Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

जनकपुरमा विधुतीय रिक्सा अव्यवस्थित बन्दै,श्रावन देखि पूर्ण व्यवस्थापन गरिने

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ २८, २०७९
In समाचार
0

२८ जेठ,जनकपुरधाम (रवि कुमार):मधेश प्रदेशको राजधानी तथा पौराणिक शहरको रुपमा परचित जनकपुरधामको विभिन्न स्थानमा जथाभावी अव्यस्थित तरीकाले ई -रिक्शा संचालन भैरहदाँ बाहिर बाट आउने पर्यटक लगायत नगरयात्रु समेत लाई आवतजावतमा समस्या हुनुका साथै विभिन्न समयमा सवारी दुर्घटना हुने गरेको पाइन्छ ।


स्थानीय सर -सफाई क्षेत्रमा काम गर्दै आइरहेको सोलिड वेस्ट मेनेजमेन्टका युवा निर्देशक आशिष कुमार मंडल का अनुसार यसरी दिन-प्रतिदिन ई-रिक्शाको संख्या बढी रहेको हुदाँ शहरको अवस्था कुरुप बनेको छ। स्थानीय सरकारले सडक लाई व्यवस्थित गर्ने मुख्य योजना भनेता पनि अझ शहर अव्यस्थित रहेको छ ।


जनक चौक, जानकी चौक, सोनारपट्टि,महावीर चौक , विशेष गरि जानकी मन्दिर देखि अस्पताल हुदैँ रामानन्द चौक तथा भानु चौक देखि क्याम्पस चौक सम्मको सडक अस्तव्यस्तको अवस्था लाई व्यवस्थित गर्न स्थानीय सरकारको ध्यान जान जरुरी रहेको युवा मंडल ले बताए ।


उक्त सडकहरू जाम हुनु नियमित जस्तो भएको छ । स्थानीय सरकारले सो सवारी साधन संचालनमा सडक सहजताको लागि नियमन गर्न जरुरी रहेको मंडल को भनाइ रहेको छ । प्रभावकारी नियमन नहुँदा विद्युतीय रिक्सा अव्यवस्थित रूपमा सञ्चालित रहेको र यसबाट प्राप्त हुने उप-महानगरपालिकाको राजश्व समेत गुमेको निर्देशक आशिष कुमार ले चिन्ता व्यक्त गरे।


रिक्सा तथा पेट्रोलियम पदार्थबाट चल्ने तिन पांग्रे अटो रिक्सा (टेम्पु) हरु लाई व्यवस्थापन गरी नगरको आवश्यकता, ट्राफिक व्यवस्थापनमा सहजता, बजार व्यवस्थापन गर्न तथा सवारी यात्रुहरुको सहजताको लागि नगर क्षेत्रमा चल्ने विद्युतीय तथा अटोरिक्साको दर्ता, अनुमति, नगर क्षेत्रलाई आवश्यक संख्याको निर्धारण,रुट निर्धारण, भाडा दर निर्धारण तथा नियमन जस्ता कार्यलाई व्यवस्थित गर्दै यातायात सुरक्षालाई भरपर्दो र विश्वसनीय बनाउन जनकपुरधाम उप-महानगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा २ (ट) को खण्ड ४ को अधिकार कार्यान्वयन गर्न लागेको राजस्व महाशाखा का प्रमुख परमेश्वर झा ले जानकारी दिएका छन्।


उप-महानगरपालिकाले हाल उल्लेखित व्यवस्थाको कानुन बनाइ सकेको हुदाँ अब कार्यविधि बनाउन मात्र बाँकी रहेकोले असार ७ गते हुने नगर सभाको समापन पछि उप-महानगरपालिकाले यस तर्फ गरिने सम्पूर्ण गृहकार्य उपर ध्यान दिने महाशाखाका प्रमुख झा ले बताए । यस साथै आ.व.०७९/८० देखि नगरमा विधुतीय रिक्सा तथा पेट्रोलियम पदार्थबाट चल्ने (टेम्पु) हरुको सम्पूर्ण व्यवस्थापन जनकपुरधाम उप-महानगरपालिका बाट हुनेछ।

  • 139shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाचार

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२
समाचार

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२
समाचार

न्यायमा शहीद परिवार पहिलो प्राथमिकतामा : रवि लामिछाने

चैत्र २०, २०८२
समाचार

हनुमान जयन्तीका अवसरमा गृहमन्त्री गुरुङले गरे पशुपतिनाथको दर्शन

चैत्र १९, २०८२
समाचार

गृहमन्त्रीद्वारा कार्यालयमै सर्वसाधारणका गुनासा सुनुवाइ, समाधानका लागि पहल गर्ने प्रतिबद्धता

चैत्र १८, २०८२
समाचार

जनतासँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

चैत्र १८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend