२३ साउन ,जनकपुरधाम,(धर्मराज): हामी हरु लाइ राम्री थाह छ कि नेपाल एउटा लोकत्रान्त्रिक देश हो। युवा वर्ग उ हुन् जो अर्को देशमा कामको खोजिमा पलायन हुदै छन् । जो १६ वर्ष देखि ४० वर्ष का हुन्छन। तर पनि नेपालमा युवा वर्गको यति संख्या छ कि जो मानसिक तथा शाररिक रुपमा धेरै ताकतवार छन्। जसले देश तथा आफ्नो परिवारको विकाश प्रति अनेक हर सम्भव प्रयाश गरि रहेका छन्।
अन्य देशको तुलनामा नेपाल यस्तो देश हो को जसले राम्रो प्रगती गरेको हो । आज हाम्रो नेपालको युवा पिढी मा ७५% युवा पढ्ने लेख्ने क्षम्ता राखेको छ । यसमा सब भन्दा मूल योगदान शिक्षा को हो।आजको समयमा नेप[लको हेरेक युवा पिढी पर्याप्त शिक्षा पाई रहेका छन्। तर दुख : को कुरा यो हो कि युवाहरु जति पढे लेखे पनि आफ्नो संस्कार व देश परिवार प्रति आफ्नो जिम्मेदारी बिर्सदै गई राखेका छन्।
आज नेपालको हरेक युवा वर्ग जति पढे लेखेको भएता पनि स्वयम् आफ्नो नीतिगत जिम्मेदारीको जड काट्दै छन्। नेपालको हरेक युवा वर्ग तयार छन् एउटा नयाँ क्रान्तिको लागि तर अफसोसको कुरा यो हो कि केहि असामाजिक तत्वले आफ्नो निजी स्वार्थ पूर्ति हेतु यस लाई रोकी रहेका छन्। नेपालका यस्ता युवा वर्गहरु पनि छन् जो कि नेपालमा आफ्नो अमुल्य योगदान दिनुको सट्टा विदेशमा रमाई रहेका छन्।
यस्तोमा नेपालको सक्रिय राजनीतिमा युवा पिढीको अत्यन्त खाँचो देखिएको छ। यो एक चुनौती पनि हो युवाहरुको लागि, जे जस्तो भए पनि नेपाल जस्तो लोकत्रान्त्रिक देशमा हामी युवाहरु लाई अगाडी बढ्नै पर्छ। हाम्रो देश को विकाश अहिले को समय साक्षेप अनुसार गर्नै पर्छ। नेपाली युवाहरुलाई तथा राजनीति मा अग्रसर हुनै पर्छ। यसमा जो जसको विरोध भए पनि हामी एक भएर देशको राजनीतिमा फेर बदल गर्नै पर्छ।
आफ्नो प्रतिकृया दिनुहोस्