काठमाडौं : छायाँनाथ रारा नगरपालिका–६ मन्दु गाउँमा वंश नै नाश हुने गरी भएको सामुहिक बिभत्स हत्या गरिएका चारै जनाको शुक्रबार दाह संस्कार गरिएको छ ।घटना भएको ८ दिन र लासको पोष्टमाटम भएको ४ दिन पछि हत्या गरिएका आमा र ३ छोरा,छोरीको दाह संस्कार गरिएको हो ।
घटना कसरी घट्यो ? के कारण घट्यो ? र हत्यारा को हो ? भनेर प्रहरीले पत्ता नलाएको भन्दै मृतकका श्रीमान दिपक बोहोरा र आफन्तले लास बुझ्न मानेका थिएनन ।घटना गत ८ गते वुधबारको भएपनि प्रहरीले त्यसको दुई दिनपछि १० गते शुक्रबार बिहान ९ बजे स्थानीयवासीको सूचना पश्चात् जानकारि पाएको थियो ।
जानकारी पश्चात् घटना स्थल पुगेको प्रहरिले २८ वर्षीय आमा श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, आठ वर्षीय छोरी अप्सरा र ८ महिनाका छोरा रहर बोहोरालाई घर भित्रै मृतावस्थामा फेला पारेको थियो ।
वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका मृतक श्रीदेवीका श्रीमान् दीपक बोहोरा शनिबार घर पुगेपछि सोही दिन प्रहरीले चारै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल मुगुमा पुर्याएको थियो ।
घटनामा जानकारी आए लगतै जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापा सहितको विशेष अनुसन्धान टोली घटनास्थलमा खटिएर हत्याको सूक्ष्म अनुसन्धान गरिरहेको छ । सो घटना मृत्यु नभई सामूहिक हत्या भएको आशङ्का गरी प्रहरीले शनिवार ११ गते देखि कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको विशेष अनुसन्धान ब्यूरो टोली र कोहलपुरबाट तालिम प्राप्त कुकुर सहित खोज अनुसन्धान टोलि खटिइ अनुशन्धान तीव्र बनाउदै आएको छ ।
जुम्लाबाट पनि हत्या घटनाको अनुसन्धान कार्यलाई सघाउन प्रहरीको विशेष अनुसन्धान टोली मुगु पुगेको थियो ।घटनाको प्रकृति,अनुसन्धानको प्रगती बारे नजिकबाट बुझ्न कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीम प्रसाद ढकाल १२ गते घटनास्थल मै आफै पुग्नु भएको छ ।
घटना भएको सिङ्गो गाउँलाई उच्च निगरानीमा राखेर अनुसन्धान गरिएता पनि घटना घटेको ९ दिन वितिसक्दा पनि खासै तथ्य भने प्रहरीले भेटाउन सकेको छैन । प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाका अनुसार प्रदेश प्रहरीले प्रदेशभरि कै घटना गतिविधिहरुमा मुगु घटनालाइ उच्च प्राथमिकता राखेर प्रदेश प्रहरी प्रमुख घटनास्थलमा पुग्नु भएको हो ।
अनुसन्धानका क्रममा एक व्यक्तिलाई घटनामा संलग्न भएको आशङ्कामा प्रहरिले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । विभिन्न कोणबाट अनुसन्धान गर्दा सम्वन्धीत व्यक्तिहरुसङ्ग भेरिफाइ गर्न कम्तिमा १ देखि २ दिन सम्म लाग्छ । यत्रो ४/४ जनाको हत्या भएको छ कयौ जनासङ्ग सोधपुछ र भेरिफाइ गर्दा धेरै दिन लाग्नु अनौठो होइन ।
मुगु सुगम जिल्ला होइन यहाँ अनेकौ कठिनाइका वावजुद काम गर्नु पर्छ एक त घटनाको सुचना प्रहरी सम्म ढिला पुग्यो,फोन,नेटले भनेको बेला काम गर्दैन, भौगोलिक कठिनाइका कारण अनुसन्धान सम्वन्धी कृयाकलाप गर्न घटना स्थल,सदरमुकाम र आसपास क्षेत्रमा पटक पटक आवत जावत गर्न कठिनाइ छ यस्तै विविध समस्याले अनुसन्धान प्रभावित भैरहेको छ प्रनाउ थापाले भन्नुभयो ।
प्रहरिले अहिले प्राविधिक र मैनवलि दुई तरिकाबाट मुगु घटनाको अनुसन्धान भैरहेको बताएको छ ।घटनाको प्रकृति हेर्दा श्रीदेवीले लगाएका गहना र उनले प्रयोग गर्दै आएको मोबाइल २ फोन सेट मध्य एक सेट भेटिए पनि अर्को भिजोवल स्माट सेट नभेटिएकाले लुटपाट गर्ने मनसायले भन्दा अर्कै उदेश्य र कारोवारोले हत्या भएको हुन सक्ने अनुमान गरि प्रहरिले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ ।
प्रहरीले हाल सम्म पनि घटनामा संलग्न व्यक्ती बारे ठोस प्रमाण फेला पार्न नसके पनि घटना अनुसन्धान कार्य भने जारी रहेकाले दोषी कुनै पनि हालतमा पत्ता लगाई छाड्ने प्रहरीले दावी गरिरहेको छ ।
हप्ता दिन वित्यो घटनाको केही क्लु फेला परेको छैन ।
के थप अनुशन्धान गर्न केन्द्रिय अनुसन्धान टोलि आउन लागेको हो भन्ने पत्रकारहरुले सोधेको प्रश्नमा प्रनाउ विरेन्द्र थापाले भन्नुभयो कुनै क्लु नभेटाइ केन्द्रिय अनुसन्धान व्युरो (सिआइवी) मुगु झिकाउनु भनेको समय खेर फाल्नु हो । त्यसैले अहिले फिल्डमा खटिएको टोलिले हत्या र हत्यारा बारे केही क्लु भेटाएमा थप अनुसन्धान गर्न सिआइवी टोलि पनि मुगु आउन सक्छ ।
जिल्ला अस्पताल मुगुमा लास राख्ने कोल्ड हाउस नहुदा लासहरु गल्दै गएकाले समय मै दाहसस्कार नभए अस्पताल क्षेत्रमा गन्धित फैलिने त्रास थियो । चिकित्सक अर्जुन भामले भन्नूभयो प्रहरिले अनुसन्धान गरिरहेको छ शुष्म अध्ययनका लागि सव परिक्षण पनि भैसक्यो आफन्तहरुले लास बुझि दिनु भयो अब हाम्रो त्रास हट्यो ।
हत्यारा र हत्याको कारण पत्ता नलाग्दै लासहरु बुझ्न दवाव परेपछी मानसिक तनावमा रहेका मृतक श्रीदेविका श्रीमान दिपक बोहोरा विहिवार विहानै देखि बेपत्ता भएका थिए । सबै तिर प्रहरी र स्थानियहरुले खोजी गर्दा राती ८ बजे छायानाथ रारा नगरपालिका वडा न ४ भामवाडा गाउमा रहेका आफन्तको घरमा बसेको फेला पारेका थिए ।
शुक्रबार विहान नगर प्रमुख विष्णु कुमार भाम,आफन्तहरुको सम्झाइ बुझाइ पछि दिपक बोहोरा लास बुझ्न र दाहसस्कार गर्न सहमत भएका थिए ।आमा श्रीदेवि बोहोरा र ११ बर्षिय छोरा मनोज बोहोराको लास जलाइएको र ८ महिने छोरा रहर बोहोरा र ८ वषिय छोरा अप्सरा बोहोराको लास जमिनमा दफन गरिएको नगरप्रमुख भामले बताउनु भयो ।



















आफ्नो प्रतिकृया दिनुहोस्