Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

एनआर एनए निर्वाचनमा धाँधली भएको अनुगमन समितिको ठहर, यस्ता छन् धाँधलीका प्रमाणहरु (प्रतिवेदन सहित)

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
कार्तिक ११, २०८०
In प्रवास खबर
0

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११औं महाधिवेशनमा भएको अनलाइन निर्वाचन र मतदानको अनुगमन गर्न गठित निर्वाचन अनुगमन समितिले निर्वाचनका क्रममा योजनाबद्ध रुपमा धाँधली गरिएको ठहर  गरेको छ ।

असोज ३० देखि कात्तिक ३ गते सम्म काठमाडौंको सोल्टी होटलमा संचालन भएको महाधिवेशन अन्तर्गत हुने निर्वाचनलाई अनुगमन गरी निष्पक्ष निर्वाचनको प्रत्याभूती गर्न अन्तर्राष्ट्रिय समन्वयन परिषदले उपाध्यक्ष दुर्गा आचार्यको संयोजकत्वमा निर्वाचन अनुगमन समिति गठन गरेको थियो ।

उक्त समितिले शुक्रबार एक प्रतिवेदन तयार गर्दै निर्वाचन समितिले निर्वाचनका सम्पूर्ण प्रकृयामा गम्भीर अनियमितता गरेको प्रष्ट पारेको छ । तेस्रो पक्ष भेन्डर (भेरो) ले गराएको निर्वाचनमा निष्पक्षता कायम गर्न नसकेको पनि अनुगमन समितिको निष्कर्ष छ ।

निर्वाचनका सामान्य र सर्वमान्य सिद्धान्त विपरीत निर्वाचन समिति र भेण्डरसँग अध्यक्षका एक जना उम्मेदवारले मात्र सूचना आदान प्रदान गर्ने सुविधा प्राप्त गरेबाट उक्त प्रक्रियालाई अनुचित प्रभावमा राखेर परिचालित गरेको, उम्मेदवारहरुको परिचय सहित विभिन्न बुथमा फरक फरक र विकृत नाम तथा हिज्जेसहित फरक पारी पठाइएको, मतदाताहरुले मत दिँदा समेत आफूले चाहेको उम्मेदवार छनौट गर्न असहज पारिएको, अनलाइन भोटिङमा हस्तक्षेप गरी मतदाताको मत रिफ्लेक्ट नहुने गरी रिजल्ट दिन खोजिएको, उपाध्यक्षका एकजना उम्मेदवारले काठमाडौंमा रहेको बुथमा प्राप्त गरेको सम्पूर्ण मतलाई शून्यकरण गरिएको जस्ता त्रुटिहरु अनुगमन समितिले फेला पारेको छ ।

अनुगमन समितिले सार्वजनिक गरेको प्रतिवेदनमा भनिएको छ, ‘मत परिणाम सार्वजनिक गर्ने नाममा अध्यक्ष, महासचिव लगायत सिंगल पदका उम्मेदवारले पाएको कुल र नो भोटको संख्या कहिँ कतै तालमेल नभएको साथै निर्वाचन आचारसंहिता बमोजिम तोकिएको समयभित्र जुममा प्रवेश गरेका व्यक्तिहरुलाई मतदानको प्रक्रियामा सहभागी नगराइएको पाइयो ।’

समितिले अनुगमनका क्रममा उम्मेदवारहरु तथा मतदाताहरुसँग सोधपुछ गर्ने, निर्वाचन समितिका क्रियाकलापलाई अनुगमन गर्ने, उपलब्ध कागजातहरुको अध्ययन गर्ने लगायतका क्रियाकलापबाट प्रतिवेदन तयार पारेको जनाएको छ । तर निर्वाचन समितिले एनआरएनएको निर्वाचनका विषयमा कहिले पनि अनुगमन समितिसँग छलफल तथा सूचनाहरु सम्प्रेषण नगरेको र निर्वाचनको दौरानमा अनुगमन समितिलाई कुनै पनि कुराको अनुगमनका लागि पहुँच नदिएको स्पष्ट पारेको छ ।

अनुगमनका सिलसिलामा प्राप्त भएका सूचना, अवलोकन तथा तथ्यहरू :

१. गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११ औं अन्तर्राष्ट्रिय महाधिवेशन अन्तर्गत चलिरहेको नेतृत्व छनौट लगायतका प्रकृयामा रिजल्ट प्रकाशित गर्ने क्रममा प्राप्त मतमा विश्वसनीयता नभएको भनि महाधिवेशनस्थलमै अध्यक्षत्रय (डा.बद्री केसी, कुल आचार्य र रविना थापा) र निर्वाचन समितिले छुट्टाछुट्टै सूचना प्रकाशित गरी अर्को सूचना प्रकाशित नहुन्जेल सम्मका लागि अधिवेशनका सम्पूर्ण गतिविधिहरु स्थगित गरेर त्यतिबेला देखिएको समस्याका सम्बन्धमा १४ दिनभित्र अनुसन्धान गर्ने निर्णय भएको पाइयो । यसबाट निर्वाचन समिति आईसीसीका पदाधिकारीहरु, सम्बन्धित उम्मेदवारहरु समेत सम्पूर्ण पक्षले निर्वाचन प्रकृयामा ब्यापक अनियमितता भएको ठहर(स्वीकार गरेको पाइयो । हाम्रो अनुगमनमा समेत निर्वाचनका सम्पूर्ण प्रकृयामा गम्भीर अनियमितता देखिएकोले सोही अनुसार ठहर गरियो ।

२. तेश्रो पक्ष भेन्डर (भेरो) ले गराएको निर्वाचनमा निष्पक्षता कायम गर्न नसकेको पाइयो । निर्वाचनका सामान्य र सर्वमान्य सिद्धान्त विपरीत निर्वाचन समिति र भेण्डरसँग अध्यक्षका एक जना उम्मेदवारले मात्र सूचना आदान प्रदान गर्ने सुविधा प्राप्त गरेबाट उक्त प्रक्रियालाई अनुचित प्रभावमा राखेर परिचालित गरेको पाइयो । यसैगरी, उमेदवारहरुको परिचय सहित विभिन्न बुथमा फरक फरक र बिकृत नाम तथा हिज्जे सहित फरक पारी पठाइएको पाइयो । मतदाताहरुले मत दिँदा समेत आफूले चाहेको उमेदवार छनौट गर्न असहज पारिएको, अनलाइन भोटिङमा हस्तक्षेप गरी मतदाताको मत रिफ्लेक्ट नहुने गरी रिजल्ट दिन खोजिएको पाइयो । यसैगरी उपाध्यक्षका एक जना उम्मेदवारले काठमाडौंमा रहेको बुथमा प्राप्त गरेको सम्पूर्ण मतलाई सून्यकरण गरिएको पाइयो ।

३. मत परिणाम सार्वजनिक गर्ने नाममा अध्यक्ष, महासचिव लगाएत सिंगल पदका उम्मेदवारले पाएको कुल र नो भोटको संख्या कहिँ कतै तालमेल नभएको पाइयो ।

४. निर्वाचन आचार संहिता बमोजिम तोकिएको समय भित्र जुममा प्रवेश गरेका व्यक्तिहरुलाई मतदानको प्रक्रियामा सहभागी नगराइएको पाइयो । यसरी मतदानबाट वञ्चित गरिएका मतदाताहरुको संख्या ५४ जना भन्दा बढी भएको र यो संख्या सम्पूर्ण निर्वाचन परिणामलाई फरक पार्न सक्ने संख्या भएकोले यो निर्वाचन स्वीकार्य हुन नसक्ने देखियो ।

५. कतिपय मतदाताहरुले मतदान गर्ने क्रममा फेस भेरिफेकसन गर्दा प्रक्रिया अगाडि बढे पनि पहिला नै मतदान गरिसकेको भन्ने सूचना मोबाइलमा आएको पाइयो । जुन निर्वाचनको प्रक्रियागत त्रुटीको रुपमा लिइएको छ । जस्तो विश्व बराल, टिका बहादुर कार्की, सिता सापकोटा, गोविन्द श्रेष्ठ (रोविन्द) आदि ।

६. अध्यक्षका एक उम्मेदवार डा.बद्री केसीले भेरो भोटिङ र निर्वाचन समितिका काम कारबाहीको विषयमा प्रश्न उठाउँदा सम्बन्धित पक्षले उत्तर दिनुको साटो उम्मेदवार केसीले नै जवाफ दिने गरेको पाइयो । यसले निर्वाचन समिति भेरो भोटिङ र उम्मेदवार केसीको बीचमा अनुचित सेटिङ कायम भएको देखियो ।

७. उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्दा प्रयोग गरिएको नाम र स्पेलिङको आधारमा मतदान प्रणालीमा नाम प्रविष्ट गर्ने तथा त्यसको टेस्टिङ गर्नु पर्नेमा त्यसो नगरी तेस्रो पक्ष र निर्वाचन समितिले गम्भीर कुरालाई पनि हल्का रुपमा लिएको पाइएको, जुन निर्वाचनलाई असर पार्ने प्रमुख कारकको रुपमा देखियो ।

८. नेपालको महाधिवेशनस्थल होटेल सोल्टीमा स्थापना गरिएको निर्वाचन बुथबाट मतदान गर्नु पर्ने नियम बनाइएकोमा आफू खुसी एक उम्मेदवार निकट व्यक्तिहरुलाई मोबाइलबाट समेत मतदान गर्न दिइएको पाइयो  ।

९. सोल्टी होटेलमा मतदान गर्न पुगेका मतदाताहरुको युजर आइडी र पासवर्ड अनधिकृतरुपमा संकलन गरी त्यसलाई दुरुपयोग गरिएको पाइयो ।

१०. रसियाबाट प्रक्रियामा समावेश नभएका केही डेलिगेट्सहरुलाई पनि मतदान प्रक्रियामा भाग लिन लगाइएका गुनासोहरु आएको छ ।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

प्रवास खबर

मलेसियामा ३१ सदस्यीय नेपाली समाजको नयाँ कार्यसमिति गठन

जेष्ठ १८, २०८२
प्रवास खबर

असोज २२ सम्म वैदेशिक रोजगारीमा जानेको संख्या ५५ हजार बढी

अशोज २४, २०८१
प्रवास खबर

दशैंको मुखमा देश छाड्नेहरु कम छैनन्

अशोज १९, २०८१
प्रवास खबर

बर्सेनि भव्य बन्दै अमेरिकामा बानाको नेपाली सडक महोत्सव

भदौ २४, २०८१
प्रवास खबर

कोरियामा इपिएस मार्फत रोजगारी पाउने नेपालीको संख्या १ लाख नाघ्यो

भदौ २३, २०८१
प्रवास खबर

इजरायलमा केयर गिभरमा जान चाहने ८ सय जनाको लागि अवसर

असार ११, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend