Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

यस पटक रास्वपाले एकल वहुमत ल्याउनेछ, मतदाताले विश्वास गर्नेछन् : तोषिमा कार्की

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
माघ १८, २०८२
In अन्तर्वार्ता / विचार
0

(सबिता नयाँजू ),१८ माघ,काठमाडौं ।काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ ललितपुरकी उम्मेदवार डा. तोषिमा कार्कीले आगामी निर्वाचनमा रास्वपाको सकरात्मक माहोल निर्माण भएको दाबी गरेकी छिन् ।

उनले आम नेपाली जनता फागुन २१ को निर्वाचनको प्रतीक्षामा रहेको भन्दै घण्टी चुनाव चिह्नमा अत्याधिक मत प्राप्त हुने विश्वास व्यक्त गरिन् ।

कार्कीले समानुपातिक तर्फ पनि रास्वपाले उल्लेख्य मत ल्याउने दाबी गर्दै यसपटक पार्टीलाई एकल बहुमतको सरकार बनाएर काम गर्ने अवसर दिनु पर्ने बताइन् । ‘जनताले एक पटक राष्ट्रिय स्वतन्त्र पार्टीलाई बहुमतको सरकार बनाएर काम गर्ने मौका दिनु हुन्छ भन्नेमा म पूर्ण विश्वस्त छु’ उनले भनिन् ।

आफू राजनीतिमा आउनुको मुख्य उद्देश्य स्वास्थ्य क्षेत्र सुधार रहेको उल्लेख गर्दै कार्कीले स्वास्थ्य बीमालाई सबै नेपाली नागरिक सम्म विस्तार गर्नुपर्ने आवश्यकता औंल्याइन्।

हाल स्वास्थ्य बीमाको पहुँच ३७ प्रतिशतमा सीमित रहेको र करिब १२ अर्ब रुपैयाँ भुक्तानी दिन बाँकी रहेको बताउँदै उनले सबै नागरिक बीमामा आबद्ध भएमा वार्षिक १८ अर्ब रुपैयाँ आम्दानी हुन सक्ने र सेवा विस्तार सम्भव हुने दाबी गरिन् ।

उनले भनिन्, ‘मैले स्वास्थ्य क्षेत्र सुधार गर्नका लागि काम गर्ने हो । त्यसमा स्वास्थ्य बीमामा नेपाली नागरिकहरू आबद्ध हुनु पर्यो। नि:शुल्क गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सक्ने संभावना छ । तर अहिले स्वास्थ्य बीमाको पहुँच नै ३७ प्रतिशत मात्रै छ । १२ अर्ब जति भुक्तानी दिन बाँकी छ । तर राम्रो तरिकाले शतप्रतिशत नेपाली जनताले स्वास्थ्य बीमामा आबद्ध हुने हो भने १८ अर्ब बार्षीक आउने रहेछ । भुक्तानी दिएर पनि बाँकी रकम बचाउन सकिन्छ । जसमार्फत स्वास्थ्य सेवा प्रभावकारी बनाउन सकिन्छ ।’

उनले आपतकालीन सेवा तथा ट्रमा म्यानेजमेन्ट प्रणालीलाई प्रभावकारी बनाउन एम्बुलेन्सको केन्द्रीय नियन्त्रण प्रणाली, स्वास्थ्य तथ्यांकको व्यवस्थित संकलन र इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणाली लागू गर्नुपर्ने आवश्यकता रहेको बताइन् ।

उनले भनिन्, ‘एउटा स्वास्थ्यको हकमा, अर्को इमर्जेन्सी, ट्रमा म्यानेजमेन्ट सिस्टमलाई प्रभावकारी बनाउन जरूरी छ । जस्तै एम्बुलेन्सहरूको कन्ट्रोल मेकानिजम ल्याउन सकिन्छ । डेटाहरू लिने साथै इलेक्ट्रोनिक मेडिकल रेकर्ड सिस्टममा सम्पूर्ण नेपालीलाई आबद्ध गराउन पनि सकिन्छ ।’

स्वास्थ्यसँगै महिला सशक्तिकरण, युवा रोजगारी र भ्रष्टाचार निवारणलाई पनि पार्टीको प्राथमिक एजेन्डा रहेको कार्कीको भनाइ छ । महिलालाई आत्मनिर्भर बनाउने र वडास्तरका बजेटको प्रभावकारी प्रयोग सुनिश्चित गर्न चेक एण्ड ब्यालेन्स प्रणाली आवश्यक रहेको उनले बताइन् ।

‘महिला सशक्तिकरण, आत्मनिर्भर र सशक्त बनाउनको लागि खेल्नुपर्ने भूमिका, वडामा आएको बजेटहरूको सदुपयोग गर्दै चेक एण्ड ब्यालेन्सको काम गर्न सकिन्छ,’उनले भनिन् ।त्यस्तै, युवालाई स्वदेशमै रोजगारी सिर्जना गरी ब्रेन ड्रेन रोक्ने योजनामा पार्टी केन्द्रित रहेको उनको भनाइ छ ।

जेनजी आन्दोलनपछि बन्ने सरकार स्थायी र बलियो हुनुपर्नेमा जोड दिँदै कार्कीले भ्रष्टाचारका सबै काण्डमा दोषीलाई कारबाही र सुशासन कायम गर्नु प्राथमिकता हुने बताइन् । यसका लागि आवश्यक कानुन र ऐन संशोधन तथा पारित गर्नुपर्ने उनले उल्लेख गरिन् ।

उनले भनिन्, ‘अब बन्ने सरकारको मुख्य, प्राथमिकता भनेको भ्रष्टाचार निवारण, अहिलेसम्मका भ्रष्टाचारका काण्डहरूमा भएका दोषीहरूलाई कारबाही र सुशासन, सम्बन्धित ऐन वा कानुनहरूको संशोधन गर्नुपर्नेछ ।’

उनका अनुसार रास्वपाले प्रत्यक्ष तर्फ सबैभन्दा धेरै जेनजी उम्मेदवार उठाएको छ, जसमा आठ जना जेनजी र १६ जना महिला उम्मेदवार रहेका छन् । यद्यपि, महिला प्रत्यक्ष उम्मेदवारी अझै अपर्याप्त रहेको स्वीकार गर्दै आगामी दिनमा सुधार गर्नु पर्ने उनले बताइन् ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीले अहिले सबैभन्दा बढी जेनजी उम्मेदवारहरू प्रत्यक्ष रूपमा उठाएको छ । आठ जना जेनजी हुनु हुन्छ, महिलाहरू पनि १६ जना हुनु हुन्छ । अन्य पार्टीहरूको तुलनामा हाम्रो धेरै हो तर पर्याप्त होइन,’ उनले भनिन् ।

कार्कीले अघिल्लो निर्वाचनमा संख्या नपुग्दा पार्टीका धेरै प्रस्तावित कानुन र संशोधन पारित हुन नसकेको उल्लेख गर्दै यसपटक एकल बहुमतको सरकार बनेमा पाँच वर्ष भित्र ठोस काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरिन् ।

गठबन्धन सरकारको बाध्यताले एजेन्डामा सम्झौता गर्नुपर्ने अवस्था नआओस् भन्ने आफ्नो चाहना रहेको उनले स्पष्ट पारिन् ।

नयाँ मतदाता र विशेषगरी जेनजी पुस्ताको भूमिका निर्णायक हुने बताउँदै कार्कीले निष्पक्ष, स्वच्छ र व्यापक सहभागितासहितको निर्वाचनमा सक्रिय सहभागिता जनाउन सबै नागरिकलाई आग्रह गरिन् । ‘अब बन्ने सरकार जेनजीको म्यान्डेट बोकेको सरकार हुनेछ,’ उनले भनिन् ।

  • 2shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अन्तर्वार्ता / विचार

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३
अन्तर्वार्ता / विचार

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२
अन्तर्वार्ता / विचार

कोशीले पायो प्रधानमन्त्री, वाग्मतीबाट मात्रै पाँच मन्त्री

चैत्र १३, २०८२
अन्तर्वार्ता / विचार

बैकल्पिक शक्तिको रूपमा उदाएको रास्वपा सबैभन्दा ठूलो दल

फाल्गुन २६, २०८२
अन्तर्वार्ता / विचार

र्‍यापरबाट उदाएका बालेन शाह पुराना दिग्गजहरू माथि भारी

फाल्गुन १३, २०८२
अन्तर्वार्ता / विचार

‘नयाँ पुस्ताले श्रीस्वस्थानी कथा सुन्ने मात्र नभइ अर्थ खोज्न थालेका छन’

माघ १८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend