२६ फागुन ,जनकपुरधाम : मधेश प्रदेशमा बढ्दै गइ रहेको शिशु मृत्यु दर लाई घटाई सुरक्षित मातृत्व सेवा लाई प्रभावकारी रुपमा संचालन गर्न लाइफ नेपाल नामक संस्था ले जनकपुरमा आज एक अभिमुखीकरण को आयोजना गरेको छ। सो अवसरमा महिला बाल बालिका मन्त्रालयका सचिव केशव प्रसाद बिमली ले बढ्दै गैरहेको शिशु मृत्यु दर लाई यस कार्यक्रमले घटाउने विश्वास व्यक्त गर्नु भएको छ।लाइफ नेपाल का जीवन पुडासैनीको अध्य्क्षतामा भएको सो कार्यक्रममा सहभागी वक्ताहरुले सो कार्यक्रमलाई सबै निकायले प्रभावकारी रुपमा लग्नु पर्नेमा जोड दिनु भयो।



















आफ्नो प्रतिकृया दिनुहोस्