Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

‘एक राष्ट्र, दुई प्रणाली’ मा पुनर्विचार हुँदैन : राष्ट्रपति सी

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार १७, २०७९
In अन्तराष्ट्रिय
0

१७ असार,हङकङ :अमेरिका, बेलायत लगायत पश्चिमा राष्ट्रले ५० वर्षसम्म हङकङको स्वतन्त्रता र स्वायत्तता अक्षुण्ण राख्ने चिनियाँ प्रतिबद्धता पूरा नभएको भन्दै तीक्ष्ण आलोचना गरिरहेका बेला राष्ट्रपति सी चिनफिङले ‘एक राष्ट्र, दुई प्रणाली’ मा पुनर्विचार नहुने स्पष्ट पारेका छन् ।

विश्वको आर्थिक केन्द्रको चिनारी बनाएको हङकङ पच्चीस वर्षअघि आजकै दिन बेलायतबाट चीनलाई हन्तान्तरण गरिँदा तत्कालीन चिनियाँ शासकले सन् २०४७ सम्म हङकङको शासन ‘एक देश, दुई प्रणाली’ ढाँचामा हुने र उसको स्वतन्त्रता एवम् स्वायत्तता, व्यक्तिगत अधिकार, न्यायिक स्वतन्त्रता सुनिश्चित गर्ने बाचा गरेका थिए ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले हङकङ हस्तान्तरणका प्रतिबद्धताहरू पूरा गर्न चीन असफल भएको आरोप लगाएका थिए । ती आरोप अस्वीकार गर्दै हङकङ र बेइजिङले अराजकताबाट सुव्यवस्था पुनःस्थापना गर्न राष्ट्रिय सुरक्षा कानुन उपयोगी भएको दाबी गरेका थिए ।

हङकङ अर्धस्वायत्त चिनियाँ क्षेत्र बनेको २५ वर्ष पुगेको अवसरमा शुक्रबार यहाँ भएको विशेष समारोहमा राष्ट्रपति सीले पश्चिमाहरूका आरोपको खण्डन गर्दै एक देश, दुई प्रणाली अन्तर्गत सञ्चालित हङकङलाई आफ्नै कानुन र सरकार बनाउने अधिकार रहेको बताए । खरानीबाट उठेको हङकङको विकास र समृद्धि आफ्नो प्राथमिकता भएको पनि उनले दोहो¥याए ।

एक वर्षअघि प्रजातन्त्र समर्थकहरूले व्यापक विरोध प्रदर्शन गरेपछि त्यसलाई दबाउन राष्ट्रिय सुरक्षा कानुन लगाएर बेइजिङले स्थिति नियन्त्रणमा लिएको थियो । त्यसैतर्फ सङ्केत गर्दै सीले हङकङ खरानीबाट उठेको बताएका हुन् । “यति राम्रो प्रणाली परिवर्तनको कुनै कारण छैन, यसलाई लामो समयसम्म कायम राख्नुपर्छ,” हङकङले ५० वर्षपछि पनि आफ्नो सापेक्ष स्वतन्त्रता कायम राख्न सक्ने बताउँदै उनले भने ।

उनको यो अभिव्यक्तिले हङकङका बासिन्दालाई उनीहरूको स्वतन्त्रतामा आघात पार्न नखोजिएकोतर्फ सङकेत गरेको छ । राष्ट्रपति सीले हङकङमाथि बेइजिङको व्यापक अधिकारक्षेत्र रहेको, हङकङ र मकाउजस्ता क्षेत्रहरूलाई आफ्नो पूँजीवादी प्रणाली र स्वायत्तता कायम राख्न अनुमति दिए पनि चिनियाँ नेतृत्वलाई सम्मान गर्नुपर्नेमा जोड दिएका थिए ।

उनले हङकङको मामिलामा विदेशी हस्तक्षेप वा देशद्रोह सह्य नहुने चेतावनी दिँदै राष्ट्रिय सार्वभौमसत्ता, सुरक्षा, विकास र हितको रक्षा आफ्नो सर्वोच्च प्राथमिकतामा भएको स्पष्ट गरे । राष्ट्रपति सी हङकङका नयाँ नेता जोन लीको शपथ ग्रहण समारोहमा पनि सहभागी भए । पूर्वसुरक्षा अधिकारी जोनले हङकङप्रति वफादार रहँदै बेइजिङको केन्द्र सरकारप्रति जवाफदेही बन्ने वाचा पनि गरे ।

समारोह अवधिभर कुनै पनि नेताले मास्क फुकालेनन् भने कसैले हात पनि मिलाएनन् । दैनिक दुई हजार कोरोना भाइरस सङ्क्रमित बढिरहेका बेला यस्तो स्वास्थ्य सुरक्षा सावधानी अपनाइएको हो । उनीहरूको मास्कमा हङकङ हस्तान्तरण भएको २५औँ वार्षिकोत्सव झल्काउने अङ्क ‘२५’ स्पष्ट देखिन्थ्यो । कोभिड–१९ को महामारी फैलिएपछि सीको योे भ्रमण मुख्यभूमि चीनबाहिरको पहिलो हो ।

आजसम्म उनी यहाँ रहने भएकाले शहरको सुरक्षा व्यवस्था कडा पारिएको छ । आकाशमा उडान निषेध गरिएको छ भने समारोहस्थल आसपासका सडक बन्द गरिएका छन् । हज्जारौँ सुरक्षाकर्मी परिचालन गरिएका छन् । हवाईगस्ती जारी छ । समारोहमा सहभागी हुने पाहुनाहरूले कोभिड–१९ विरूद्धको खोप अनिवार्यरूपमा लगाउनाका साथै एकान्तबास बस्नुपरेको थियो ।

पच्चीस वर्षअघि आजको दिन रमणीय भिक्टोरिया हार्बरमा झमझम पानी परिरहेको थियो । हङकङ हस्तान्तरण समारोह हुने हार्बर वरवरको क्षेत्रलाई विशाल सुरक्षाबलले आफ्नो घेरामा समेटेको थियो भने हवाई क्षेत्र पनि निषेध गरिएको थियो । अन्तिम औपनिवेशिक गभर्नर क्रिस प्याटेनले धुरूधुरू रूँदै हङकङलाई चीनसमक्ष सुम्पेका थिए ।(रासस/एपी)

  • 87shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अन्तराष्ट्रिय

दुबईमा कुवेती तेल ट्यांकरमा लागेको आगो नियन्त्रणमा

चैत्र १८, २०८२
अन्तराष्ट्रिय

प्रधानमन्त्री बालेनलाई मोदीको शुभकामना— ‘तपाईंसँग सहकार्य गर्न उत्सुक छु’

चैत्र १३, २०८२
अन्तराष्ट्रिय

इरानको युद्धघोष: पर्यटकीय गन्तव्य देखि ऊर्जा केन्द्र सम्म निशानामा

चैत्र ७, २०८२
अन्तराष्ट्रिय

इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

चैत्र ३, २०८२
अन्तराष्ट्रिय

मोज्तबा खामेनेई इरानका नयाँ सर्वोच्च नेता, देशभर उत्सव

फाल्गुन २५, २०८२
अन्तराष्ट्रिय

दुबईमा ड्रोन खस्यो, अवस्था नियन्त्रणमा

फाल्गुन २३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend