Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

महालेखा परीक्षकको आग्रह – ‘बेरुजु लुकायो वा पठाएन’ भन्ने आशंका नगर्नुहोस्

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
साउन २३, २०८२
In अर्थ
0

२३ साउन,काठमाडौं । सार्वजनिक लेखा समितिको शुक्रबारको बैठकमा बेरुजुको मात्रा बढी भएका १० मन्त्रालयका सचिव तथा तिनका मातहतका विभाग प्रमुखहरू सँग विस्तृत छलफल भएको छ।

बैठकमा महालेखा परीक्षक तोयम रायले सबै मन्त्रालयलाई बेरुजु प्रतिवेदन पठाइ सकेको स्पष्ट पार्दै, सचिवहरूलाई तथ्य बुझ्नु अघि ‘महालेखा परीक्षकले लुकायो वा पठाएन’ भन्ने आरोप नगर्न आग्रह गरे।उनले भने, “हामीले हरेक मन्त्रालयलाई मातहतका सबै निकायको बेरुजु विवरण पठाइसकेका छौं। त्यसैले यस विषयमा शंका गर्नु आवश्यक छैन। सचिवहरूले आफैं सक्रिय भएर काम गर्नु पर्छ।”

शिक्षा मन्त्रालयका सचिव चूडामणि पौडेलले ७७ वटै जिल्लाका समन्वय प्रमुखलाई ७० प्रतिशत बेरुजु फर्छ्यौट गर्ने लक्ष्य सहित निर्देशन दिइसकिएको जानकारी दिए। “२१ र २२ गते काठमाडौंमा बोलाएर योजना तयार पारियो र अहिले कार्यान्वयन सुरु भइसकेको छ,” उनले बताए।

शहरी विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले आफ्नो मन्त्रालयमा बेरुजुको ठूलो अंश पेस्की रकम रहेको बताउँदै, नियमित ठेकेदारको बिलबाट कटौती हुने भएकाले फर्छ्यौट गर्न सहज हुने धारणा व्यक्त गरे। उनका अनुसार, ६० प्रतिशत न्यूनतम फर्छ्यौट गर्ने लक्ष्य सहित सबै निकाय अगाडि बढिरहेका छन्।

बैठकमा समितिका सभापति ऋषिकेश पोखरेलले यस आर्थिक वर्षमा कम्तिमा ८० प्रतिशत बेरुजु फर्छ्यौट गर्न र भविष्यमा बेरुजु नहोस् भनी कानुनको पूर्ण पालना गर्न मन्त्रालयहरूलाई निर्देशन दिए।

  • 20shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अर्थ

क्यासिनोले इजाजतपत्र लिएर मात्र विदेशी मुद्राको कारोबार गर्न पाउने

अशोज २४, २०८२
अर्थ

अर्थमन्त्री र विभिन्न मुलुकका राजदूतबीच शिष्टाचार भेट

अशोज १२, २०८२
अर्थ

जेनजी आनदोलनको क्षति : २० अर्ब ७० करोड भन्दा बढीको बीमा दाबी

अशोज २, २०८२
अर्थ

गौर भन्सार कार्यालय बाट लक्ष्य भन्दा कम राजस्व संकलन

साउन ७, २०८२
अर्थ

राजस्व संकलन १ खर्ब २० अर्बले वृद्धि

साउन १, २०८२
अर्थ

आजदेखि नयाँ आर्थिक वर्ष सुरु

साउन १, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend