Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

‘एक राष्ट्र, दुई प्रणाली’ मा पुनर्विचार हुँदैन : राष्ट्रपति सी

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार १७, २०७९
In अन्तराष्ट्रिय
0

१७ असार,हङकङ :अमेरिका, बेलायत लगायत पश्चिमा राष्ट्रले ५० वर्षसम्म हङकङको स्वतन्त्रता र स्वायत्तता अक्षुण्ण राख्ने चिनियाँ प्रतिबद्धता पूरा नभएको भन्दै तीक्ष्ण आलोचना गरिरहेका बेला राष्ट्रपति सी चिनफिङले ‘एक राष्ट्र, दुई प्रणाली’ मा पुनर्विचार नहुने स्पष्ट पारेका छन् ।

विश्वको आर्थिक केन्द्रको चिनारी बनाएको हङकङ पच्चीस वर्षअघि आजकै दिन बेलायतबाट चीनलाई हन्तान्तरण गरिँदा तत्कालीन चिनियाँ शासकले सन् २०४७ सम्म हङकङको शासन ‘एक देश, दुई प्रणाली’ ढाँचामा हुने र उसको स्वतन्त्रता एवम् स्वायत्तता, व्यक्तिगत अधिकार, न्यायिक स्वतन्त्रता सुनिश्चित गर्ने बाचा गरेका थिए ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले हङकङ हस्तान्तरणका प्रतिबद्धताहरू पूरा गर्न चीन असफल भएको आरोप लगाएका थिए । ती आरोप अस्वीकार गर्दै हङकङ र बेइजिङले अराजकताबाट सुव्यवस्था पुनःस्थापना गर्न राष्ट्रिय सुरक्षा कानुन उपयोगी भएको दाबी गरेका थिए ।

हङकङ अर्धस्वायत्त चिनियाँ क्षेत्र बनेको २५ वर्ष पुगेको अवसरमा शुक्रबार यहाँ भएको विशेष समारोहमा राष्ट्रपति सीले पश्चिमाहरूका आरोपको खण्डन गर्दै एक देश, दुई प्रणाली अन्तर्गत सञ्चालित हङकङलाई आफ्नै कानुन र सरकार बनाउने अधिकार रहेको बताए । खरानीबाट उठेको हङकङको विकास र समृद्धि आफ्नो प्राथमिकता भएको पनि उनले दोहो¥याए ।

एक वर्षअघि प्रजातन्त्र समर्थकहरूले व्यापक विरोध प्रदर्शन गरेपछि त्यसलाई दबाउन राष्ट्रिय सुरक्षा कानुन लगाएर बेइजिङले स्थिति नियन्त्रणमा लिएको थियो । त्यसैतर्फ सङ्केत गर्दै सीले हङकङ खरानीबाट उठेको बताएका हुन् । “यति राम्रो प्रणाली परिवर्तनको कुनै कारण छैन, यसलाई लामो समयसम्म कायम राख्नुपर्छ,” हङकङले ५० वर्षपछि पनि आफ्नो सापेक्ष स्वतन्त्रता कायम राख्न सक्ने बताउँदै उनले भने ।

उनको यो अभिव्यक्तिले हङकङका बासिन्दालाई उनीहरूको स्वतन्त्रतामा आघात पार्न नखोजिएकोतर्फ सङकेत गरेको छ । राष्ट्रपति सीले हङकङमाथि बेइजिङको व्यापक अधिकारक्षेत्र रहेको, हङकङ र मकाउजस्ता क्षेत्रहरूलाई आफ्नो पूँजीवादी प्रणाली र स्वायत्तता कायम राख्न अनुमति दिए पनि चिनियाँ नेतृत्वलाई सम्मान गर्नुपर्नेमा जोड दिएका थिए ।

उनले हङकङको मामिलामा विदेशी हस्तक्षेप वा देशद्रोह सह्य नहुने चेतावनी दिँदै राष्ट्रिय सार्वभौमसत्ता, सुरक्षा, विकास र हितको रक्षा आफ्नो सर्वोच्च प्राथमिकतामा भएको स्पष्ट गरे । राष्ट्रपति सी हङकङका नयाँ नेता जोन लीको शपथ ग्रहण समारोहमा पनि सहभागी भए । पूर्वसुरक्षा अधिकारी जोनले हङकङप्रति वफादार रहँदै बेइजिङको केन्द्र सरकारप्रति जवाफदेही बन्ने वाचा पनि गरे ।

समारोह अवधिभर कुनै पनि नेताले मास्क फुकालेनन् भने कसैले हात पनि मिलाएनन् । दैनिक दुई हजार कोरोना भाइरस सङ्क्रमित बढिरहेका बेला यस्तो स्वास्थ्य सुरक्षा सावधानी अपनाइएको हो । उनीहरूको मास्कमा हङकङ हस्तान्तरण भएको २५औँ वार्षिकोत्सव झल्काउने अङ्क ‘२५’ स्पष्ट देखिन्थ्यो । कोभिड–१९ को महामारी फैलिएपछि सीको योे भ्रमण मुख्यभूमि चीनबाहिरको पहिलो हो ।

आजसम्म उनी यहाँ रहने भएकाले शहरको सुरक्षा व्यवस्था कडा पारिएको छ । आकाशमा उडान निषेध गरिएको छ भने समारोहस्थल आसपासका सडक बन्द गरिएका छन् । हज्जारौँ सुरक्षाकर्मी परिचालन गरिएका छन् । हवाईगस्ती जारी छ । समारोहमा सहभागी हुने पाहुनाहरूले कोभिड–१९ विरूद्धको खोप अनिवार्यरूपमा लगाउनाका साथै एकान्तबास बस्नुपरेको थियो ।

पच्चीस वर्षअघि आजको दिन रमणीय भिक्टोरिया हार्बरमा झमझम पानी परिरहेको थियो । हङकङ हस्तान्तरण समारोह हुने हार्बर वरवरको क्षेत्रलाई विशाल सुरक्षाबलले आफ्नो घेरामा समेटेको थियो भने हवाई क्षेत्र पनि निषेध गरिएको थियो । अन्तिम औपनिवेशिक गभर्नर क्रिस प्याटेनले धुरूधुरू रूँदै हङकङलाई चीनसमक्ष सुम्पेका थिए ।(रासस/एपी)

  • 87shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अन्तराष्ट्रिय

भारत–पाकिस्तानको युद्धविरामको घोषणा पछि कश्मीरमा चहलपहल बढ्यो

बैशाख २९, २०८२
अन्तराष्ट्रिय

भारत–पाकिस्तान युद्धविराम : राष्ट्रसंघको स्वागत, आरोप–प्रत्यारोप यथावत्

बैशाख २८, २०८२
अन्तराष्ट्रिय

पाकिस्तानमा भारतको हवाई आक्रमण, ८ जनाको मृत्यु, ३५ घाइते

बैशाख २४, २०८२
अन्तराष्ट्रिय

ब्राजिलको गाईको मासु निर्यातमा अमेरिकी करको मार

बैशाख २२, २०८२
अन्तराष्ट्रिय

चीनमा अहिलेसम्मकै ठूलो कार्गो ड्रोनको सफल परीक्षण उडान

चैत्र ५, २०८१
अन्तराष्ट्रिय

म्यासेडोनियाको नाइट क्लबमा आगलागी, ५९ को मृत्यु, एक सय भन्दा बढी घाइते

चैत्र ३, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

चलचित्र ‘रिमै’ को फर्स्टलुक पोस्टर सार्वजनिक, भदौ २७ गते बाट प्रदर्शनमा आउने

बैशाख ३०, २०८२

धार्मिक सम्प्रदायमा असर पार्ने भिडियो बनाएको आरोपमा रौतहटमा युवक पक्राउ

बैशाख ३०, २०८२

लिभर ट्रान्सप्लान्टमा नेपाल संसारकै सस्तो देश हो : डा.एकानन्द सिंह

बैशाख २९, २०८२

नेपालले दक्ष नर्स उत्पादन गर्छ तर विदेशले फाइदा लिइरहेको छ

बैशाख २९, २०८२

भारत–पाकिस्तानको युद्धविरामको घोषणा पछि कश्मीरमा चहलपहल बढ्यो

बैशाख २९, २०८२

जसपा नेपाल धनुषाको अध्यक्षमा पुन: पशुपति यादव

बैशाख २९, २०८२

बुद्धका मार्गदर्शनले दृष्टि सम्यक्, विचार शुद्ध र कर्म उज्यालो बनोस् : प्रधानमन्त्री ओली

बैशाख २९, २०८२

किराँत समुदायमा आज उभौली पर्व, चण्डी पूर्णिमा र चण्डेश्वरी जात्राको पनि शुभारम्भ

बैशाख २९, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend