१८ जेठ,क्वालालम्पुर, मलेसिया : नेपाली समाज मलेसियाले विशेष भेला मार्फत ३१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ। राजधानी क्वालालम्पुरमा सम्पन्न भेलामा नेपाल र मलेसियाका विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।
जनता समाज पार्टीका केन्द्रीय अध्यक्ष, पूर्व-उपप्रधानमन्त्री तथा पर-राष्ट्रमन्त्री उपेन्द्र यादवको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा मलेसियाका लागि नेपाली राजदूत महामहिम डा. नेत्र प्रसाद तिमल्सिना सहभागी रहेका थिए।
भेलाले सर्व-सम्मत निर्णय गर्दै नयाँ नेतृत्व चयन गरेको छ। जस अनुसार, विनोद कुमार यादव अध्यक्ष चयन भएका छन् भने पूर्वराज चौलागाईं र ङावाङ नुरी शेर्पा उपाध्यक्ष बनेका छन्। त्यसै गरी, विप्लवी तेन्जु योन्जन महासचिव, विक्रम याख्खा सचिव, राम प्रवेश राय यादव सह-सचिव तथा घुरण ठाकुर उपसचिवको जिम्मेवारीमा चयन भएका छन्।

कार्यसमितिका अन्य सदस्यहरूमा भग नारायण यादव, वरहम देव शाह, श्रीराम मण्डल, खगेन्द्र यादव, सुरेश यादव, राम विनय साह, रन्जीत सन्त, कर्ण विर सिंह, दामोदर यादव, उमेश यादव, ललित मान तामाङ, प्रेम मुखिया, मनीष यादव, सुदामा यादव, विपना कार्की, देव साहु सोनार, कमल सिंह तामाङ, शिव शंकर साह, रामशरण यादव र पिताम्बर सरदार रहेका छन्।
कार्यक्रममा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख अर्जुन थापा, सेन्टर फर साउथ एशियाका डाइरेक्टर डा. निश्चलनाथ पाण्डे, मधेस प्रदेश सभा सदस्य राजकुमार गुप्ता, आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष बिपिन राई, डेमोक्रेटिक एक्सन पार्टीकी अन्तर्राष्ट्रिय सचिव तथा पूर्व सांसद कस्तुरी पट्टो, राज्यसभा सदस्य राजिव रिश्याकरन, सिटी काउन्सिलर कुसालिनी महेन्द्रन, डिएपी समाजवादीका युवा उपाध्यक्ष इस्कन्दर फारीज, बंगलादेश नेशनलिष्ट पार्टीका महेबु आलम, एनआरएनए मलेसियाका अध्यक्ष राकेश महतो, एशिया प्यासिफिक संयोजक हरि प्रसाद भट्टराई र अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्व सचिव खगेन्द्र न्यौपानेको उपस्थिति रहेको थियो।
आयोजकहरूका अनुसार उक्त कार्यक्रमले मलेसियामा रहेका नेपाली समुदाय बीच संगठित नेतृत्व र सामाजिक एकता सुदृढ बनाउने लक्ष्य राखेको छ। नवगठित कार्यसमितिले प्रवासी नेपालीहरूको हितमा सक्रिय भएर काम गर्ने प्रतिबद्धता जनाएको छ।
आफ्नो प्रतिकृया दिनुहोस्