बिरेन्द्र कर्ण,१३ फागुन,जनकपुरधाम : विश्व सम्पदा सुचिमा सुचिकृत हुन् लगभग तैयारी अवस्थामा रहेका जानकी मन्दिरले विगत लामो समयदेखि विधुत वापतको रकम बुझाउन नसक्दा नेपाल विधुत प्राधिकरण वितरण केन्द्र जनकपुरले मन्दिरको लाइन काटन गृहकार्य शुरु गरि सकेको वितरण केन्द्र प्रमुख लखन लला मल्लिकले बताएका छन्।
मन्दिर माथि २०७८ साल माघ मसान्त सम्ममा जरिवाना रकम सहित ७६ लाख ७ हजार ६७६ रुपैया १९ पैसा बाँकी रहेको बताउदै केन्द्र प्रमुख मल्लिकले सो रकम बुझाउन बारम्बार ताकेदा गर्दा पनि हाल सम्म रकम नबुझाई अटेरी गर्दै आइरहेकोले अब लाइन काट्नु बाहेक अर्को विकल्प नरहेको स्पष्ट पर्नु भयो।
यसै गरि लामो समय देखि विधुत महसुल नबुझाउदा जनकपुरधाम स्थित प्रादेशिक अस्पतालको पनि लाइन काटिने भएको छ ।अस्पतालले प्रयोग गर्ने २ वटा मिटर मध्ये एक वटा मिटर माथि १ करोड ८१ लाख ६ सय ४३ रुपैया ६५ पैसा र अर्को मिटरमा १ करोड ३ लाख ९७ हजार ९ सय ६२ रुपैया ३९ पैसा जम्मा गरि २ वटा मिटर उपयोग गरे वापत २ करोड ८४ लाख ९८ हजार ६ सय ६ रुपैया ४ पैसा वक्यौता रकम बाँकी रहेको छ।
केन्द्र प्रमुख मल्लिकले रकम बुझाउन अस्पताल लाई ताकेदा पत्र काट्दा पनि हाल सम्म अस्पताल प्रसासनले कुनै चासो नदेखाएकोले बाध्य भएर सो वक्यौता रकम उठाई दिन बारे मधेश प्रदेशका सामाजिक विकास मन्त्रालय सचिव ईम नारायण श्रेष्ठ लाई फोन मार्फत अनुरोध गरेका छन्।
वितरण प्रमुख मल्लिकले अस्पताल जस्तो संवेदनशील क्षेत्रको लाइन काट्दा विरामीहरु लाई आउन सक्ने समस्या लाई दृष्टिगत गरि हाल सम्म लाइन नकाटेको बताए। यसै गरि मधेश प्रदेश का मुख्यमंत्री कार्यालयले २६ लाख ४३ हजार ९७६ रुपैया ५ पैसा बराबर को विधुत प्रयोग गरेका छन्। सो वक्यौता रकम हाल सम्म बुझाउन सकेको छैन।
हाल २०.३७ प्रतिशत विधुत चुहावट रहेका सो कार्यालयले २०७८ साल माघ मसान्त सम्ममा ५१ करोड ९० लाख ५ हजार ५०१ रुपैया ९५ पैसा मूल्य बराबर को ५ करोड ४१ लाख ८६ हजार (१८.३३) युनिट विधुत बिक्रि गरेको छ। प्राधिकरणले सो वापत ५३ करोड ३३ लाख ७९ हजार ६ सय ५० रुपैया ९४ पैसा रकम संकलन गर्न सफल भएको छ।
विधुत चुहावट हुदाँ १ करोड ३० लाख ६२ हजार ३३१.२६ युनिट अर्थात् प्राधिकरण लाई यसबाट १३ करोड २८ लाख १ हजार १३३ रुपैया ६० पैसा घाटा लागेको छ। प्राधिकरणले विधुत चुहावट गर्ने २०४ जना लाई कार्यवाही गरि ४२ लाख ४६ हजार १२ रुपैया ४० पैसा जरिवाना असुल गरेको छ। भने ११ सय २९ ग्राहक को लाइन काटेर ३ करोड ८५ लाख ९७ हजार ८६६ रुपैया ३१ पैसा रकम उठाएको छ।
यसै गरि लाइन काटिएका ग्राहक हरु मध्ये ८८२ जना को पुन : लाइन जडान गरि ३ करोड १६ लाख ६८ हजार ३१७ रुपैया ९५ पैसा रकम उठाएको छ जस मध्ये पुन : लाइन जोड्दा लाग्ने सेवा शुल्क ६ लाख २३ हजार ९ सय ४७ रुपैया २६ पैसा प्राप्त भएको छ। यहि क्रममा प्राधिकरणले विधुत चुहावट गर्ने २०४ जना लाई कार्यवाही गरि ४२ लाख ४६ हजार १२ रुपैया ४० पैसा जरिवाना असुल गरेको छ।
सरकार ले प्राधिकरण लाई २२.२३ प्रतिशत चुहावट झार्ने लक्ष्य दिएकोमा कडा रुपमा दण्ड जरिवाना गर्न थाले पछि हाल आएर चुहावट २०.३७ प्रतिशत मा झरेको छ जुन वितरण केन्द्र को ठुलो सफलता भएको प्राविधिक फाँट का इन्जिनियर अरुण कुमार साह ले बताएका छन्।
जनकपुरधाम उप-महानगर पालिका वडा नं. १ देखि २५ सम्म ,नगराइन १ देखि ९ सम्म ,मिथिलाबिहिरी ७ देखि १० सम्म ,हंसपुर १ देखि ४ सम्म र विदेह नगरपालिका ९ वडा सम्म धनौजी गाउँ पालिका १ देखि ५ सम्म,मुखियापट्टी मुश्हरनियाँ १ देखि ६ सम्म ,लक्ष्मीनियाँ१,२,३,६,७ र औरही गाउपालिका को १ देखि ३ सम्म कार्यक्षेत्र रहेको वितरण केन्द्र संग हाल सम्म ९३९ औधोगिक , ६१,७१५ ग्राहस्थ , ४८२ व्यापारी ,२१८८ सिचाई र ६९५ अन्य गरि जम्मा ६६,०१९ ग्राहक हरु रहेका छन् ।



















आफ्नो प्रतिकृया दिनुहोस्