Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

चार लाख १२ ले गराए स्वास्थ्य बीमा

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
कार्तिक १, २०७९
In स्वास्थ्य खबर
0

१ कात्तिक,जनकपुरधाम : सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत मधेस प्रदेशका चार लाखभन्दा बढी व्यक्तिले बीमा गराएका छन् । मधेस प्रदेश स्वास्थ्य निर्देशनालय सपही धनुषाद्वारा जनकपुरधाममा आयोजित कार्यक्रममा स्वास्थ्य बीमा बोर्डका प्रादेशिक कार्यालयका प्रमुख मनोज पौडेलले स्वास्थ्य बीमाअन्तर्गत मधेस प्रदेशका चार लाख १२ हजार नौ सय ९४ जनाले बीमा गराएको जानकारी दिनुभयो ।

विसं २०७४ माघ २५ गतेदेखि मधेस प्रदेशमा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत मधेस प्रदेशका ६२ लाख जनसङ्ख्यामध्ये करिब सात प्रतिशतले स्वास्थ्य बीमा गराएको प्रमुख पौडेलले बताउनुभयो । उहाँका अनुसार मधेस प्रदेशमा दुई लाख १० हजार सात सय १४ पुरुष र दुई लाख दुई हजार दुई सय ८० महिलाले स्वास्थ्य बीमा गराएका छन् ।

जिल्लागतरूपमा सबैभन्दा बढी सिरहामा एक लाख पाँच हजार चार सय जनाले बीमा गराएका छन् भने सबैभन्दा कम सर्लाही जिल्लामा २३ हजार छ सय ५५ जनाले बीमा गराएको बीमा बोर्ड प्रादेशिक कार्यालयले जनाएको छ । सिरहामा अतिविपन्न समूहमा पर्ने एक हजार आठ सय १४ जनाले बीमा गराएका छन् । मधेस प्रदेशका सरकारी तथा निजी गरेर आठवटै जिल्लामा ४८ वटा स्वास्थ्य संस्थाले बीमा गर्ने गरेको प्रमुख पौडेलले बताउनुभयो ।

गरिबी, अशिक्षा र प्रचार–प्रसारको कमीलगायतका कारणले मधेस प्रदेशमा थोरै मात्र सङ्ख्याले मात्र स्वास्थ्य बीमा गराएको प्रमुख पौडेलको भनाइ थियो । त्यस्तै स्वास्थ्य बीमा गराएकाहरूले पनि पुनः दर्ता नगराउने, स्वास्थ्य बीमा गराएका व्यक्तिहरूले पनि उपचार नपाउनेजस्ता कारणले बीमाप्रति सर्वसाधारणको रुचि नबढेको प्रमुख पौडेलले बताउनुभयो ।

नेपालको संविधान २०७२ ले गुणस्तरीय स्वास्थ्य सेवा पाउनु आम जनताको मौलिक हकका रूपमा रहेकाले स्वास्थ्यमा आम जनताको पहुँच बढाउने उद्देश्यले सरकारले स्वास्थ्य विमालाई ठूलो माध्यम बनाएको छ । विसं २०७४ माघ २५ गते मधेस प्रदेशको महोत्तरी जिल्लाबाट स्वास्थ्य बीमा कार्यक्रम लागू गरेर अहिले प्रदेशको आठवटै जिल्लामा सो कार्यक्रम लागू रहेको उहाँले बताउनुभयो । (रासस)

  • 1share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

स्वास्थ्य खबर

दिनको सुरुवात योग र ध्यानबाट गर्दा मानसिक स्वास्थ्यमा सुधार

फाल्गुन २९, २०८२
स्वास्थ्य खबर

स्वास्थ्यका लागि हानिकारक हुन सक्छन् बिहानका यस्ता बानी

फाल्गुन १२, २०८२
स्वास्थ्य खबर

सर्लाहीका १२ पालिकामा फेरि फैलियो हात्तीपाइले, ४ लाखभन्दा बढी नागरिकलाई औषधि खुवाइँदै

माघ १६, २०८२
स्वास्थ्य खबर

वीरगञ्जमा हैजाको संक्रमण पुष्टि, दुई दिन विद्यालय बन्द

भदौ ७, २०८२
स्वास्थ्य खबर

‘मिस ग्राण्ड नेपाल २०२५’ को उपाधि चाहाना प्रधानलाई

साउन ४, २०८२
स्वास्थ्य खबर

मिस्टर एण्ड मिस नेपाल जुनियर इन्टरनेशनलका बिजेताहरु थाईल्याण्ड जादै

जेष्ठ २१, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा

भदौ २९, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा नियुक्त, विकासलाई गति दिने अपेक्षा

भदौ २९, २०८३

आजको कन्या राशिफल

भदौ २९, २०८३

आजको धनु (Sagittarius) राशिफल

भदौ २९, २०८३

आजको सिंह (Leo) राशिफल

भदौ २९, २०८३

आजको मेष (Aries) राशिफल

भदौ २९, २०८३

प्रधान सेनापति अशोक राज सिग्देल चीनतर्फ प्रस्थान, बेइजिङ सियाङसान फोरममा सहभागी हुने

भदौ २८, २०८३

जनकपुर उपमहानगरमा प्रशासनिक लाचारी: ब्युरोक्रेसी सुस्त, सडक बत्ती ‘बेपत्ता’ र ई-रिक्सा अस्तव्यस्त

भदौ २८, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend