२८ भाद्र,मटिहानी : महोत्तरीको मटिहानी नगरपालिका स्थित श्री राम माध्यमिक बिद्यालयमा नगर प्रमुख हरि प्रसाद मंडलले कक्षा ११ मा अध्ययनरत ५३ (त्रिपन्न) जना छात्राहरुलाई साईकल बितरण गरेका छन् । साईकल बितरण गर्ने क्रममा नगर प्रमुख मंडलले शिक्षा समाज विकासको मेरुदण्ड रहेको कुरा बताउदै यस कार्यक्रमले टाढा टाढा बाट विद्यालय आउने छात्राहरुलाई सहज हुने विश्वास व्यक्त गरेका छन्।

विद्यालयका प्र.अ. अजय पाण्डेयको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा मटिहानी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश कुमार शर्मा, वड़ा नं.७ का वडा अध्यक्ष जीतनारायण माझी. साथै अन्य वडा अध्यक्षद्वय रितेश साह,कलीम अंसारी,नाजिर राईन,पुर्व गाविस अध्यक्ष राम कुमार मंडल,कार्यपालिका सदस्य नागेन्द्र लाल कर्ण

लगायत नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य विजय कुमार साह, अरुण नाहर, महोत्तरी उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष मोहन गुप्ता, वर्तमान उपाध्यक्ष अजय चौधरी, पूर्व वड़ा अध्यक्ष गणेश प्रसाद साह, रामबाबू नायक, शिक्षा संयोजक चन्देश्वर साह, सूचना अधिकारी रमेश कोइराला, पूर्व कर्मचारी बरुण मण्डल, रामजी मण्डल, श्रीश मिश्र लगायतका बुद्धिजीवीहरुको सहभागीता रहेकाे थियो ।

आफ्नो प्रतिकृया दिनुहोस्