काठमाडौं : इजरायलले ८ सय नेपाली कामदारलाई श्रमका लागि लैजाने गरी आवेदन माग गरेको छ ।वैदेशिक रोजगार विभागले आज एक सूचना जारी गरी दीर्घकालीन स्याहार केन्द्रका लागि ८ सय जनाको लागि आवेदन खुल्ला गरेको हो।
नेपाल र इजरायल बीच भएको दुईपक्षीय श्रम सम्झौता अनुसार कामदार पठाइने भएको हो। यसमा निजी क्षेत्रको कुनै संलग्नता छैन।इजरायलले ८ सय जना कामदार माग गरेको मध्ये ५ सय जना मुख्य उम्मेदवार हुनेछन् भने बाँकी तीन सय जनालाई वैकल्पिकमा राखिने छ ।
इजरायल जान इच्छुकले आजबाट लागू हुने गरी २१ दिन भित्र आवेदन दिनु पर्ने विभागले उल्लेख गरेको छ ।विभागका अनुसार २५ देखि ४५ वर्ष ननाघेको, कम्तीमा १ दशमलव ५ मिटर उचाई भएको, कम्तीमा ४५ किलोग्राम तौल भएको, कक्षा १० उत्तीर्ण गरी अनमी वा सिएसए सम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा १२ कक्षा पास भएकाले आवेदन दिन पाउने छन्।
यस्तै, योग्यता पुगेका आवेदकलाई गोलप्रथा बाट छनोट गरिने विभागले जनाएको छ ।यो श्रमका लागि इजरायल जानेको मासिक तलब ५८ सय ८० इजरायली मुद्रा तोकिएको छ ।




















आफ्नो प्रतिकृया दिनुहोस्