Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

गठबन्धनबाट संविधान र संघीयताको रक्षा भएको छ : प्रम देउवा

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
कार्तिक ६, २०७९
In समाचार
0

६ कात्तिक,कर्णाली :प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनबाट संविधान र सङ्घीयताको रक्षा भएको बताउनु भएको छ । पाँच दलीय गठबन्धनको कर्णाली प्रदेशस्तरीय संयुक्त भेलालाई सम्बोधन गर्न आज वीरेन्द्रनगर सुर्खेतमा आइपुग्नु भएका प्रधानमन्त्री देउवाले गठबन्धन ऐतिहासिक आवश्यकता भएको बताउनुभयो । परिवर्तनकारी शक्तिहरु एक ठाउँमा उभिएकाले गठबन्धन लामो समयसम्म रहने उहाँले दाबी गर्नुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, “संविधान लाई टोकरीमा फ्याँकि दिने काम गरेकाले गठबन्धन जन्मिएको हो । यसको जीतका लागि सबै मिल्नुको विकल्प छैन । गठबन्धन विरुद्ध उम्मेदवारी दिएकाहरूलाई उम्मेदवारी फिर्ता गर्न आग्रह गर्दछु ।” उहाँले कर्णालीमा अझ गठबन्धन आवश्यक भएकाले एक भएर लाग्न प्रदेशका नेता तथा कार्यकर्तालाई अनुरोध गर्नुभयो । कर्णाली आर्थिक समृद्धिको प्रमुख आधार भएको बताउनुभएका प्रधानमन्त्री देउवाले यहाँको विकास र समृद्धिका लागि सरकार लागिरहेको जनाउनुभयो ।

सुर्खेतमा आइतबार आयोजित पाँच दलीय गठबन्धनको कर्णाली प्रदेश स्तरीय कार्यकर्ता भेलामा सहभागी नेताहरु । तस्बिरः रोशन सापकोटा/रासस

“गठबन्धन दललाई यो चुनावमा जिताउनुस्, पाँच वर्षभित्रै हामी परिणाम देखाउँछौँ”, उहाँले भन्नुभयो । सो संयुक्त भेलालाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) अध्यक्ष तथा पूर्व-प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले गठबन्धनमा कर्णाली तथा सुदूरपश्चिमले खेलेको भूमिकालाई गहिरो अनुभूति गरेको र त्यसको न्याय गर्न नेतृत्व सचेत रहेको बताउनुभयो । कर्णालीबाट नै प्रतिगमन विरुद्धको विद्रोह भएको उहाँको भनाइ थियो । “प्रतिगमन विरुद्ध यो गठबन्धन जन्मेको हो ।

यसलाई कसैले पनि हल्का रुपले लिनु हुँदैन”, अध्यक्ष दाहालले भन्नुभयो, “यसले संविधान, संघीयता, लोकतन्त्र, गणतन्त्र, समानुपातिक, समावेशिताको रक्षा गरेको छ । त्यसैले संविधान मिच्नेका विरुद्धको यो गठबन्धन हो ।” गठबन्धनले कर्णालीमा शत्प्रतिशत जित्ने पूर्ण विश्वास लिएको बताउँदै उहाँले कर्णालीको विकास र राजनीतिक स्थिरताका लागि जीत आवश्यक रहेको जनाउनुभयो । गठबन्धन निर्माण भएबाट प्रतिगमनलाई परास्त गर्दै आएको र यो चुनावबाट पनि परास्त गरिने उहाँले दाबी गर्नुभयो ।

उत्तेजित नभई संयमताका साथ चुनावी सफलता हात पार्नेगरी गठबन्धनका नेता तथा कार्यकर्तालाई अभियानमा कटिबद्धताका साथ लाग्नअनुरोध गर्दै उहाँले आर्थिक क्रान्तिसहित मुलुकको समृद्धिका लागि पनि गठबन्धनको विजय अपरिहार्य रहेको र यसका निम्ति गठबन्धनका नेताहरुबीचको विचार र भावनाको गहिरो एकताको सन्देश लिएर देशभरि हिँडेको बताउनुभयो । युद्धलाई शान्तिमा रुपान्तरण गर्न तत्कालीन कांग्रेस सभापति गिरिजा प्रसाद कोइराला, आफू र माधव नेपालको धेरै ठूलो योगदान रहेको स्मरण गर्दै उहाँले इतिहासको मुद्दालाई महानताका साथ लगिएको र त्यही अनुसार अघि बढ्न अपिल गर्नुभयो ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपालले समाजवादको यात्रालाई अगाडि बढाउन गठबन्धन जरुरी रहेको जनाउनु भयो । जनतालाई गरिबी, अशिक्षा र भोकमरी बाट मुक्त पार्न गठबन्धनको जीतले मात्र सुनिश्चित गर्छ”, अध्यक्ष नेपालले भन्नुभयो, “तसर्थ देश र समाज परिवर्तन, जनताको जीवनस्तर उकास्न, देशको स्वाभिमान माथि उठाउन गठबन्धन गरिएको हो ।” गठबन्धनको प्रतिबद्धता र घोषणापत्र अगाडि सारिएको बताउनु भएका उहाँले त्यही प्रतिबद्धता पत्र लिएर घरदैलो गर्न गठबन्धन दलका प्रदेश तथा स्थानीय नेतृत्वलाई अपिल गर्नु भयो ।

गठबन्धनको जीतबाट मात्र प्रतिगमन समाप्त पार्न सकिने जनाउँदै उहाँले देशको उन्नति र प्रगतिका लागि प्रतिबद्ध भएर लागेमात्र ओली प्रवृत्तिलाई परास्त सकिने बताउनुभयो । नेपाली कांग्रेसका वरिष्ठ नेता राम चन्द्र पौडेलले असंवैधानिक कदम विरुद्ध पाँचदलीय गठबन्धन बनेको बताउनुभयो । “अहिलेको हाम्रो अभियान भनेकै गठबन्धन दलका उम्मेदवारलाई जिताउने र संविधानको रक्षा गर्ने हो”, उहाँले भन्नुभयो, “तसर्थ, अब यो दल वा त्यो दल नभन्नुहोला । गठबन्धनका सबै उम्मेदवारहरुलाई आफ्नै उम्मेदवार भनेर भोट हाल्न अनुरोध गर्दछु ।”

कर्णालीका कांग्रेसका नेता तथा कार्यकर्तालाई माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हथौंडासँग नडराउन आग्रह गर्नुभयो । पूर्व-प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालादेखिको अभियानलाई जोडेर यतिबेला लोकतन्त्रको रक्षा र यसको उन्नति तर्फ अगाडि बढाउने बाटो अवलम्बन गरिएको उहाँको भनाइ थियो । राष्ट्रिय जनमोर्चाका केन्द्रीय समितिका कार्यवाहक अध्यक्ष रश्मीराज नेपालीले गठबन्धन जीतले मात्र समग्र मुलुकको विकास र समृद्धि सम्भव हुने बताउनुभयो । गठबन्धनको साझा उद्देश्य पूरा गर्न, मुलुकको संविधान, लोकतन्त्र, गणतन्त्र र सङ्घीयताको रक्षाका लागि अबको चुनाव जीत गठबन्धनकै पक्षमा ल्याउन उहाँले पाँचदलीय गठबन्धनका नेता तथा कार्यकर्ताहरु लाई अनुरोध गर्नुभयो ।(रासस)

  • 6shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाचार

सर्लाहीमा पहिलो पटक आमाको नामबाट नागरिकता जारी

माघ १९, २०८२
समाचार

जनकपुर–ढल्केवर हाइवेमा शौचालय बनेको बाधक, सडक र सुचारु रेल्वे लाइनसँगै हुँदा दुर्घटनाको गम्भीर जोखिम , जिल्ला ट्राफिक कार्यालय धनुषाको ध्यानाकर्षण आवश्यक

पुस ११, २०८२
समाचार

GEN-Z हरुको बीचमा गुटबन्दी र खुट्टा तानातान गर्ने प्रवृत्ति हावी हुदै छ : मन्त्री पुन

अशोज २६, २०८२
समाचार

निर्वाचनमा जाने कुराहरुमा कसैको पनि विमति छैन : मन्त्री खरेल

अशोज २४, २०८२
समाचार

अनलाइन संचारमाध्यम दर्ता तथा नवीकरण गर्न अझै केही समय लाग्ने

अशोज २३, २०८२
समाचार

सिंहदरबारको आगो समयमा निभाउन नसकिएको कारण, “ प्रदर्शनकारीको अवरोध ” : मेयर बालेन

अशोज २१, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

आइसीसी टी–२० विश्वकप : नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित

माघ २५, २०८२

कांग्रेस–कम्युनिस्ट असफल हुँदा देशमा असहज अवस्था आयो : उपेन्द्र यादव

माघ २५, २०८२

नेपाल–भारत सीमामा संयुक्त गस्ती

माघ २५, २०८२

आदिवासी जनजाति पत्रकारका माग र मुद्दामा सरकार गम्भीर नभएको गुनासो

माघ २४, २०८२

अभिनेता थापाको असामयिक निधन प्रति प्रधानमन्त्री कार्कीद्वारा दु:ख व्यक्त

माघ २४, २०८२

फागुन १ बाट रिलिज हुने सिनेमा ‘श्री बुकुरो: द होम कलिङ’को नयाँ गीत सार्वजनिक

माघ २४, २०८२

रास्वपाका उम्मेदवारले केन्द्रीय कार्यालयमा करारपत्रमा हस्ताक्षर गर्नुपर्ने

माघ २४, २०८२

चुनावी अभियानमा बालिकाको मृत्यु: रास्वपा द्वारा क्षतिपूर्ति र न्यायको प्रतिबद्धता

माघ २३, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend