Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

गौर भन्सार कार्यालय बाट लक्ष्य भन्दा कम राजस्व संकलन

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
साउन ७, २०८२
In अर्थ
0

७ साउन,रौतहट । गौर भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/०८२ भन्सार विभागले दिएको लक्ष्य भन्दा कम राजस्व संकलन गरेको छ ।

गौर भन्सार कार्यालयले आर्थिक वर्ष २०८०/०८१ मा विभागले दिएको लक्ष्यको ८५.९६ प्रतिशत राजस्व सङ्कलन गरेको थियो भने २०८१÷०८२ मा लक्ष्यको ८४.४१ प्रतिशत मात्र राजस्व सङ्कलन गर्न सफल भएको हो ।

भन्सार विभागले आर्थिक वर्ष २०८१/०८२ मा गौर भन्सार कार्यालयलाई ३५ करोड ४३ लाख ७८ हजार रुपियां राजस्व सङ्कलन गर्ने लक्ष्य दिए पनि असुली २९ करोड ९१ लाख ३० हजार रुपियाँ मात्र भएको कार्यालयका नायब सुब्बा एवम् सूचना अधिकारी दिनेश कुमार घिमिरेले बताए ।

कार्यालयका सूचना अधिकारी घिमिरेका अनुसार कोइला आयातमा कमि, रासायनिक मल आयातमा कमि तथा कपडा आयात न्यून भएका कारण विभागले दिएको लक्ष्य कार्यालयले हासिल गर्न नसकेको जानकारी दिए  ।

गौर भन्सार कार्यालयको राजस्व वृद्धि गर्न कृषि प्लान्ट क्वारेन्टाइनको स्थापना हुनु पर्नेमा उनले जोड दिए । गौर भन्सार कार्यालयबाट आलु प्याज लगायतको तरकारी आयात भएको छैन  ।

अहिले यहा मलंगवा भन्सार कार्यालय तथा बिरगंज भन्सार कार्यालयका नाकाहरुबाट आलु, प्याज लगायतका तरकारीहरु भित्रने गरेका छन । गौर भन्सार बाट तरकारी जन्य पदार्थको भन्सार नकाटिने भएपछि यहाको बिभिन्न नाकाहरु बाट अबैध रुपमा आलु, प्याज, फलफुल लगायतको तस्करी भइरहेको पाइन्छ ।

यदी गौर भन्सार कार्यालयमा प्लान्ट क्वारेन्टाइनको व्यवस्था हुने हो भने भन्सार विभागले दिएको लक्ष्य पुरा हुने कार्यालयका प्रमुख विकास कुमार रजकले बताए । प्लान्ट क्वारेन्टाइन नहुदा फलफुल, तरकारी, खाद्यान्य लगायतको गौर भन्सारले राजस्व उठाउन सकेको छैन ।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अर्थ

क्यासिनोले इजाजतपत्र लिएर मात्र विदेशी मुद्राको कारोबार गर्न पाउने

अशोज २४, २०८२
अर्थ

अर्थमन्त्री र विभिन्न मुलुकका राजदूतबीच शिष्टाचार भेट

अशोज १२, २०८२
अर्थ

जेनजी आनदोलनको क्षति : २० अर्ब ७० करोड भन्दा बढीको बीमा दाबी

अशोज २, २०८२
अर्थ

महालेखा परीक्षकको आग्रह – ‘बेरुजु लुकायो वा पठाएन’ भन्ने आशंका नगर्नुहोस्

साउन २३, २०८२
अर्थ

राजस्व संकलन १ खर्ब २० अर्बले वृद्धि

साउन १, २०८२
अर्थ

आजदेखि नयाँ आर्थिक वर्ष सुरु

साउन १, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२

घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ

चैत्र २०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend