२३ भाद्र,जनकपुरधाम: इपिएस मार्फत रोजगारीका लागि दक्षिण कोरिया पुग्ने नेपालीको संख्या १ लाख नाघेको छ । सन् २०२४ को पछिल्लो सात महिना भित्र ४ हजार २ सय ८५ नेपाली श्रमिक दक्षिण कोरिया गइसकेका छन् ।
हाल सम्म ९८ हजार तीन सय १० पुरुष र सात हजार दुई सय ४३ महिला गरी एक लाख पाँच हजार पाँच सय ४४ जनाले दक्षिण कोरियामा रोजगारी प्राप्त गरिसकेका इपिएस शाखाले जनाएको छ ।
दक्षिण कोरिया जान थालेको १७ वर्षका अवधिमा सबै भन्दा बढी सन् २०२३ मा १९ हजार छ सय ८९ जना दक्षिण कोरिया प्रस्थान गरेका छन् ।सन् २०२३ मा नेपाल कामदार बढी पठाउने मुलुक बनिसकेको छ ।
इपिएस शुरु भए यता लिइएका भाषा परीक्षामा सहभागी हुन नौ लाख बढीले आवेदन फारम भरेका थिए । वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाको तथ्याङ्कानुसार हाल सम्म नौ लाख १९ हजार छ सय ३१ युवाले कोरियन भाषा परीक्षाका लागि आवेदन दिएका छन् ।
सन् २००८ देखि दक्षिण कोरियाले इपिए समार्फत रोजगारीका लागि नेपाली श्रमिक लैजाँदै आएको छ । नेपाल र दक्षिण कोरिया बीच सन् २००७ मा रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत नेपाली कामदार दक्षिण कोरिया पठाउन मन्त्री स्तरीय सम्झौता भएको थियो ।



















आफ्नो प्रतिकृया दिनुहोस्