Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

इरानका राष्ट्रपतिसँग ओएएनए सदस्य मुलुकका प्रतिनिधिको भेट

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
कार्तिक ८, २०७९
In अन्तराष्ट्रिय
0

८ कात्तिक, तेहरान(इरान) : इरानको राजधानी तेहरानमा जारी एसिया–प्रशान्त क्षेत्रका समाचार समितिहरूको सङ्गठन(ओएएनए)को १८औँ महासभामा सहभागी सदस्य मुलुकका प्रतिनिधिहरूले इरानका राष्ट्रपति इब्राहिम रइसीसँग भेटवार्ता गर्नु भएको छ । राष्ट्रपति कार्यालयमा भएको सो भेटमा उहाँले अभिव्यक्ति स्वतन्त्रता, सत्य खोज्ने र सम्प्रेषण गर्ने सन्दर्भमा सञ्चार माध्यमको भूमिका झनै बढेको बताउनुभयो ।

प्रत्येक समयमा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहेको उहाँको भनाइ थियो । राष्ट्रपति रइसीले व्यक्ति, समाज र देशको पहिचान कायम गर्ने सन्दर्भमा सञ्चारमाध्यम निकै सशक्त रहेको चर्चा गर्दै केही सञ्चार माध्यमले भने त्यस्तो दायित्व निर्वाह नगरेको टिप्पणी गर्नु भयो । आफूहरू सधैँ शान्तिको पक्षमा रहेको भन्दै उहाँले विश्वमा शान्ति स्थापनाका लागि निरन्तर प्रयत्नशील रहेको बताउनु भयो ।

राष्ट्रपति रइसीले ओएएनएमा आबद्ध देशका समाचार एजेन्सीहरूले आपसमा सहकार्य र समन्वयको वातावरण निर्माण गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “तपाईंहरूको यो उपस्थितिले विश्वको आधाभन्दा बढी जनसंख्याको प्रतिनिधित्व गर्दछ । हामीले मिलेर काम गर्न सके महत्वपूर्ण उपलब्धि प्राप्त गर्न सक्छौँ ।” राष्ट्रपति रइसीले महासभामा सहभागीलाई स्वागत गर्नुभएको थियो ।

यस अघि सोमबार राति इरानका विदेशमन्त्री हुसैन अमिर–अब्दुल्लाहइनले महासभामा सहभागीको सम्मानमा रात्रिभोजको आयोजना गर्नु भएको थियो । सो अवसरमा उहाँले एसिया–प्रशान्त क्षेत्रका सञ्चारमाध्यम बीचको सहकार्यमा जोड दिनु भएको थियो । महासभामा नेपालका तर्फबाट राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सहभागिता जनाउनु भएको छ ।

यही अक्टोबर २३ देखि २६ सम्म चल्ने महासभामा एसिया–प्रशान्त क्षेत्रका ३५ सदस्य मुलुकका समाचार समितिका निर्देशक, व्यवस्थापक एवं सम्पादक गरी ६० जनाको सहभागिता छ । महासभामा ‘सञ्चार माध्यममा महामारीले ल्याएको परिवर्तन’ र ‘महामारीपछि सञ्चार माध्यममा सहकार्यको प्रवर्धन’ विषयमा छलफल भएको थियो । महासभाको उद्घाटन कार्यक्रममा इरानको संस्कृति मन्त्री महम्मद मेहदी स्माइलीले एसिया–प्रशान्त क्षेत्रको पत्रकारिताको प्रवर्धनमा जोड दिँदै समाचार एजेन्सीहरू बीच सहयोग र सहकार्यको आवश्यकता औंल्याउनु भएको थियो ।(रासस)

  • 2shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अन्तराष्ट्रिय

दुबईमा कुवेती तेल ट्यांकरमा लागेको आगो नियन्त्रणमा

चैत्र १८, २०८२
अन्तराष्ट्रिय

प्रधानमन्त्री बालेनलाई मोदीको शुभकामना— ‘तपाईंसँग सहकार्य गर्न उत्सुक छु’

चैत्र १३, २०८२
अन्तराष्ट्रिय

इरानको युद्धघोष: पर्यटकीय गन्तव्य देखि ऊर्जा केन्द्र सम्म निशानामा

चैत्र ७, २०८२
अन्तराष्ट्रिय

इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

चैत्र ३, २०८२
अन्तराष्ट्रिय

मोज्तबा खामेनेई इरानका नयाँ सर्वोच्च नेता, देशभर उत्सव

फाल्गुन २५, २०८२
अन्तराष्ट्रिय

दुबईमा ड्रोन खस्यो, अवस्था नियन्त्रणमा

फाल्गुन २३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend