लीकन नेता मिच म्याक्कोनेलसँग पनि भेट गर्नुभयो । अमेरिकी रक्षा विभागका अनुसार सन् २००१ देखि जारी अफगान युद्धमा दुई हजार ४०० भन्दा बढी अमेरिकी सैनिकको मृत्यु हुनुका साथै २० हजारभन्दा बढी घाइते भएका छन् ।

युद्धका क्रममा तीन हजार ८०० भन्दा बढी अमेरिकी निजी सुरक्षागार्ड पनि मारिएको विभागको भनाई छ । यस युद्धबाट अफगानी सर्वसाधारण अझ बढी प्रताडित भएका थिए । युद्धमा ६६ हजार भन्दा बढी अफगानी सेनाको ज्यान गएको थियो भने २७ लाखभन्दा बढी मानिस विस्थापित भएका थिए । उनीहरुमध्ये अधिकांश इरानतर्फ पलायन भएका थिए । अमेरिकी सेनाको सबैभन्दा ठूलो हिस्सा स्वदेश फर्किए पनि अमेरिकी कुटनीतिज्ञको सुरक्षाका लागि करिब ६५० जना सैनिक मात्र अफगानिस्तानमा तैनाथ हुनेछन् । अमेरिकी अधिकारीहरुका अनुसार अर्को दुई साताभित्र कुटनीतिज्ञहरुको सुरक्षा व्यवस्था टुङ्गो लाग्नेछ । केही सय अतिरिक्त अमेरिकी फौज काबुल विमानस्थलमा सेप्टेम्बरसम्म रहने सम्भावना छ ।

उनीहरुले टर्कीका सेनालाई आवश्यक सुरक्षा प्रदान गर्नेछन् । समग्रमा, अधिकारीहरुले अमेरिकी र गठबन्धनको सैन्य कमान्ड, यसको नेतृत्व र अधिकांश सैनिकहरु जुलाई ४ सम्ममा वा त्यसको केही समयपछि फिर्ता हुने योजना रहेको बताएका छन् । यो योजना केही महिना अघि नै तयार भइसकेको बताइएको छ । यद्यपी सैन्य फिर्ता सम्बन्धी विस्तृत विवरण दिन अमेरिकी अधिकारीहरुले अस्वीकार गरेका छन् । पछिल्लो समय अफगानिस्तानमा चार हजारको हाराहारीमा अमेरिकी सेना बाँकी रहेको बताइएको छ ।

अमेरिकी सेनाको फिर्तीसँगै केही महिनाभित्रै अफगानिस्तानको सरकार र सैनिक पतन हुने अनुमान गरिएको छ । पछिल्लो समय तालिबान समूहले देशका धेरै जिल्लामा निरन्तर कब्जा गर्दै गएको र कैयौं जिल्लामा सेना एवं प्रहरीले आफ्ना पोस्टहरु छाड्न थालेका छन् । अमेरिकी राष्ट्रपतिको “ओभल कार्यालय”मा बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपति घानीले राष्ट्रपति बाइडेनसँगको छलफल सकारात्मक रहेको बताउनुभयो । उहाँले अमेरिकी सहयोग निरन्तर राख्ने बाइडेनको भनाईबाट आफूहरु आशावादी रहेको बताउनु भएको थियो ।

तर उहाँले आगामी दिनमा कठिनाईहरु रहेको पनि स्वीकार्नु भएको थियो । बाइडेनसँगको बैठकमा सहभागी अब्दुल्लाहले अमेरिकी सहयोगको निरन्तरताको आवश्यकताका बारेमा जोड दिनु भएको थियो । “हामीले के कुरा बिर्सिरहेका हुन्छौ भने अल–कायदाले अफगानिस्तानमा एक निश्चित तह पार गरेको थियो जुन सबै मुलुकको सुरक्षाका लागि खतरा थियो,” अब्दुल्लाहले एपीसँगको भेटमा भन्नुभयो । “यदि अफगानिस्तानलाई पूर्ण रुपमा परित्याग गरियो, समर्थन गरिएन भने अफगानिस्तान फेरि एकपल्ट आतंकवादी समूहहरुको आश्रयस्थलमा परिणत हुने खतरा छ ।” अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले शुक्रबार पेरिसमा बोल्दै अफगानिस्तानमा बढ्दै गएको हिंसाका बारेमा चिन्ता व्यक्त गर्नुभएको छ ।

उहाँले भन्नुभयो, “यदि तालिबान समूहले जबर्जस्ती शासन सत्ता हत्याउन खोजे युद्धको नवीकरण हुने वा त्योभन्दा खराब अवस्था सिर्जना हुनेछ ।” तैपनि, राष्ट्रपति बाइडेनमाथि अफगानिस्तानबाट बाहिरिने निर्णयलाई लिएर केही रिपब्लीकनले तिखो आलोचना गरिरहेका छन् । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले नै सन् २०२० मा तालिबान समूहसँग सन् २०२१ को मे महिनाभित्र सबै अमेरिकी फौज स्वदेश फिर्ता गर्ने सम्झौता गर्नु भएको थियो ।

रिपब्लीकन नेता मिच क्याक्कोनेलले बिहीबार अफगानिस्तानबाट सेना फिर्ता गर्न बाइडेन प्रशासनले हतार गरेको बताउँदै सेना फिर्ताबाट आतंकवादी त्रास अरु बढ्ने बताउनुभयो । उहाँले अमेरिकी सैनिक फिर्तीमा ढिलाई गर्न पनि आग्रह गर्नु भएको थियो । तर ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले पूर्व राष्ट्रपति ट्रम्पले नै सेना फिर्ता गर्नेगरी तालिबान समूहसँग सम्झौता गरेको बताउँदै अहिले त्यस सम्झौताबाट अमेरिका पछि हट्न नसक्ने स्पष्ट गर्नुभयो । राष्ट्रपति बाइडेनले अफगान राष्ट्रपति घानी र अब्दुल्लाहले सामना गर्नुपर्ने कठिन परिस्थितिका बारेमा जानकार रहेको पनि साकीले उल्लेख गर्नुभयो ।(रासस–एपी)

  • 41shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अन्तराष्ट्रिय

दुबईमा कुवेती तेल ट्यांकरमा लागेको आगो नियन्त्रणमा

चैत्र १८, २०८२
अन्तराष्ट्रिय

प्रधानमन्त्री बालेनलाई मोदीको शुभकामना— ‘तपाईंसँग सहकार्य गर्न उत्सुक छु’

चैत्र १३, २०८२
अन्तराष्ट्रिय

इरानको युद्धघोष: पर्यटकीय गन्तव्य देखि ऊर्जा केन्द्र सम्म निशानामा

चैत्र ७, २०८२
अन्तराष्ट्रिय

इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

चैत्र ३, २०८२
अन्तराष्ट्रिय

मोज्तबा खामेनेई इरानका नयाँ सर्वोच्च नेता, देशभर उत्सव

फाल्गुन २५, २०८२
अन्तराष्ट्रिय

दुबईमा ड्रोन खस्यो, अवस्था नियन्त्रणमा

फाल्गुन २३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend