Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

पोष्टमार्टम भएको चार दिन भइसक्दा पीडितले शव बुझ्न मानेनन्

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
कार्तिक १५, २०८०
In घटना /दुर्घटना
0

मुगु : मुगुको छायाँनाथ रारा नगरपालिका–६ मुन्दु गाउँमा भएको सामूहिक हत्या प्रकरणका पीडित परिवारले घटनामा संलग्न व्यक्तिलाई पक्राउ गर्न नसकेको भन्दै मृतकको पोष्टमार्टम भएको चार दिन बितिसक्दा पनि शव बुझ्न मानेका छैनन् ।

मुन्दु गाउँमा सामूहिक हत्या भएको एक हप्ता भयो । प्रहरीले हालसम्म घटनामा संलग्नलाई प्रक्राउ गर्न सकेकोे छैन । मृतकहरुको शवलाई पोष्टमार्टमका लागि कात्तिक ११ गते जिल्ला अस्पतालमा मृतकका आफन्त र प्रहरीले जिल्ला अस्पतालमा ल्याएका थिए ।

अस्पतालमा कात्तिक १२ र १३ गते पोष्टमार्टम भएको हो । मृतकहरुको पोष्टमार्टम भए पनि हालसम्म प्रहरीले घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरी कानुनी प्रक्रियामा ल्याउन नसकेको भन्दै पोष्टमार्टम भएको चार दिनपुग्दा समेत पीडितले शव बुझ्न नमानेका हुन् ।

कात्तिक ८ गते २८ वर्षीया श्रीदेवी बोहोरा, सात महिने छोरा रहर, ८ वर्षीया छोरी अप्सरा बोहोरा र ११ वर्षीय छोरा मनोजको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो ।हत्यामा संलग्नलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउने आश्वासन दिए पनि हालसम्म कसैलाई पक्राउ नगरिएको भन्दै पीडितन परिवारले असन्तुष्टि जनाएका छन् ।

घटनामा संलग्नलाई प्रक्राउ गरी कानुनी प्रक्रियामा नल्याउँदा सम्म शव नबुझ्ने पीडितहरुको अडान रहेको छायाँनाथ रारा नगरपालिका–६ का वडाध्यक्ष मृतक श्रीदेबीकाकाका खेम रावलले बताए ।कर्णाली प्रदेश प्रहरी प्रमुख भीमप्रसाद ढकाल लगायत घटनास्थल पुगेर घटनाबारे बुझेका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले घटनाबारे सबै प्रक्रिया अपनाएर अनुसन्धान भइरहेको बताए ।शवको पोष्टमार्टम भए पनि पोस्टमार्टम घरमा लामो समय सम्म राख्ने फ्रिज लगायत अन्य उपकरण नहुँदा शव गन्हाउन थालेको बताउँदै यसले अस्पताल क्षेत्रमा दुर्गन्ध फैलन थालेको जिल्ला अस्पतालका डाक्टर अर्जुन भामले बताए ।

  • 34shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

घटना /दुर्घटना

सगरमाथा क्षेत्रमा दुई हेलिकप्टर आकाशमै ठोक्किए, भारतीय पर्यटकको मृत्यु, तीन जना घाइते

कार्तिक १७, २०८३
घटना /दुर्घटना

हेलिकप्टर दुर्घटना अपडेट : घाइते काठमाडौंको ह्याम्स अस्पतालमा उपचाररत

चैत्र ४, २०८२
घटना /दुर्घटना

गौरमा दुई पक्षबीच झडप : स्थिति नियन्त्रणमा लिन १२ राउण्ड हवाई फायर र ४० सेल अश्रुग्यास प्रहार

फाल्गुन ८, २०८२
घटना /दुर्घटना

सर्लाहीको लालबन्दीमा लघुवित्तका कर्मचारी माथि छुरा प्रहार गरेर लुटपाट

माघ २३, २०८२
घटना /दुर्घटना

मोरङको रंगेलीमा पारिवारिक विवादको बीभत्स रूप: श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

माघ २०, २०८२
घटना /दुर्घटना

६ दिन पछि भेटियो टिकटक भिडियो खिच्ने क्रममा खोलामा बेपत्ता युवकको शव

अशोज २४, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

बृहत्तर जनकपुर क्षेत्रको विकास कार्यक्रम उपमहानगरलाई हस्तान्तरण, सम्पदा संरक्षण र पर्यटन पूर्वाधारमा खर्च गर्नु पर्ने

मंसिर १३, २०८३

प्रेस स्वतन्त्रताको पक्षमा धनुषामा पत्रकार महासंघको एक घण्टे धर्ना, कांग्रेस, एमाले र जनमत पार्टीको ऐक्यबद्धता

मंसिर १३, २०८३

अयोध्या–जनकपुर रेल सेवा आज देखि नियमित सञ्चालन, पहिलो दिन ५०० यात्रुले गरे यात्रा

मंसिर १२, २०८३

इन्धनमा परनिर्भर नेपाल : संकट आउनु अघि विकल्प खोज्ने कि पछि पछुताउने?

मंसिर १०, २०८३

युरोपेली संघ चलचित्र महोत्सवको १५औँ संस्करण जनकपुरधाममा हुँदै, मंसिर १२ र १३ गते अन्तर्राष्ट्रिय चलचित्रको प्रदर्शनी

मंसिर १०, २०८३

जनकपुरधाममा पत्रकारहरूको प्रदर्शन

मंसिर ९, २०८३

भारतको २४ हजार करोडको विकास सहायता नेपाल लाई, पुनर्निर्माण देखि ऊर्जा क्षेत्र सम्म नयाँ सम्भावना; ऋण र अनुदानको उपयोग कसरी होला?

मंसिर ८, २०८३

अयोध्याबाट जनकपुरधाम आइपुग्यो ‘सरयू–कमला एक्सप्रेस’, एक हजार भन्दा बढी तीर्थयात्रीको भव्य स्वागत

मंसिर ८, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend