२२ साउन,काठमाडौँ : चीन-ताइवान बीच रूस तथा यूक्रेन भन्दा पनि ठुलो युद्ध हुने आशंका गरिएको छ। यस्को नराम्रो प्रभाव अन्य छिमेकी देश माथि पनि पर्नेछ।यो सैन्य विश्लेषकहरुको भनाइ रहेको छ, कि चीन ताइवान उपर एउटा विनाशकारी हमला गर्न सक्छ जो यूक्रेन माथि गरिएको रूसको हमला भन्दा पनि ठुलो हुनेछ।विशेषज्ञहरु को यस्तो चेतावनी डरलाग्दो रहेको छ।
विश्व लाई सताउदै डर
सैन्य जानकारहरुको भनाइ अनुसार विश्वलाइ यो कुराको डर सताउदै छ कि चीन हाई टेक ड्रोन, दस लाख सैनिक, युद्धपोत तथा हमलावरहरुलाई ताइवानको बॉर्डर पार पठाउन सक्छ। जबकी चीन ताइवानको चारैतर्फ अहिले ठुलो सैन्य अभ्यास गरिरहेको छ ।चीनले विश्वको केहि व्यस्त जलमार्ग लाई बंद गरेको छ,अमेरिकी नेता नैन्सी पेलोसीको ताइवान भ्रमण पछि चीनले यस्तो कदम चालेको हो। जबकि पेलोसीको ताइवान भ्रमण पछि चीनले अमेरिकालाई एक सख्त संदेश पठाएको थियो।

चीन को चेतावनी – आगो ले खेल्दै छ अमेरिका
चीनले कडा शब्दमा भनेको छ की अमेरिका आगोले खेल्दै छ ,जस्को परिणाम अमेरिकालाई भोग्नु पर्नेछ ।नैन्सी पेलोसी 25 साल मा पहिलो यस्तो नेत्री हुन् जो ताइवानको भ्रमणमा थिइन्। छिमेकि तथा अन्य देशहरुमा ठुलो हलचल देखिएको छ । सबैको दृष्टिमा यो कुरा टिकेको छ कि कहीं को ठुलो युद्ध न होस्। हालांकि धेरै जानकारहरुको भनाइ रहेको छ की यो चीनको युद्ध सम्बन्धि एउटा प्रोपोगेंडा मात्र रहेको छ। विशषज्ञहरुको यो पनि भनाइ रहेको छ कि चीनको अर्थव्यवस्था यस्तो छैन की त्यसले कसै माथि हमला गर्न सकोस।

युद्ध भयो भने कत्रो ठुलो हुन् सक्छ तबाही ?
विदेश मामिला सम्बन्धि जानकारहरुले यो मानेका छन् क़ि यूक्रेन माथि रूसको हमलाले चीनको हिम्मत बढ्न सक्छ ,यदि युद्ध भैनै हाल्यो भने भयानक तबाही यत्रो ठुलो हुनेछ, जो विश्वले 1951 मा कोरियन विवादमा पनि देखेको थिएन।कोरियाई युद्धमा 30 लाख नागरिकहरु को मृत्यु भएको थियो ,जस्मा अमेरिकाले उत्तर कोरिया माथि 6 लाख टन भन्दा धेरै अधिक बम हानेको थियो। हालांकि सबैको दृष्टि यसै कुरामा टिकेको छ कि आखिर चीनको अग्लो पाइला के हुनेछ।
आफ्नो प्रतिकृया दिनुहोस्