जनकपुरधाम १९ असार : धनुषाको जनकपुरधाम उप-महानगरपालिका २१ कुर्था बस्ने वर्ष ३५ को सन्तोष महासेठ लाई धनुषा प्रहरी पक्राउ गरेको छ। कुर्था स्थित आफ्नै घरमा लुकाई छिपाई राखेको २४ किलो २८० ग्राम गाजाँ सहित महासेठ लाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्र.नि.यशोदा घलेको कमाण्डमा खटि गएको टोलीले सबुत सहित पक्राउ गरेको हो । आरोपी संतोष महासेठलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गर्दा आरोपी पुरानो गाँजा तस्कर रहेको प्रहरी रेकोर्ड ले जनाएको छ। उनि दुई पटक लागु औषध मुद्दामा पक्राउ परि धनुषा जिल्ला अदालत बाट कारवाही भोगी सकेको व्यक्ति रहेको धनुषाका प्रहरी उपरिक्षक प्रकाश रानाभाटले बताएका छन्।



















आफ्नो प्रतिकृया दिनुहोस्