४ आश्विन,जनकपुरधाम :राष्ट्रिय परिचयपत्र लिन जिल्ला प्रशासन कार्यालय धनुषामा देखिएको पछिल्लो भीडभाडलाई दृष्टिगत गर्दै मंगलवार देखि सेवाग्राहीहरुका लागि जनकपुरधाम उप- महानगरपालिकाको कार्यालयमा अनलाईन सेवाका लागि थप व्यवस्था मिलाइएको छ।

स्थानीय तहबाट राष्ट्रिय परिचयपत्रको सेवा लिन आउनेका लागि विवरण प्रविष्टका सम्बन्धि आवश्यक व्यवस्था मिलाइएको बारे मेयर मनोज कुमार साहले आफै निरिक्षण गरेका छन्। राहदानी विभागले विद्युतीय राहदानी लिनका लागि मंसिर १ गतेदेखि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेपछि पछिल्लो समय जिल्ला प्रशासन कार्यालय धनुषामा ठूलो भीड लाग्ने गरेको थियो ।
आफ्नो प्रतिकृया दिनुहोस्