Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

कोशीले पायो प्रधानमन्त्री, वाग्मतीबाट मात्रै पाँच मन्त्री

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
चैत्र १३, २०८२
In अन्तर्वार्ता / विचार
0

१३ चैत,विराटनगर : नवनियुक्त प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ, जसमा क्षेत्रीय प्रतिनिधित्वको रोचक चित्र देखिएको छ। झापा क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गर्दै निर्वाचित भएका प्रधानमन्त्री शाहले कोशी प्रदेशको भूगोलबाट प्रतिनिधित्व गरे पनि उनको मन्त्रिपरिषद्मा सो प्रदेशबाट अन्य कुनै सांसदले मन्त्री बन्ने अवसर पाएका छैनन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कोशी प्रदेशका २८ मध्ये १७ सिट जितेर बलियो जनमत प्राप्त गरेको भए तापनि प्रधानमन्त्री बाहेक सो क्षेत्रका अन्य निर्वाचित सांसदहरू यसपटक मन्त्रिपरिषद्मा समेटिन सकेनन्।यसपटकको सरकारमा वाग्मती प्रदेशको वर्चस्व देखिएको छ, जहाँबाट सबैभन्दा बढी पाँच जनाले मन्त्रीको जिम्मेवारी पाएका छन्। अन्य ६ वटा प्रदेशले पनि मन्त्रालयहरूमा आफ्नो प्रतिनिधित्व सुरक्षित गरेका छन्।

कार्य विभाजन अनुसार प्रधानमन्त्री शाहले प्रधानमन्त्रीका साथै रक्षा र उद्योग मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्नु भएको छ। मन्त्रिमण्डलमा स्वर्णिम वाग्लेले अर्थ, सुधन गुरुङले गृह, शिशिर खनालले परराष्ट्र र सुनिल लम्सालले भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको कमान सम्हाल्नु भएको छ।

त्यसै गरी, विराजभक्त श्रेष्ठले ऊर्जा र खड्कराज पौडेल (गनेश) ले पर्यटन मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ। सस्मित पोखरेलले शिक्षा र खेलकुद, निशा मेहताले स्वास्थ्य र खानेपानी, विक्रम तिमिल्सिनाले सञ्चार, र प्रतिभा रावलले सामान्य प्रशासन र भूमि व्यवस्था मन्त्रालय सम्हाल्नु हुनेछ।

मन्त्रिपरिषद्का अन्य सदस्यहरूमा दीपक साह श्रम, सोविता गौतम कानुन, गीता चौधरी कृषि र वन, तथा सीता वादी महिला र बालबालिका मन्त्रीका रूपमा नियुक्त हुनुभएको छ। यसरी गठित नयाँ सरकारले क्षेत्रीय सन्तुलन मिलाउने प्रयास गरे पनि कोशी प्रदेशमा भने प्रधानमन्त्रीको पदमा मात्र चित्त बुझाउनु पर्ने अवस्था सिर्जना भएको छ।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अन्तर्वार्ता / विचार

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३
अन्तर्वार्ता / विचार

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२
अन्तर्वार्ता / विचार

बैकल्पिक शक्तिको रूपमा उदाएको रास्वपा सबैभन्दा ठूलो दल

फाल्गुन २६, २०८२
अन्तर्वार्ता / विचार

र्‍यापरबाट उदाएका बालेन शाह पुराना दिग्गजहरू माथि भारी

फाल्गुन १३, २०८२
अन्तर्वार्ता / विचार

‘नयाँ पुस्ताले श्रीस्वस्थानी कथा सुन्ने मात्र नभइ अर्थ खोज्न थालेका छन’

माघ १८, २०८२
अन्तर्वार्ता / विचार

यस पटक रास्वपाले एकल वहुमत ल्याउनेछ, मतदाताले विश्वास गर्नेछन् : तोषिमा कार्की

माघ १८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend