Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

अर्थमन्त्री र विभिन्न मुलुकका राजदूतबीच शिष्टाचार भेट

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
अशोज १२, २०८२
In अर्थ
0

काठमाडौं । अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र नेपालका लागि कार्यरत विभिन्न मित्र राष्ट्रका राजदूतहरूबीच अर्थ मन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ । भेटघाटमा यूरोपियन यूनियनकी राजदूत भेरोनिक लोरेन्जो, जर्मनीका राजदूत उडो यूजेन भोल्ज, फिनल्याण्डका राजदूत पेट्री पुहक्का तथा फ्रान्स गणतन्त्रका राजदूतावासका प्रतिनिधि सहभागी थिए ।


भेटघाटका क्रममा अर्थमन्त्री खनालले नेपालका सामाजिक तथा आर्थिक विकासमा युरोपियन यूनियन, जर्मनी, फ्रान्स र फिनल्याण्डले पुर्याउँदै आएको दीर्घकालीन सहयोगप्रति धन्यवाद ज्ञापन गरे ।उनले सार्वजनिक वित्त व्यवस्थापन, सार्वजनिक खरिद, मानव स्रोत विकास लगायतका क्षेत्रमा युरोपियन यूनियनले दिएको सहयोग उल्लेखनीय रहेको बताए ।


साथै, उनले जर्मनी, फिनल्याण्ड र फ्रान्सले स्वास्थ्य, पर्यटन, ऊर्जा, राजस्व व्यवस्थापन लगायतका क्षेत्रमा दिएको योगदानप्रति पनि कृतज्ञता व्यक्त गरे ।उक्त अवसरमा सहभागी राजदूतहरूले नेपालमा हालै सम्पन्न राजनीतिक रूपान्तरणपछि पनि आफ्ना देशहरू नेपाल सरकारसँग सहकार्य गर्न सधैँ प्रतिबद्ध रहेको धारणा व्यक्त गरे ।


त्यसै गरी, सोही दिन अर्थमन्त्री खनाल र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा. ड्यानियली म्युलरबीच पनि अर्थ मन्त्रालयमा शिष्टाचार भेट भएको छ।भेटमा अर्थमन्त्री खनालले स्वीट्जरल्याण्ड नेपालको पुरानो मित्र राष्ट्र भएको उल्लेख गर्दै नेपालको आर्थिक विकास, सार्वजनिक वित्त व्यवस्थापन, व्यवसायिक तालिम, प्रादेशिक तथा स्थानीय सुशासन, क्षमता विकास जस्ता विविध क्षेत्रमा गरिएको सहयोग प्रति धन्यवाद व्यक्त गरे ।


स्वीस राजदूत डा. म्युलरले नेपाल जस्तो हिमाली देश सँग सहकार्य गर्न पाउँदा सन्तोष व्यक्त गर्दै आगामी दिनमा समेत नेपाल सरकार सँग सहकार्य गर्न निरन्तर इच्छुक रहेको धारणा व्यक्त गरे ।

  • 52shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अर्थ

क्यासिनोले इजाजतपत्र लिएर मात्र विदेशी मुद्राको कारोबार गर्न पाउने

अशोज २४, २०८२
अर्थ

जेनजी आनदोलनको क्षति : २० अर्ब ७० करोड भन्दा बढीको बीमा दाबी

अशोज २, २०८२
अर्थ

महालेखा परीक्षकको आग्रह – ‘बेरुजु लुकायो वा पठाएन’ भन्ने आशंका नगर्नुहोस्

साउन २३, २०८२
अर्थ

गौर भन्सार कार्यालय बाट लक्ष्य भन्दा कम राजस्व संकलन

साउन ७, २०८२
अर्थ

राजस्व संकलन १ खर्ब २० अर्बले वृद्धि

साउन १, २०८२
अर्थ

आजदेखि नयाँ आर्थिक वर्ष सुरु

साउन १, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend