२६ जेठ, काठमाडौं । नेपाल आयल निगमले आज राति १२ बजे देखि लागू हुने गरी एक पटक फेरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलमा रु.८ र डिजेल र मट्टीतेलमा प्रति लिटर थप १२ ले बृद्धि गरेको हो ।नयाँ मूल्य अनुसार, पेट्रोलको प्रति लिटर १७८ रुपैयाँ पुगेको छ।

त्यस्तै, डिजेल र मट्टीतेल प्रति लिटर १६५ रुपैयाँ पुगेका छन्। यसअघि पेट्रोल १७० र डिजेल तथा मट्टीतेल १५३ रुपैयाँ थिए।यस्तै खाना पकाउने एलपी ग्यास तथा हवाई इन्धनको बिक्री मूल्य भने हाललाई यथावत नै राखिएको छ । निगमले बेशाख सम्मको नोक्सानी ४७ अर्ब जनाएको छ भने असार मसान्त सम्म झण्डै ६० अर्बको नोक्सान हुने स्थिति देखाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्