२४ साउन,राजस्थान :७० वर्षीय चंद्रावती अहिले पनि विश्वाश गर्न सकीरहेकी छैनन् कि उनि आमा बनि सकेकी छिन। विवाहको करिब ५४ साल पछि उनले छोराको सुख प्राप्त गर्न सफल भएकी छिन। उमेरको यस्तो समयमा आएर आमा बन्नुको खुशी उनको लागि एक चमत्कार भन्दा कम छैन।
करीब ५४ वर्ष देखि सन्तानका रहर पालेका ७० वर्षीय चंद्रावती र उनका ७५ वर्षीय गोपी सिंह एक पटक त् निराश नै भैसकेका थिए, कि अचानक उनको जीवनमा एक चमत्कार नै भयो। एक लामो समय पछि चंद्रावतीले एक छोरा पाइन्।भारत स्थित राजस्थान शहरको इतिहासमा शायद पहिलो चोटी यत्तिका उमेर भएका जोडीले आईवीएफ प्रक्रिया बाट आमा बाबु बनेका हुन्।

अलवर जिल्लाको सेंटर इंडो आईवीएफ टेस्ट ट्यूब बेबी सेंटरले यस्तो चमत्कार गरेको हो।यस संस्थाका डायरेक्टर तथा एंब्रॉयोलॉजिस्ट डा.पंकज गुप्ता का भनाइ अनुसार चंद्रावती तथा गोपी सिंह हरियाणा बॉर्डर निर रहेको सिंघानाका ग्रामवाशी हुन्। यहाँ आउनु भन्दा पहिले उनिहरुले धेरै ठाउमा इलाज गराए तर कुनै काम लागेन।
त्यस पछि एक आफन्तको सल्लाहमा इ दम्पत्तिले अलवर आएर लगभग दुईवर्ष पहिले आफ्नो इलाज शुरु गराए र आईवीएफ प्रक्रियाको तेश्रो प्रयाशमै महिलाले बच्चालाई जन्म दिइन। जबकि,भारतीय केंद्र सरकारको हालिया कानून मुताबिक अब ५० वर्ष भन्दा माथिका महिलाहरुलाई आईवीएफ ट्रीटमेंट द्वारा संतान जन्माउनमा रोक लगाइएको छ।
तर यिन वृद्ध जोडीको भाग्य राम्रो रहेको हुदाँ कानून लागू हुनु भन्दा पहिले नै महिला गर्भवती भै सकेकी थिइन्। ७० वर्षीय प्रेग्नेंसी लाई पुरै ९ महिना सम्म राम्रो कैरी गरेर त्यस पछि सफल डिलीवरी गराउनु वास्तवमा आश्चर्यको कुरा हो भन्छन बिहार राज्यका चोरौत ग्रामवासी रामशोभा मण्डल। तस्विर :(आजतक)



















आफ्नो प्रतिकृया दिनुहोस्