४ साउन,कोलम्बो :श्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित हुनुभएको छ । बुधबार श्रीलंकाको संसदमा भएको निर्वाचनमा कार्यवाहक राष्ट्रपति विक्रमासिङ्घे नयाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।संसद्का सभामुख महिन्दा यापा अबेवर्देनाले विक्रमासिंघे १३४ मतले विजयी हुनु भएको घोषणा गर्नुभएको छ ।

गोटाबाया राजापाक्षले राष्ट्रपति पदबाट राजीनामा दिएपछि संसदमा मतदान आह्वान गरेपछि यो निर्वाचन भएको हो ।उनले बुधवार संसद्मा भएको मतदानमा प्रमुख प्रतिपक्षी दलले समर्थन गरेका डल्लस अलाहपेरुमलाई पराजित गरेका हुन्। गोटाबाया राजपक्षको सरकारबाट राजीनामा दिएका अलाहपेरुम श्रीलंकाको सत्तारूढ दलका वरिष्ठ सांसद पनि हुन्।

श्रीलंका बारे जान्नुपर्ने केही कुरा
टापु राष्ट्रः दक्षिण भारतनजिकै रहेको श्रीलंका सन् १९४८ मा ब्रिटिश शासनबाट स्वतन्त्र भएको थियो। त्यहाँको जनसंख्या २.२ करोड छ। तीनवटा जातीय समुदाय – सिन्हाला, तमिल र मुस्लिम – ले देशको ९९ प्रतिशत हिस्सा ओगट्छन् ।
राष्ट्रपतिको शक्ति: श्रीलंकाका राष्ट्रपति राज्य, सरकार र सेनाको शीर्ष व्यक्ति हुन्। तर उनले संसद्मा सत्तारूढ दलको नेतृत्व गर्ने प्रधानमन्त्री सँग धेरै कार्यकारी जिम्मेवारी बाँडफाँट गर्नुपर्छ।
शासनमा एउटै परिवारः राजपक्ष परिवारले श्रीलंकामा वर्षौँदेखि शासन गरेको थियो। लामो समय चलेको रक्तपातपूर्ण गृहयुद्धमा तमिल पृथक्तावादीहरू सन् २००९ मा पराजित भएपछि महिन्द राजपक्ष बहुसंख्यक सिन्हालीहरू बीच नायक भए। त्यतिबेला रक्षामन्त्री रहेका उनका भाइ गोटाबय राजपक्षले देश छोडेर भागेपछि राजीनामा दिएका छन् ।
आर्थिक संकटले आक्रोशः अहिले श्रीलंकाली जनताहरू आक्रोशित छन्। त्यहाँ उपभोग्य सामग्रीको सहज आपूर्ति हुन नसकेकाले महँगी चुलिएको छ अनि खानेकुरा, औषधि र इन्धनको अभाव भएको छ। लोडशेडिङ बढेपछि आक्रोशित मानिसहरूले राजपक्ष परिवार र उनीहरूले नेतृत्व गरेको सरकारलाई दोष लगाउँदै सडकमा प्रदर्शन गरिरहेका छन् ।



















आफ्नो प्रतिकृया दिनुहोस्